केटाकेटीको कमाइ यसरी गरिदिनुहोस् बचत - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौँ   |   असोज २१, २०७४

दसैँमा तपाईंका केटाकेटीले टिकाटालोबाट कति दक्षिणा बटुले ? मान्यजनले आशीर्वादसँगै उनीहरूलाई दिएको दक्षिणा जेजति होस्, जथाभावी खर्च गर्ने अवसर नदिनुहोस् । उनीहरूलाई पैसा बचाउने पाठ सिकाउनुहोस् र आजको थोरै–थोरै पैसा उनीहरूको भविष्यका लागि उपयोगी बनाउनुहोस् । यसरी गर्न सकिन्छ बच्चाको पैसा बचत :

सानैदेखि बचत गर्दाका फाइदा

केटाकेटीको कमाइ जथाभावी खर्च गर्न दिनुभन्दा बचत गरिदिएर पैसाको महत्व बुझाउनुपर्छ ।

आजदेखिको बचतले भोलि अध्ययनमा सहयोग पुग्छ । जिन्दगीको कुनै पनि मोडमा त्यो बचत उपयोगी हुन्छ ।

केटाकेटीको पैसा अभिभावकले खर्च गरिदिँदा बच्चामा नकारात्मक असर पर्छ । पैसा खर्च गर्ने, उडाउने त हो नि भन्ने पर्छ ।

बिमा

६ महिनादेखि ६ वर्षसम्मका लागि छुट्टै र ११ देखि १६ वर्षका लागि छुट्टै स्किम छ । बिमा गरेको पैसाले भविष्यमा ठूलो काम गर्न सक्छ । एसएलसी पास गरेर कलेज पढ्ने वेला प्रयोग हुने गरी बिमा गर्दा राम्रो हुन्छ । जीवनको जुनसुकै पाटोमा पनि उपयोगी हुन सक्छ । थोरै पैसाको पनि बिमा गर्न सकिन्छ । ५० हजारको १५ वर्षीय बिमा गर्ने हो भने वर्षमा तीन हजार तिरे पुग्छ । वर्षमा तीन हजार त आजकाल प्रायः बच्चाले कमाएका हुन्छन् ।

बैंक

विभिन्न बैंकले बाल बचत खाताको स्किम पनि ल्याएका छन् । फुटकर रकम आउन्जेलसम्म बाल बचतमा राखिदिन सकिन्छ । यसको व्याज आइराख्छ । त्यो रकम वर्षको एकपटक निकालेर बिमामा राखिदिन सकिन्छ । आठ–नौ वर्षको उमेरका केटाकेटीका लागि बैंक खाता खोलिदिन सकिन्छ ।

खुत्रुके

साना बच्चाहरूका लागि खुत्रुके ठीक हुन्छ । खेलौना खेल्ने बच्चाहरूका लागि खुत्रुके बचत उपयुक्त हुन्छ । बजारमा म्युजिक सिस्टमहरू भएका खुत्रुके पनि पाइन्छन् । बच्चाहरूमा बचत गर्ने बानी हुन्छ । उनीहरूको जम्मा भएको पैसा वेलावेलामा खुत्रुके खोलेर देखाइदिएपछि बचतमा अझै उत्साहित हुन्छन् । उनीहरूको जम्मा भएको पैसामा अभिभावकले केही थपिदिएपछि अझै बचत गर्न चाहन्छन् । यसो गरेपछि पैसाको दुरुपयोग हुँदैन । बच्चालाई आफ्नो पैसा धेरै फुर्मास गर्नु हुँदैन भन्ने लाग्छ ।