कस्तो तेल स्वस्थकर ? - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असोज २१, २०७४

चाडबाडमा तेलको प्रयोग धेरै हुने गर्छ । सबै परिकार तेलमा तारेर तयार पारिन्छ । बजारबाट किनिएका प्याकिङ आइटममा पनि फ्याटको मात्रा बढी नै हुन्छ । दूधजन्य परिकारमा पनि फ्याटको मात्रा हुन्छ । खासमा भान्सामा कस्तो तेल प्रयोग गर्नु राम्रो हुन्छ ?

स्याचुरेटेड

डा. मिलनप्रकाश श्रेष्ठ, मुटुरोग विशेषज्ञ

बोसो तथा दूधबाट बनेका परिकारमा पनि स्याचुरेटेड फ्याटको मात्रा हुन्छ । बेक गरिएका र बढी फ्राइड परिकारमा पनि यस्तो फ्याट बढी हुन्छ । अमेरिकन हार्ट एसोसिएसनका अनुसार आफूलाई चाहिने दैनिक क्यालोरीमध्ये स्याचुरेटेड फ्याटको मात्रा ५ देखि ६ प्रतिशतभन्दा बढी हुनु हु“दैन । नरिवलको तेलमा स्याचुरेटेड फ्याटको मात्रा बढी हुने भएकाले प्रयोग नगर्नु नै उत्तम हुन्छ ।

मोनो अनस्याचुरेटेड

स्याचुरेटेड फ्याटको तुलनामा मोनो अनस्याचुरेटेड फ्याट केही राम्रो हुन्छ । जैतुन, बदाम, तिललगायतको तेलमा मोनो अनस्याचुरेटेड फ्याट बढी हुन्छ । मोनो अनस्याचुरेटेड फ्याटले रगतमा नराम्रो कोलेस्ट्रोल बढ्न नदिने र राम्रो कोलेस्ट्रोलको मात्रा बढाउने गर्छ । एभोकाडो, पिनट, बटर, आलसको गेडालगायतमा पनि यस्तो फ्याट बढी पाइन्छ ।

पोलिअनस्याचुरेटेड

यो राम्रो किसिमको चिल्लो हो । पोलिअनस्याचुरेटेड फ्याटले नराम्रो कोलेस्ट्रोल घटाई राम्रो कोलेस्ट्रोल बढाउन मद्दत गर्छ । सोयाबिन, मकै, सनफ्लावरलगायतको तेलमा पाइने पोलिअनस्याचुरेटेड फ्याटले शरीरलाई आवश्यक पर्ने भिटामिन ‘ई’का साथै एन्टिअक्सिडेन्टको आवश्यकता पनि पूरा गर्छ । यसले शरीरमा उत्पादन नहुने ओमेगा–३ तथा ओमेगा–६ फ्याटी एसिडको आवश्यकता पनि पूर्ति गर्न मद्दत गर्छ ।