‘मिस डिभा’ पोखराको दोस्रो संस्करण, यसरी सहभागी बन्न सकिन्छ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

विष्णु गौतम , पोखरा २१ असोज   |   असोज २१, २०७४

 

ब्ल्यु रेज प्रोडक्सन एण्ड इभेन्ट मेनेजमेन्ट कम्पनीको आयोजनामा दोस्रो संस्करणको मिस डिभा पोखरा हुने भएको छ । पहिलो संस्करणमा भन्दा केही पृथक बनाउने सोचका साथ तयारीलाई तिव्र पारेको आयोजकले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

 

अडिसनमा भाग लिनका लागि कम्तिमा एसएलसी (एसइइ) उत्रीर्ण, १८ वर्ष उमेर पुगेका र न्युनतम ५ फिट उचाई भएका युवतीले भाग लिन सक्नेछन् ।

 

मिस डिभा सिजन–२ को अडिसन आगामी कार्तिक २५ मा होटल बाराही लेकसाइडमा हुने इभेन्ट मेनेजर सागर आचार्यले बताए । प्रतियोगिता मोडलिङ क्षेत्रमा यो अगाडि बढ्न चाहनेहरुको लागि कोशेढुङ्गा बन्ने आयोजकको विश्वास छ ।

अडिसनमा भाग लिनका लागि कम्तिमा एसएलसी (एसइइ) उत्रीर्ण, १८ वर्ष उमेर पुगेका र न्युनतम ५ फिट उचाई भएका युवतीले भाग लिन सक्नेछन् । अडिसनमार्फत ५० जना प्रतियोगीको छनोट गरिने मेनेजर आचार्यले जनाए ।

विगत पाँच वर्षदेखि पोखरामा विभिन्न इभेन्ट गर्दै आएको यस कम्पनीले प्रतियोगीलाई १५ दिनको तालिम पश्चात ५ हप्तासम्म प्रतिभा पस्कन लगाई उनीहरु मध्येबाट हरेक हप्ता २ जना प्रतिष्पर्धी बाहिरिने छन् । ‘मिस डिभा टिभी सोमा हरेक हप्ता प्रतियोगीले आफ्नो क्षमता देखाउनु पर्नेहुदाँ उनीहरुमा निखारता प्रदान हुनेछ’ आचार्यले भने ।

प्रतिष्पर्धीलाई विभिन्न छ वटा समुहमा विभाजन गरी उनीहरुको क्षमता अभिवृद्धि सँगै प्रतिभा प्रस्फुटन गर्न लगाइनेछ । मिस कास्की निकिता खड्की, युवराज गुरुङ, मिस्टर कास्की मनिष ओस्टा, पुजा श्रेष्ठ, रजनी हमाल, कञ्चन गुरुङ, अनु रेग्मी, समीर गुरुङ, सुस्मिता पाठक, जयन्ती गुरुङ लगायतले उनीहरुमा निखारता प्रदान गर्ने कार्यक्रम संयोजक स्वस्तीका केसीले बताइन् । ‘पोखराका १२ जना मोडलको प्रत्यक्ष निगरानीमा प्रतियोगीले क्षमता अभिवृद्धि गर्न पाउँछन्’ संयोजक केसीले भनिन् ।

उपाधि विजेताले नगद ७५ हजार रुपैयाँसहित म्यागेजिन कभर, मोडलिङ कन्ट्रयाक्ट, ब्राण्ड एम्बेसर,गिफ्ट भौचर लगायतका पुरस्कार पाउनेछन् । छ हप्ताको हरेक सो मा रेखा मोदीको डिजाइनमा पेज ३ बाट पहिरन उपलब्ध गराइनेछ । प्रतियोगीताको मुख्य प्रायोजक रुस्लान भोड्का रहेको छ । अन्तिम प्रतिष्पर्धा ४० प्रतिष्पर्धीबीच पौष २२ मा पोखरा प्रर्दशनी केन्द्र नयाँबजारमा भव्य कार्यक्रमका साथ हुनेछ ।