यस्ता छन् एमाले सुनसरीका सम्भावित उम्मेदवार - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

देवेन्द्र कार्की , धरान, २१ असोज   |   असोज २१, २०७४

एमाले जिल्ला समन्वय कमिटि सुनसरीको मातहतका कमिटीहरुले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारहरुको नामावली जिल्ला कमिटीलाई सिफारिस गरेका छन् । एमालेको निर्वाचन क्षेत्रीय कमिटी र प्रदेश सभा कमिटीको बैठकले क्षेत्र नं १ क बाट प्रकाश राई, जयकुमार राई र मोती सुनुवारलाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ । जिल्ला सचिवालय सदस्य प्रदिप भण्डारीलाई प्रदेश सभा क सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ । एमालेका केन्द्रीय कमिटी सचिव एव पूर्व पर्यटन मन्त्री भिम आचार्यलाई प्रदेश सभाको क्षेत्र नंं १ ख बाट उम्मेदवार सिफारिस गरिएको छ । उनीसँगै विजय राई र यज्ञराज खड्का पनि सिफारिसमा परेका छन् । आचार्य मुख्य मन्त्रिका दावेदार हुन ।

निर्वाचन क्षेत्र नं २ बाट सासंद रेवतीरमण भण्डारी, खेमराज पोखरेल,  रमेश श्रेष्ठ, डा. बद्री विशाल पोखरेल र ओम कोइरालाको नाम प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस गरिएको पाटीले जनाएको छ । यस्तै क्षेत्र नंं २ प्रदेश सभा क बाट एमाले केन्द्रीय सदस्य धर्मराज निरौला, रामप्रसाद चौलागाई, राजकुमार गिरी, डवलकुमारी चौलागाई, बन्हुलाल चौधरीलाई प्रदेश सभा सदस्यका लागी नाम सिफारिस गरिएको छ ।

यस्तै प्रदेश सभा ख का लागि शम्भु आर्चाय, पर्शुराम यादव, हरिनारायण चौधरी, शत्रुधन यादव, धिरामाया राई, निरा आर्चाय, शंकरलाल चौधरी, राम कोइराला, खेमराज पोखरेलको नाम प्रदेश सभा सदस्यका लागि गरिएको छ । सुनसरीको निर्वाचन क्षेत्र नं ३ बाट भगवती चौधरीको नाम सिफारिस भएको छ । एमाले अध्यक्ष केपी ओली र सचिव भिम आर्चायले भगवती चौधरीका नाम घोषणा गरी सकेकाले यस क्षेत्रबाटको उनी एक्ली दावेदार हुने बताइएको छ । संविधान सभा निर्वाचनमा विजय गच्छेदारसँग उनी झिनो मतले पराजय भएकी थिइन् ।


यस क्षेत्रबाट प्रदेशसभा क का लागि तैयव हुसैन, रामकरण चौधरीको नाम सिफारिस गरिएको छ । प्रदेशसभा ख बाट नाम सिफारिस हुन बाँकी  छ । निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि जगदिश कुसियैत, महफुज अन्सारी , रमेश श्रेष्ठको नाम सिफारिस गरिएको छ । प्रदेश सभा क बाट सदस्यका लागि केशव तिम्सिना, नन्दकुमारी राई, बद्रीनाथ घिमीरे, प्रदिप काफ्ले, कोषराज भट्टराई, डिवी शाहशंकर, बावुराम बरालको नाम सिफारिस गरिएको छ ।

दुई जना मुख्य मन्त्रिको दावेदार प्रदेश नम्बर एकको मुख्यमन्त्रीका दाबेदारमा एमालेबाट दुई जना देखिएका छन् । पार्टीका प्रदेश १ संयोजक तथा एमाले सचिव भीम आचार्य र प्रदेश उपसंयोजक तथा पार्टीका पोलिटब्युरो सदस्य शेरधन राई देखिएका छन् । आचार्यलाई सुनसरी क्षेत्र नं १ ख बाट उम्मेदवारका लागि नाम सिफारिस भएको छ । राईको भोजपुर क्षेत्र नंं २ बाट सर्वसम्मत नाम सिफारिस भइसकेको छ ।  पूर्व पर्यटन मन्त्री आचार्य र पूर्व संचारमन्त्री राई दुवै पार्टीका प्रभावशाली नेता मान्छिन् । पार्टी सचिव योगेश भट्टराईको चर्चा चले पनि उनलाई  भने ताप्लेजुङ पार्र्टीको स्थानीय नेतृत्वले प्रतिनिधी सभाका लागि सर्वसम्मत नाम सिफारिस गरिसकेको छ ।