झापामा महामारीकाे रूप लिदै डेंगु - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले , झापा, २१ असोज   |   असोज २१, २०७४

झापामा डेंगु रोगका बिरामी बढ्दै गएका छन् । गत साउनदेखि हालसम्ममा बिर्तामोडका हस्पिटलमा मात्रै डेंगुका ३६ जना बिरामी भर्ना भएका छन् ।

जिल्लामा डेंगुको संक्रमण फैलिइरहेको जनगुनासो बढेपछि जिल्ला जनस्वास्थ्य कार्यालय झापाले शनिबार बिर्तामोडका विभिन्न अस्पतालहरुमा ‘सर्भिलेन्स’ गरेको थियो । त्यसक्रममा साउन महिनायता मेडिका हस्पिटलमा ७ जना, कन्काई हस्पिटलमा ४ जना, बिर्ता सिटी हस्पिटलमा ९ जना, मनमोहन हस्पिटलमा १३ जना र बी एण्ड सी हस्पिटलमा ३ जना बिरामी भर्ना भएको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्ट्रल कन्ट्रोल अधिकृत वेदप्रसाद घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार, केही बिरामी डिस्चार्ज भएर घर फर्किए पनि मनमोहन र मेडिका हस्पिटलमा अझै केही बिरामी छन् । हस्पिटलहरुमा जिल्लाभरका डेंगु रोगी भर्ना पाएको पाइएको उनले बताए । त्यसमा अधिकांश बिर्तामोडका बिरामी छन् । ‘झापामा पहिले पनि डेंगु फैलिएको थियो,’ उनले भने, ‘अहिले पनि रोग फैलिएको गुनासो बढेपछि हामीले हस्पिटलहरुबाट तथ्यांक लिन थालेका हौँ ।’

जनस्वास्थ्यका भेक्ट्रल कन्ट्रोल अधिकृत घिमिरे, अहेव ईन्द्रप्रसाद सुवेदी र बिर्तामोड नगरपालिकाका स्वास्थ्य संयोजक खगेन्द्रप्रसाद दंगालले बिर्तामोडका हस्पिटलहरुमा पुगेर तथ्यांक संकलन गरेका थिए । डेंगु नियन्त्रण गर्नका लागि सुरुमा लामखुट्टेका लार्भा नष्ट गर्नुपर्ने जनस्वास्थ्यले जनाएको छ ।

जनस्वास्थ्यका अहेव ईन्द्रप्रसाद सुवेदीका अनुसार डेंगु संक्रमित लामखुट्टेले सफा ठाउँमा पनि फुल पार्छ । ‘घरमा सजावटका लागि राखिएको पानीमा पनि फुल पार्छ,’ उनले भने, ‘यो लामखुट्टेले सफा र थोरै पानीमा पनि फुल पार्छ र मान्छेलाई दिउँसै टोक्छ ।’
डेंगु भाइरस भएको लामखुट्टेले पारेको फुल पनि डेंगु संक्रमित हुने उनले बताए । यो रोग नियन्त्रण गर्नका लागि सुरुमा वातावरण सफा राख्नुपर्ने जनस्वास्थ्यले जनाएको छ ।

जनस्वास्थ्यले सडकका फोहोरहरु हटाउन नगरपालिकालाई सुझाव दिएको छ । ‘डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजेर त्यहाँ भएका लार्भा नष्ट गर्नुपर्छ,’ भेक्ट्रल कन्ट्रोल अधिकृत घिमिरेले भने, ‘घरको छतमा भएका खानेपानीका ट्यांकीहरु राम्रोसँग छोपेर राख्नुपर्छ ।’
यो रोग नियन्त्रण गर्न जनस्वास्थ्य एक्लैले नसक्ने घिमिरेले स्पष्ट पारे । यसका लागि बिर्तामोड नगरपालिका, प्रहरी, वाणिज्य संघको पनि साथ चाहिने उनले बताए । झापामा हस्पिटलमा भर्ना नै नभएका अन्य डेंगु रोगी पनि हुन सक्ने जनस्वास्थ्यको अनुमान छ । रोग नियन्त्रणका लागि सरोकारवालाहरुलाई भेला गरेर डेंगु रोगबारे सचेतना प्रदान गर्नुपर्ने घिमिरेले बताए ।

यता बिर्तामोड नगरपालिकाले रोग नियन्त्रण अभियान तुरुन्तै सुरु गर्न जनस्वास्थ्यलाई आग्रह गरेको छ । ‘जनस्वास्थ्यसँग खर्च अभाव भएको बुझियो, अब नगरपालिकाले सहयोग गर्छ,’ बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले भने, ‘अब रोग नियन्त्रण गर्न नगरस्तरीय अभियान चलाउनैपर्छ ।’

डेंगुका केही बिरामी भारतको सिलिगुढी र केही बिरामी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको पाइएको मेयर शिवाकोटीले बताए । आइतबार बिहानदेखि बिर्तामोड नगरपालिका डेंगु रोग नियन्त्रण अभियानमा जुट्ने बिर्तामोड–१ का वडाध्यक्ष अग्नी पाण्डेले बताए ।