यसकारण साहित्यमा हामी कमजाेर - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नारायण ढकाल, साहित्यकार , काठमाडाैं, २१ असाेज   |   असोज २१, २०७४

 

कलात्मक बल पटक्कै नभएका कृतिले पुरस्कार पाउँछन् भन्ने उदाहरण दिँदा म धृतराष्ट्र खण्डकाव्यलाई सम्झन्छु । महाभारतका कथा र पात्रहरूलाई पुनर्सिर्जन गर्नु निकै जोखिम र चुनौतीको काम हो । यस्तो चुनौती लक्ष्मीप्रसाद देवकोटा, मदनमणि दीक्षित, राजेश्वर देवकोटा, विनोदप्रसाद धिताल आदिले मात्र सामना गरे । त्यसयताका कृतिहरू अध्ययन नपुगेका, रचनात्मक बल नभएका र भर्खर साहित्य सिक्न थालेका सिकारू विद्यार्थीले कनिकुथी लेखेकाजस्ता छन् ।

 

साहित्यमा हामी किन कमजोर भयौँ ?

अधिकांश नेपाली लेखकको सपना बढीमा मदन पुरस्कार पाउने र एकेडेमीमा पुग्नेसम्ममा सीमित छ । तीभन्दा अरू सपना पनि हुन्छन् भन्ने सोच नभएपछि हामी कहाँ पुग्छौँ ? हाम्रा पुरस्कृत पात्र र एकेडेमीका प्राज्ञहरूको हालत त तपाईंले देखिरहनुभएको छ । कलात्मक ज्यान नभएका कृतिहरू पुरस्कृत भइरहन्छन् र योग्यता नपुगेकाहरू प्राज्ञ बनाइन्छन् । यो कुरा केही वर्षयताका पुरस्कृत किताब र एकेडेमीको गठनका दृष्टान्तले प्रमाणित गरेका छन् ।

कलात्मक बल पटक्कै नभएका कृतिले पुरस्कार पाउँछन् भन्ने उदाहरण दिँदा म धृतराष्ट्र खण्डकाव्यलाई सम्झन्छु । यस्तो कृतिले गम्भीर पाठकको कलात्मक क्षुधा तृप्त गर्न सक्दैन । महाभारतका कथा र पात्रहरूलाई पुनर्सिर्जन गर्नु निकै जोखिम र चुनौतीको काम हो । यस्तो चुनौती लक्ष्मीप्रसाद देवकोटा, मदनमणि दीक्षित, राजेश्वर देवकोटा, विनोदप्रसाद धिताल आदिले मात्र सामना गरे । त्यसयताका कृतिहरू अध्ययन नपुगेका, रचनात्मक बल नभएका र भर्खर साहित्य सिक्न थालेका सिकारू विद्यार्थीले कनिकुथी लेखेकाजस्ता छन् ।

अब वैश्विक तहमा हाम्रो साहित्यको उपस्थिति हुनुपर्छ । हाम्रो साहित्यले संसारभरिका पाठकसित सार्थक संवाद गर्न सक्नुपर्छ । अरू देशका राम्रा लेखकहरूको कृति हामीले यहाँ पढिरहेका छौँ भने नेपाली लेखकका कृति विश्वभरका मानिसले पढ्नैपर्ने किन नबनाउने ? लक्ष्मीप्रसाद देवकोटा हाम्रा लागि महान् आइकोन हुन् । तर, किन उनी नेपालभित्र मात्र सीमित भए ? मुनामदन विभिन्न भाषामा अनुवाद भए, तर यसको लोकप्रियता किन विस्तार भएन ? उनले छ वटा महाकाव्य लेखे, तिनमा नेपाली शाकुन्तल सबभन्दा बेजोड मानिन्छ । तर, यो महाकाव्य किन अरू देशका पाठकका निम्ति पढ्नैपर्ने किताब बन्न सकेन ? यस्ता प्रश्नको उत्तर नखोजेसम्म हामी किन कमजोर भएछौँ भन्ने तथ्यको तहमा पुग्न सकिन्न । हाम्रा महाकविको समेत रचनात्मक संवाद–शक्ति कमजोर छ भने त्यसपछिका हामीहरूको हालत के होला ?

उपन्यास : एक लोकप्रिय विधा

सबैभन्दा बढी चलनचल्तीमा रहेको, पाठकहरूले मन पराएको विधा उपन्यास हो । यसैले हाम्रोमा अहिले उपन्यास लेख्नेहरूको ठूलो जमात देखिएको छ । उपन्यास एउटा यस्तो विधा हो, जसमा धेरै प्रयोग गर्न सकिन्छ । विज्ञान, दर्शन, मनोविज्ञान, समाजशास्त्र, मानवशास्त्र यावत् विषयको समुच्चय यसले खपत गर्छ । तर, अरू विधामा त्यस्तो गर्न सकिन्न । उपन्यास एउटा नयाँ संसारको सिर्जना हो । एउटा राम्रो उपन्यास पढ्दा पाठकहरूलाई आफू त्यही नयाँ संसारमा सँगसँगै छु भन्ने भाव उत्पन्न हुन्छ । पात्रहरूसँग कुराकानी गरिरहेको छु भन्ने हुन्छ । तर, यसको अर्थ उपन्यासबाहेक साहित्यका अरू विधा महत्वहीन हुन्छन् भन्ने होइन । तिनीहरू उपन्यासजत्तिकै महत्वपूर्ण छन् ।

नेपाली साहित्यको स्थान

हाम्रो आधुनिक साहित्यको इतिहास सय वर्षको पनि भएको छैन । विभिन्न जाति, जातिभित्र रहेका परम्पराहरू, उनीहरूले भन्ने गरेका आख्यान, लोकगीतहरू संकलनको हाम्रो प्रयासको उमेर पनि छोटो छ । हामीसँगै र अझ हामीपछि स्वतन्त्र भएर जन्मेका कतिपय मुलुकको तुलनामा पनि हामी पछि नै छौँ । तर, सकारात्मक कुरा, हाम्रो साहित्यमा पछिल्लो समयमा धेरै चिन्तनमनन, वादविवाद, बहस भइरहेको छ । हामी अहिले धेरै प्रयोग र परीक्षणको क्रममा छौँ । यस अवस्थाबाट निस्केर अलि राम्रो अवस्थामा पुग्यौँ भने मात्र पनि नेपाली साहित्यको भविष्य उज्ज्वल हुनेछ ।

पछाडि पर्नुको कारण

म्याक्सिम गोर्कीले भनेका छन्, ‘व्यक्ति कुन पेसामा लाग्ने हो, उसलाई त्यस पेसाको इतिहास थाहा हुनुपर्छ ।’ म गोर्कीको यो भनाइसित प्रभावित छु । लेखनमा लाग्नेलाई लेखनको इतिहास थाहा हुनैपर्छ । मुख्यत उसले आफ्नो समाज र इतिहासलाई चिन्नुपर्छ । तर, हामी धेरैले हाम्रो इतिहास बुझेका छैनौँ । हाम्रोमा इतिहास लेख्ने कार्य धेरै पछि मात्र सुरु भएको हो ।

पहिले त विदेशीहरू यहाँ आए र लेखे । त्यसपछि दोस्रो पुस्तामा मात्र नेपाली अघि सरे । तर, उनीहरूले पनि वैज्ञानिक हिसाबले नभई भावनामा बगेर इतिहास लेखे । यसमा सत्ताले आफ्नो स्वार्थअनुरूप लेखाउने काम पनि ग¥यो । यसको प्रभाव पछिल्लो समयसम्म जारी रह्यो । यसले गर्दा समाज र हाम्रो मानिसलाई कसरी बुझ्ने, नेपालीपन के हो भन्ने विषय पनि अन्योलमा रह्यो । अहिले आएर यस विषयमा बहस भइरहेको छ ।

 

अधिकांश नेपाली लेखकको सपना बढीमा मदन पुरस्कार पाउने र एकेडेमीमा पुग्नेसम्ममा सीमित छ । तीभन्दा अरू सपना पनि हुन्छन् भन्ने सोच नभएपछि हामी कहाँ पुग्छौँ ?  कलात्मक ज्यान नभएका कृतिहरू पुरस्कृत भइरहन्छन् र योग्यता नपुगेकाहरू प्राज्ञ बनाइन्छन् । यो कुरा केही वर्षयताका पुरस्कृत किताब र एकेडेमीको गठनका दृष्टान्तले प्रमाणित गरेका छन् ।

 

इतिहासको बाटो पहिल्याउन नसकेका कारण हामीले नेपाली मौलिकतालाई चिन्ने अवसर पाएनौँ । आधुनिक साहित्यको नाममा युरोप र अमेरिकाबाट आएका सामग्रीबाट प्रभावित भएर केही गरियो होला, तर हामीले हाम्रै जमिनमा उभिएर हाम्रो मूल्य, हाम्रो चरित्र र सपनाहरूलाई कम लेख्यौँ । लेख्नेहरूले पनि अरूले खनिसकेको बाटोलाई कमजोर भएर पछ्याइरह्यौँ । आफ्नै बाटो खन्न सकेनौँ । त्यसकारण पनि हामी कमजोर भयौँ ।

अधिकांश नेपाली लेखकको सपना बढीमा मदन पुरस्कार पाउने र एकेडेमीमा पुग्नेसम्ममा सीमित छ । तीभन्दा अरू सपना पनि हुन्छन् भन्ने सोच नभएपछि हामी कहाँ पुग्छौँ ? हाम्रा पुरस्कृत पात्र र एकेडेमीका प्राज्ञहरूको हालत त तपाईंले देखिरहनुभएको छ । कलात्मक ज्यान नभएका कृतिहरू पुरस्कृत भइरहन्छन् र योग्यता नपुगेकाहरू प्राज्ञ बनाइन्छन् । यो कुरा केही वर्षयताका पुरस्कृत किताब र एकेडेमीको गठनका दृष्टान्तले प्रमाणित गरेका छन् ।

कलात्मक बल पटक्कै नभएका कृतिले पुरस्कार पाउँछन् भन्ने उदाहरण दिँदा म धृतराष्ट्र खण्डकाव्यलाई सम्झन्छु । यस्तो कृतिले गम्भीर पाठकको कलात्मक क्षुधा तृप्त गर्न सक्दैन । महाभारतका कथा र पात्रहरूलाई पुनर्सिर्जन गर्नु निकै जोखिम र चुनौतीको काम हो । यस्तो चुनौती लक्ष्मीप्रसाद देवकोटा, मदनमणि दीक्षित, राजेश्वर देवकोटा, विनोदप्रसाद धिताल आदिले मात्र सामना गरे । त्यसयताका कृतिहरू अध्ययन नपुगेका, रचनात्मक बल नभएका र भर्खर साहित्य सिक्न थालेका सिकारू विद्यार्थीले कनिकुथी लेखेकाजस्ता छन् ।

 

अब के गर्नुपर्छ ?

यता आएर सामाजिक विज्ञानका विषयमा गम्भीर अध्ययन हुन थालेका छन् । सिंगै नेपाललाई समेट्ने गरी हामी सबैको इतिहास (राजा–महाराजाको मात्र इतिहास होइन, एउटा जातिको मात्र होइन, निश्चित भाषा बोल्नेको मात्र होइन) खोज्ने काम नयाँ पुस्ताले गर्न थालेको छ । यस्तो कामले नै हामी क्रमिक रूपमा अगाडि बढ्न सक्छौँ, यसबाट साहित्यको विकासमा पनि फाइदा हुन्छ ।

आधुनिक नेपाली साहित्यको इतिहास वि.सं. १९९१ सालको शारदा पत्रिकाको प्रकाशनबाट आरम्भ भएको हो । २००७ सालको परिवर्तनले नयाँ अवसरहरू र नयाँ वातावरण दियो । कथामा गुरुप्रसाद मैनाली, बिपी कोइराला, रमेश विकल, पारिजातका योगदानहरू आए । उपन्यासमा मदनमणि दीक्षित, धच गोतामे, विनोदप्रसाद धितालहरू आए । कविता र निबन्धमा अरू पनि राम्रा नक्षत्रहरू आइसकेका छन् । तर, यत्ति कुराले मात्र हामीलाई पुग्दैन ।

पाठ सिकेनौँ

हामीले दुःख धेरै भोगिसक्यौँ । अरू देश र समाजले दुःख पाएर शिक्षा लिएका छन् । तर, हामीले दुःखबाट शिक्षा ग्रहण गर्न सकेनौँ । त्यसको असर साहित्यमा पनि परेको छ । साहित्य सत्ता प्राप्तिको अभियान हो । राजनीतिक सत्ता प्राप्तिको भनिएको होइन, साहित्यको आफ्नै सत्ता हुन्छ । म बारम्बार भनिरहेको छु, अब वैश्विक तहमा हाम्रो साहित्यको उपस्थिति हुनुपर्छ । हाम्रो साहित्यले संसारभरिका पाठकसित सार्थक संवाद गर्न सक्नुपर्छ । अरू देशका राम्रा लेखकहरूको कृति हामीले यहाँ पढिरहेका छौँ भने नेपाली लेखकका कृति विश्वभरका मानिसले पढ्नैपर्ने किन नबनाउने ?

लक्ष्मीप्रसाद देवकोटा हाम्रा लागि महान् आइकोन हुन् । तर, किन उनी नेपालभित्र मात्र सिमित भए ? अंग्रेजीमा मुनामदनका विभिन्न अनुवाद भए, तर यसको लोकप्रियता किन विस्तार भएन ? उनले छ वटा महाकाव्य लेखे, तिनमा नेपाली शाकुन्तल सबभन्दा बेजोड मानिन्छ । तर, यो महाकाव्य किन अरू देशका पाठकका निम्ति पढ्नैपर्ने किताब बन्न सकेन ? यस्ता प्रश्नको उत्तर नखोजेसम्म हामी किन कमजोर भएछौँ भन्ने तथ्यको तहमा पुग्न सकिन्न । हाम्रा महाकविको समेत रचनात्मक संवाद–शक्ति कमजोर छ भने त्यसपछिका हामीहरूको हालत के होला ?

 

हाम्रो इतिहास हेर्ने हो भने, हरेक क्रान्तिपछि क्रान्तिका नायकहरू भ्रष्ट भएका छन् । यसरी क्रान्तिका नायक पछि गएर खलनायक हुने हाम्रो नियति छ । त्यसतर्फ हाम्रो साहित्यको सरोकार हुनुपर्छ । एकातिर विचारको राग अलाप्ने र अर्कोतिर इतिहासका खलनायकको विरुद्ध नतमस्तक हुने प्रवृत्तिले हामीलाई कुपमण्डुकभन्दा बढी बन्न दिँदैन ।

 

वास्तविकता खोजौँ

सभ्यताको निर्माण राजा–महाराजाले गरे भनेर चलनचल्तीको इतिहासमा लेखिएको हुन्छ । वास्तवमा त्यो सत्य होइन । चीनको ठूलो पर्खाल कसले बनायो ? राजाले बनाएको हो ? त्यो बनाउने वेला कति मानिसले श्रम गरे ? कति मानिस भोकभोकै मरे ? के संसारका ठूला सभ्यता र स्मारकहरू राजा–महाराजाहरूले मात्रै बनाएका हुन् ? युद्धको वेलामा पृथ्वीनारायण शाहको भान्सामा कसले काम गरेको थियो ? भान्सेले खाना नबनाएको भए उनको राज्य–विस्तारको अभियानको गति के हुन्थ्यो ? उनको शक्तिको स्रोत के हो ? यी प्रश्नहरू अहिले पनि सान्दर्भिक छन् । ज–जसले श्रम र सौन्दर्यको सिर्जना गर्छन्, तिनको इतिहास नलेखिएसम्म परिवर्तनहरूको अर्थ रहन्न ।

हाम्रो इतिहास हेर्ने हो भने, हरेक क्रान्तिपछि क्रान्तिका नायकहरू भ्रष्ट भएका छन् । यसरी क्रान्तिका नायक पछि गएर खलनायक हुने हाम्रो नियति छ । त्यसतर्फ हाम्रो साहित्यको सरोकार हुनुपर्छ । एकातिर विचारको राग अलाप्ने र अर्कोतिर इतिहासका खलनायकको विरुद्ध नतमस्तक हुने प्रवृत्तिले हामीलाई कुपमण्डुकभन्दा बढी बन्न दिँदैन । अहिले नेपाली साहित्यमा यस्ता कुपमण्डुकहरूको जनसंख्या बढेको छ ।

लेखकको स्थिति

उहिले केही लेखकहरू भन्थे, गरिबीमा राम्रो लेखिन्छ । तर, चिनियाँ साहित्यकार लु सुनले भने, ‘गरिबीमा केही पनि लेख्न सकिँदैन । झन् गरिबले त लेख्नै सक्दैन । गरिबलाई हातमुख जोड्नै मुस्किल पर्छ । उसले पढ्न पनि पाउँदैन, लेख्ने फुर्सद पनि पाउँदैन । जुन वेला मेरो गोजीमा पर्याप्त पैसा हुन्थ्यो । त्यसवेला ढुक्क हुन्थेँ र लेख्थेँ ।

जुन वेला पैसा हुँदैन थियो, त्यतिवेला कुन साथीले सापटी देला र छाक टारौँला भनेर सहरका गल्लीहरूमा हिँडिरहेको हुन्थेँ ।’ लु सुनको कुरा ठीक हो । त्यो लेखक मात्र सफल हुन सक्छ, जसलाई आर्थिक समस्या छैन । कतिपय लेखकहरू लेख्न चाहन्छन्, तर उनीहरू जागिरे वा अन्य पेसामा छन् । उनीहरूको दायित्व लेख्नुभन्दा बढी पेसामा हुन्छ । नेपाली लेखक चलचित्रको कलाकारझैँ पेसेवर हुन सक्ने अवस्थामा छैनन् । किनकि हाम्रो बजार अत्यन्त सानो छ ।

(प्रेम गौतमसँगको संवादमा आधारित)