यसकारण चर्चामा छन् चितवनका ३ वटै निर्वाचन क्षेत्र - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

दिपेन्द्र अधिकारी , चितवन, २१ असोज   |   असोज २१, २०७४

 

चितवनमा प्रतिनिधिसभाका लागि तीन वटा निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ । तर, हाल क्षेत्र नम्बर २ र ३ विषेश चर्चामा छन् । क्षेत्र नम्बर २ मा एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल र चुनावी तालमेल गर्ने भनेको अर्को कम्युनिष्ट पार्टी माओवादी केन्द्रले रामबहादुर थापा बादललाई अघि सारिएको छ । दुवै जना सर्वसम्मत रुपमा पार्टीबाट अनुमोदित भएका छन् ।

चुनावी तालमेलमा एमाले र माओवादी केन्द्रले ६० र ४० को अनुपात मिलाएजस्तो चितवनमा भने ३ क्षेत्रमा कस्ले २ वटा क्षेत्र लिने वा पाउने भन्ने बारेमा जनस्तरमा चासो बढेको छ । केन्द्रमा नै निर्वाचन क्षेत्र अनुसार सिट विभाजन हुने भएकाले जिल्लाबाट केही भन्न नसकिने एमाले जिल्ला उपाध्यक्ष तेजेन्द्र खड्काले बताए ।

क्षेत्र नम्बर १ मा एमाले नेता पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे बलियो अवस्थामा देखिन्छन् भने क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उम्मेदवारी निश्चित बनिसकेको छ । चितवनको क्षेत्र नं.१ मा एमालेका नेता सुरेन्द्र पाण्डे सिफारिस भईसकेकोले माओवादीले कुनै दावी नगर्ने जनाएको छ । चुनावी भिडन्तमा दुई वहालवाला मन्त्रीको नाम पनि चर्चामा छ । काँग्रेसका शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी र राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डे प्रतिस्पर्धामा उत्रने सम्भावना उच्च बनेको छ ।

बादल कि पोखरेल ?

तर क्षेत्र नम्बर २ मा भने कुन पार्टीले टिकट पाउँला भन्ने चुनावी समीकरणले सबैलाई अचम्मित बनाएको छ । अर्कोतर्फ एमाले नेता पोखरेल र माओवादीका वादल दुई मध्य एकलाई समानुपातिकमा लैजाने चर्चा पनि चलेको छ ।

माओवादी नेता बादल केन्द्रीय निर्णय अनुसार, नै चितवन क्षेत्र नं.२ बाट चुनाव लड्न लागेका हुन् । २०६४ सालको संविधानसभा निर्वाचनमा चितवन क्षेत्र नं.२ बाट विजयी भएका बादल २०७० सालको निर्वाचनमा बैद्यसँग मिलेर चुनाव नै बहिष्कार गरेका थिए । त्यस वखत माओवादीले यस क्षेत्रमा साहित्यकारसमेत रहेका माओवादी पार्टीका माक्सिस्ट विचारका व्याख्यता विश्वभक्त दुलाल आहुतीलाई उठाएको थियो । यस क्षेत्रबाट काँग्रेसका उम्मेदवार शेषनाथ अधिकारी (हालका शिक्षा राज्यमन्त्री) एमाले उम्मेदवारलाई जम्मा ९ सय ९९ मतले हराउँदै विजयी भएका थिए ।

प्रचण्ड भर्सेस पाण्डे

प्रचण्डको उम्मेदवारी सार्वजनिक भएसँगै चितवन क्षेत्र नम्बर ३ चर्चामा रहेकोमा बहालवाला वन तथा भु–संरक्षण मन्त्री एवंम राप्रपा (प्रजातान्त्रिक) का नेता विक्रम पाण्डेले उम्मेद्वार बन्ने घोषणा गरेका छन् । नेता पाण्डे साविक क्षेत्र नं.५ का सांसद समेत हुन् । हाल कायम निर्वाचन क्षेत्रअन्तर्गत यो क्षेत्र ३ मा पर्दछ । स्थानीय तहको चुनावमा माओवादी विजयी भएको यस स्थानमा राप्रपा चौथो स्थानमा झरेको थियो ।

अहिलेको क्षेत्र नम्बर ३ यसअघिको निर्वाचन क्षेत्रको ४ नम्बरको पुरै भाग पर्दछ । तत्कालिन समयमा सुशिल कोइराला विजयी भइ उपनिर्वाचनमा छाडेको यस जिल्लामा पछि पनि काँग्रेसकै उम्मेदवार रामकृष्ण घिमिरे विजयी भएका थिए । हाल काँग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठवन्धनका कार्यदल सदस्यसमेत रहेका नेता पाण्डे सोही गठवन्धनबाट चुनाव लड्ने पक्का भएकाे छ ।