अर्जेन्टिनाकाे विश्वकप यात्रा झनै कठिन - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

एजेन्सी, ब्युनस आयर्स   |   असोज २१, २०७४
  • दक्षिण अमेरिकी विश्वकप छनोटमा शीर्ष चार राष्ट्र सीधै विश्वकपमा  छनोट हुने प्रावधान छ, पाँचौँ स्थानमा रहने राष्ट्रले प्ले अफ मौका पाउनेछ
  • पेरुले गोलरहित बराबरीमा रोकेपछि दुईपटकको विश्वकप च्याम्पियन अर्जेन्टिना छैटौँ स्थानमा झ¥यो

साबिक उपविजेता अर्जेन्टिनाको विश्वकप छनोट यात्रा कठिन बनेको छ । दक्षिण अमेरिकी छनोट प्रतियोगितामा पेरुले गोलरहित बराबरीमा रोकेपछि अर्जेन्टिनालाई अर्को वर्ष हुने विश्वकप फुटबलमा छनोट हुन कठिन भएको हो । अर्जेन्टिनाले १७ खेलबाट २५ अंक जोडेको छ । अर्जेन्टिना छैटौँ स्थानमा झरेको छ । अर्जेन्टिनालाई गोलरहित बराबरीमा रोकेको पेरु पाँचौँ स्थानमा उक्लँदै विश्वकपमा छनोट हुने आशा जीवितै राखेको छ । गोलअन्तरमा पेरु पाँचौँ स्थानमा उक्लेको हो । अर्जेन्टिना सन् १९७० को विश्वकपमा छनोट हुन सकेको थिएन । त्यसयता अर्जेन्टिना लगातार फुटबलको महाकुम्म मेलामा छनोट हुँदै आएको छ । अर्जेन्टिनाले अन्तिमपटक सन् २००१ मा प्ले अफ खेलेको थियो ।

अन्तिम खेल कुर्नुपर्ने

दक्षिण अमेरिकी विश्वकप छनोटमा एक खेल बाँकी छ । यस समूहबाट ब्राजिल विश्वकपमा छनोट भइसकेको छ । दुईपटकको विजेता उरुग्वे २८ अंकसाथ दोस्रो स्थानमा छ । उरुग्वे लगभग छनोटको संघारमा छ । यता अर्जेन्टिनाले अर्को खेलमा शतप्रतिशत जित निकाल्नुपर्छ । अर्जेन्टिनाले इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछ । इक्वेडरलाई हराउँदा अर्जेन्टिना प्ले अफमा प्रवेश पाउनेछ । तर, सो खेलमा अर्जेन्टिना पराजित भए विश्वकप छनोटबाट बाहिरिने छ । पाँचौँ स्थानमा रहेको पेरुले सन् १९८२ पछि विश्वकप खेल्ने सपना बलियो पा¥यो । पेरुले तेस्रो स्थानमा रहेको कोलम्बियालाई हराउँदा तेस्रो स्थानमा उक्लनेछ । दक्षिण अमेरिकी क्षेत्रबाट शीर्ष चार राष्ट्र सीधै विश्वकपमा छनोट हुनेछन् । पाँचौँ स्थानमा रहेको राष्ट्रले प्ले अफ खेल्ने पाउनेछ । प्ले अफमा विजयी राष्ट्र विश्वकपमा छनोट हुने प्रावधान छ ।

पेरुमाथि एकपक्षीय दबाब

आफ्नो घरेलु मैदानमा अर्जेन्टिनाले पेरुमाथि एकपक्षीय दबाब राखेको थियो । तर, स्टार खेलाडीले भरिएको अर्जेन्टिनाले पूरै ९० मिनेटमा एक गोल पनि गर्न सकेनन् । प्रशिक्षक साम्बोलाले अघिल्लो खेलका पाँच खेलाडी परिवर्तन गरेका थिए । अर्जेन्टिनाले पहिलो हाफमा स्पष्ट दुई अवसर चुकाएको थियो । खेलको १३औँ मिनेटमा कप्तान लियोनल मेसीले डिबक्सबाट गोल गर्न चुके । उनले डिबक्सभित्रैबाट प्रहार गरेको बल पहिलो बारनजिक हुँदै बाहिरिएको थियो । यसैगरी, खेलको २४औँ मिनेटमा एन्जेलो डी मारियाको प्रहार पनि पोस्टनजिक हुँदै बाहिरियो । खेलको ३७औँ मिनेटमा मेसीले २५ यार्ड टाढाबाट तीन पेरुका डिफेन्डरबीच प्रहारित बल क्रसबार माथि हुँदै बाहिरियो ।

मेसीको प्रहार पोलमा

मध्यान्तरपछिको अर्जेन्टिनी खेलाडीले पोस्ट चार्ज तीव्र बनाएका थिए । खेलको ४६औँ मिनेटमा मेसीले चलाखीपूर्ण तरिकाले प्रहार गरेको बल दोस्रो बारमा लागेको थियो । खेलको ५७औँ मिनेटमा एलेजान्ड्रो गोमेजले डिबक्सबाट गोल गर्न सकेनन् । खेलको ६१औँ मिनेटमा रिगोनीले सहज गोल अवसर खेर फाले । खेलको ७५औँ मिनेटमा मेसीको पासमा गोमेजले गोलको दिशा दिन सकेनन् । प्रतिस्पर्धामा अर्जेन्टिनाले पेरुको पोस्टमा सातपटक गोल प्रयास गरेको थियो । जसमध्ये ६ प्रहार दिशाभन्दा बाहिर रह्यो ।

ब्राजिल बोलिभियासँग रोकियो

रसियन विश्वकपमा छनोट चरणबाट सुरुवातमै स्थान बनाएको ब्राजिल बोलिभियासँग गोलरहित बराबरीमा रोकिएको छ । बोलिभिया दक्षिण अमेरिकी विश्वकप छनोटबाट बाहिरिसकेको राष्ट्र हो । बराबरी नतिजाले ब्राजिलको स्थान परिवर्तन भएन । ब्राजिलले १७ खेलबाट सर्वाधिक ३८ अंक जोडेको छ । बोलिभियाले १७ खेलबाट १४ अंक जोडेको छ । बोलिभिया नवौँ स्थानमा छ । ब्राजिललाई गोलरहित बराबरीमा निराश पार्न बोलिभियाका गोलरक्षक कार्लोस लाम्पेले दर्शनीय प्रदर्शन गरेका थिए । चोटग्रस्त नेमार, ग्राबियल जिजस र क्यासमिरोले बोलिभियाका गोलरक्षक कार्लोसलाई व्यस्त पारेका थिए ।

गोलरक्षक कार्लोस उत्कृष्ट

बोलिभियाका गोलरक्षक कार्लोसले खेलको ३३औँ मिनेटमा नेमारको शसक्त प्रहारलाई छेकका थिए । खेलको ३८औँ मिनेटमा ग्राबियल र खेलको ४३औँ मिनेटमा नेमारका शतप्रतिशत गोल प्रयासलाई कार्लोसले विफल पारे । खेलको ६०औँ मिनेटमा नेमार नजिकको दूरीबाट गोल गर्न चुके । उनले प्रहार गरेको बललाई जुआन ग्राबियलले गोललाइनबाट क्लियर गरे ।

मध्यान्तरपछि बोलिभियाको प्रयास

मध्यान्तरअघि बोलिभियाका खेलाडीहरू ब्राजिलको पोस्ट चार्ज विफल पार्नमै केन्द्रित रहे । खेलको ६७औँ बोलिभियाले ब्राजिलविरुद्ध पोस्ट चार्ज सुरु ग¥यो । खेलको ६७औँ मिनेटमा डिएगोको प्रहार क्रसमा लागेर फर्किएको थियो । बोलिभियाको मैदानमा मौसमसँग राम्रोसँग भिज्न नसक्दा ब्राजिलियन खेलाडी मध्यान्तरपछि सुस्ताएका देखिन्थे । विश्वकप छनोटको पहिलो चरणमा ब्राजिलले आफ्नै घरेलु मैदानमा बोलिभियालाई ५–० ले हराएको थियो । सन् १९८५ यता ब्राजिल बोलिभियाको घरेलु मैदानमा जितविहीन छ ।

उरुग्वे पनि गोलरहित बराबरीमा

उरुग्वेले भेनेजुएलासँग गोलरहित बराबरी नतिजा निकालेको छ । पेरिस सेन्ट जर्र्र्र्र्मन (पिएसजी) का स्ट्राइकर एडिसन काभानीले खेलको ८३औँ मिनेटमा गोल अवसर चुकाउँदा उरुग्वेका समर्थक निराश बने । उनले डिबक्सभित्र ओपन प्रहार गरेको बल पहिलो बारनजिक हुँदै बाहिरियो । विश्वकपमा स्थान पक्का गर्न उरुग्वले अन्तिम खेलमा बोलिभियालाई बराबरीमा रोके मात्र काफी हुनेछ । यता चिलीले इक्वेडरलाई २–१ ले हराउँदै विश्वकपमा स्थान रक्षा गर्ने आशा बलियो पा¥यो । अर्को खेलमा कोलम्बिया पाराग्वेसँग २–१ ले स्तब्ध भयो ।

इंग्ल्यान्ड र जर्मनी विश्वकपमा

लन्डन÷ साबिक विजेता जर्मनी र इंग्ल्यान्ड विश्वकप फुटबल प्रतियोगितामा छनोट भएका छन्. । जर्मनी र इंग्ल्यान्ड आ–आफ्नो समूहमा एक खेलअघि नै विश्वकपमा छनोट भएका हुन् । जर्मनीले समूह सीको शीर्ष स्थान कब्जा गर्दै रसिया विश्वकपको स्थान पक्का गरेको हो । जर्मनीले नौ खेलमा सर्वाधिक २७ अंक जोडेको छ । यस समूहमा जर्मनीले एक खेल पनि गुमाएको छैन । यस समूहमा नर्दन आयरल्यान्ड १९ अंकसाथ दोस्रो स्थानमा छ । नर्दन आयरल्यान्ड प्ले अफमा छनोट भयो । समूह सीबाट चेक रिपब्लिक, नर्वे, अजरबैजान र सान मारियो बाहिरिएका छन् ।

जर्मनीले नर्दन आयरल्यान्डलाई हरायो

जर्मनीले विश्वकपको टिकट पक्का गर्न दोस्रो स्थानमा रहेको नर्दन आयरल्यान्डलाई ३–१ ले हरायो । जर्मनीले पाहुना टोली नर्दन आयरल्यान्डमाथि दबाब राखेको थियो । खेलको तेस्रो मिनेटमै जर्मनीले १–० को अग्रता लियो । जर्मनीका लागि सिबास्टियन रुडीले अग्रता गोल गरे । खेलको २१औँ मिनेटमा बेंगरले जर्मनीलाई २–० को स्थितिमा पु¥याए । दोस्रो हाफमा जर्मनीविरुद्ध नर्दन आयरल्यान्डले रक्षापंक्ति रणनीति अपनाएको थियो । खेलको ८६औँ मिनेटमा जर्मनीले तेस्रो गोल थप्यो । मिडफिल्डर जोसुबाले जर्मनीलाई ३–० को अग्रता दिलाए । खेलको अन्तिम इन्जुरी समयमा नर्दन आयरल्यान्डले एक गोल फर्काउन सफल भयो । घरेलु मैदानमा जोस म्यागेनिसले आयरल्यान्डलाई ३–१ को गोलअन्तरमा झारे ।

केनको निर्णायक गोल

इंग्ल्यान्डले समूह एफमा स्लोभेनियालाई १–० ले निराश पार्दै रसिया विश्वकप स्थान पक्का गरेको हो । इंग्ल्यान्डको जितमा एक मात्र गोल टोटनह्यामका स्ट्रायकर ह्यारी केनले गरेका थिए । घरेलु मैदान बेम्बलीमा केनले खेलकै अन्तिम इन्जुरी समयमा गरेका हुन् । यसै समूहमा स्कटल्यान्डले स्लोभाकियालाई १–० ले नै हरायो । समूह एफमा इंग्ल्यान्डले ९ खेलबाट सर्वाधिक २३ अंक जोडेको छ । स्कटल्यान्ड १७ अंकसाथ दोस्रो स्थानमा छ । स्लोभाकिया १५ अंकसाथ तेस्रो स्थानमा छ । यस समूहबाट स्लोभाकियाको प्ले अफमा पुग्ने सम्भावना जीवित छ ।

लेबान्डोस्कीको ह्याट्रिक

युरोपियन विश्वकप छनोटअन्तर्गत समूह ईमा पोल्यान्डले आर्मेनियालाई ६–१ को फराकिलोअन्तरले पराजित गरेको छ । पोल्यान्डको जितमा बायर्न म्युनिखका स्ट्राइकर रोबर्टो लेबान्डोस्कीले ह्याट्रिक गरेका थिए । जितसँगै पोल्यान्ड समूह इबाट विश्वकप छनोटनजिक पुगेको छ । यसै समूहमा डेनमार्कले मोन्टेनेग्रोलाई १–० ले हरायो । समूह ईमा पोल्यान्डले ९ खेलबाट २२ अंक जोडेको छ । पोल्यान्डले समान एक बराबर र हार नतिजा सामना गरेको छ । दोस्रो स्थानमा रहेको डेनमार्कले १९ अंक जोडेको छ । मोन्टेनेग्रो १६ अंकसाथ तेस्रो स्थानमा छ ।

१० राष्ट्र विश्वकपमा

रसिया विश्वकपका लागि अहिलेसम्म १० राष्ट्र छनोट भएका छन् । आयोजकको नाताले रसियाले विश्वकप छनोट खेल्नु परेन । दक्षिण अमेरिकाबाट ब्राजिलले मात्र स्थान सुरक्षित गरेको छ । एसियाबाट इरान, दक्षिण कोरिया, जापान र साउदी अरेबियाले स्थान पक्का गरेका छन् । युरोपबाट जर्मनी, बेल्जियम र इंग्ल्यान्ड छनोट भएका छन् ।