हतियार प्रदर्शन गर्दै नाचिने ‘सराय नाच’ लोप हुने अवस्थामा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

टोपलाल अर्याल , गुल्मी,२१ असोज   |   असोज २१, २०७४

 

इस्मा मैदानमा विजया दशमीको भोलिपल्ट अर्थात एकादशीका दिन दिउँसो १२ बजे सराँय सुरु भएर साँझ लगभग पाँच बजे सकिन्थ्यो । सराय खेल्ने र हेर्नेले सिङ्गो चौर भरिन्थ्यो । अहिले पनि सराय हुन्छ । तर, १२ बजे सुरु भएर तीन नबज्दै सकिन्छ । ‘सराय सुरु नहुँदै सकिन्छ, हेर्ने धेरै र नाच्ने थोरै हुँदैछन्’ इस्मा गाउँपालिका ५ का नारायण घिमिरेले भने, ‘जगेर्ना गर्ने कोही भएनन् ।’ एक आपसमा हतियार ठोक्याउ“दै देविका मन्दिरहरुमा दसैँ लगत्तै सराय नाच्ने प्रचलन छ ।

तस्बिर : टोपलाल अर्याल / नयाँ पत्रिका

गुल्मी, अर्घाखाँची र पाल्पाका देविका शक्तिपिठमा दसैंको भोलिपल्टदेखि नै सुरु हुने यो नाच यस क्षेत्रकै प्रचलित नाच हो । मन्दिरमा भक्तजनले चढाएका खुकुरी, तरवार, खु“डा, खड्क आदि हतियार एक आपसमा ठोक्याउ“दै ‘वाख्खै वा’ को भाषामा सराय नाच्ने गरिन्छ । पुरानो पुस्तामा रहेको यो नाच युवाहरुले अनुशरण गर्न सकिरहेका छैनन् । ‘युवाहरु विदेश पलायन छन्, गाउँमा घर र परम्परा सबै पाको पुस्ताले धानेको छ,’मालिका गाउँपालिका ६ का वडाध्यक्ष शोभाखर गिरीले भने, ‘धेरै मेहेनत गरेपनि सराय देखाउन मुस्किल प¥यो ।’

सरायको अर्थ चुचुरो अर्थात डा“डा माथिको समथर भाग हो । डा“डामा रहेका कोत घर वा शक्तिपिठमा राजा रजौटाहरुको पालादेखि नै हतियार भण्डारण हुने गर्थे । तिनै शक्तिपिठमा रहेका हतियारलाई प्रयोग गर्दै विजय उत्सवको रुपमा राजाले दसैं लगत्तै सराय नाच नाच्ने परम्परा बसाएको इतिहास छ ।

खुकुरी, तरबार, खड्क आदि नचाउ“दै बाजाको तालमा नाच्दै देखाईने सराय“ गुल्मी, अर्घाखा“चीको प्राचिन र प्रसिद्ध जात्रा हो । भुरे टाकुरे राजाको पालामा पाल्पा, गुल्मी, अर्घाखा“ची र प्यूठानलाई ऐतिहासिक र सांस्कृतिक राज्यको रुपमा व्याख्या गरिएको छ । तिनै राजाले स्थापना गराएका शक्तिपिठ वा कोत मन्दिरबाट विजया दशमीको अवसरमा सराय नाच प्रदर्शन गर्न सुरु गरिएको इस्माकोतका पण्डित भिमकान्त अर्यालले बताए ।

अर्घाखा“चीको खा“चीकोट दरबारमा जन्मिएकी १३ औं राजा दलजित शाहकी छोरी चन्द्र प्रभावतिको गोरखाका राजा नरभूपाल शाहसंग विवाह भएको थियो । चन्द्र प्रभावतिले पृथ्वीनारायणलाई राजकीय विधि, शासनको पद्धति, हतियार सञ्चालन र बाइसे–चौबीसे राज्यलाई एकीकरण गर्ने सम्बन्धी शिक्षा दिएपछि नेपालको एकीकरण गरेको इतिहास अनुसार, सराय नाचको परम्परा सुरु भएको इतिहास छ ।
खड्ग जुधाउने परम्परा, पञ्चबलि प्रथा र सराय नाच अझै पनि लोकप्रिय छ । तर, अहिलेका पुस्ताले यो नाच प्रति कम चासो दिने गरेको पुराना पुस्ताको गुनासो छ । ‘अहिलेका युवामा सराय“को भाका र शब्दको ज्ञान नै छैन्,’ इश्मा गाउ“पालिका ५ रजस्थलका ७३ वर्षिय नुरदेव पैंयानीले भने, ‘बुढापाकाले सक्दैनन्, युवाले गर्दैनन्, सराय नाचको इतिहास नै हराउ“दै छ ।’ कतिपय कोटहरुमा भजनकिर्तन गर्दै सराय नाच्ने चलन पनि छ ।

खुडा नचाउँदा रमाइलो हुनुका साथै आफूस“ग भएको साहसिक कला प्रदर्शन गर्न सकिने भएकाले पनि कोत घर वा शक्तिपिठहरुमा सराय“ हेर्नेको भिड लाग्ने गर्छ । सराय“ विजया दशमीको भोलिपल्ट अर्थात एकादशीदेखि पूर्णिमासम्म नाच्ने गरिन्छ । सराय“ नाचको समापनसंगै दसैं पनि समापन भएको मानिन्छ ।

जिल्लाका धुर्कोट, अर्जै, दिगाम चारपाला, इस्मा र चोयघा, चन्द्रकोट लगायतका स्थानमा यो नाच अभैm पनि प्रसिद्ध रहेको चन्द्रकोट मन्दिर व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर थापाले बताए । ‘मैले जान्दादेखि नै दशैंका भोलिपल्टदेखि कोटहरुमा यो नाच नाच्ने परम्परा छ,’, उनले भने, ‘पहिलाका राजाहरुले युद्ध मन पराउने भएकाले त्यसको अभिनय गरेर दसैं विदाईका बेला राजालाई देखाउने गरी नाच शुरु गरिएको किम्बदन्तीं छ ।’ त्यसैले यो नाचमा लडाई वा युद्धमा प्रयोग हुने तरबार, खु“डा, खुकुरीलगायतका हतियारको प्रयोग हुने उनले बताए ।

सराय नाच हेर्दा रमाइलो र हतियार नचाउ“दा डरलाग्दो हुन्छ । एकादशीका दिनदेखि सुरु हुने सराय नाच शुरु हुन्छ । घटस्थापनाका दिन राखिएका जमरा, फुलपाती टीका, अÔता कोतघरबाट डोलामा राखेर हतियार ठोक्याउ“दै पञ्चेबाजा र भजनकिर्तन सहित डोलामा राखेर नजिकैका खोला, पोखरीहरुमा लगेर बगाएपछि दशैं बिदा भएको मानिन्छ । जिल्लाका पश्चिमी क्षेत्रका कोटहरु र अर्घाखा“चीको खा“चीकोट, अर्घा र भण्डारथुममा पूर्णिमाको दिन यस क्षेत्रकै ठूलो मेला लाग्ने गर्दछ ।