दसैँका कपडा सुरक्षित राख्ने सही तरिका - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौँ   |   असोज २१, २०७४

दसैँमा तुलनात्मक रूपमा महँगा कपडा लगाउने गरिन्छ । विशेष खालका कपडा विशेष परिस्थितिमा लगाएपछि सुरक्षित राख्न सक्नुपर्छ । तर, कपडा कसरी सुरक्षित राख्ने भन्ने ज्ञान सबैलाई हुँदैन । सिक्नुहोस् केही टिप्स :

कपडामा चिल्लोको दाग लाग्यो भने पानीले धुने, पखाल्ने, कागती दल्नेजस्ता काम नगर्नुहोस् । घरमा धोएर चिल्लोको दाग राम्रोसँग जाँदैन । जबर्जस्ती घोटेर फाल्न खोज्दा कपडा नै खुइलिने, ड्यामेज हुने खतरा रहन्छ । दसैँमा धेरैले कलरफुल कपडा लगाउने भएकाले यस्ता कपडा धेरै घोट्नु झनै घातक हुन्छ । कलरफुल कपडा जहिल्यै पनि संवेदनशील मानिन्छ ।

चिल्लो लागेपछि कपडामा तत्काल अनुहार तथा शरीरमा दल्ने कुनै पाउडर दलिदिन सक्नुहुन्छ । दाग लागेको ठाउँमा जतिसक्दो छिटो पाउडर दल्दा चिल्लो कपडाको भित्रसम्म पस्न पाउँदैन । पाउडर लगाएपछिको अप्सन भनेको ड्राइक्लिन नै हो । ड्राइक्लिनर्समा लगेर कपडालाई विनाअसर दाग हटाउन सकिन्छ ।

पार्थवीर राणा, मेनेजिङ डाइरेक्टर ब्यान्डबक्स ड्राइक्लिनर्स

टीकाको रङ लागेको छ भने जतिसक्दो चा“डो साबुनपानीले पुछिदिन सक्नुहुन्छ । सामान्य रङ साबुनपानीले नै हट्छ । तर, साबुनपानीले हटेन भने जबर्जस्ती फाल्ने प्रयास नगर्नुहोस् । ड्राइक्लिनमै लैजानुको विकल्प हुँदैन ।

कपडामा लागेको दाग र रङ जति ढिला ड्राइक्लिन गर्न लगिन्छ, उति नै परिस्थिति जटिल बन्न सक्छ । लामो समयसम्म कपडामा रहेको दाग ड्राइक्लिनबाट पनि हट्ने सम्भावना कम हुँदै जान्छ । दाग नै नजाने खतरा पनि रहन्छ । चाँडोभन्दा चाँडो ड्राइक्लिन गरेपछि दाग पनि हट्छ र कपडा पनि सुरक्षित रहन्छ ।

दाग र रङ नहटाई कपडा राख्दा फोहोरले ड्यामेज गरिदिन सक्छ । रङमा केमिकल हुने भएकाले कपडा डिस्कलर गराउनेदेखि कमजोर बनाउनेसम्म गर्न सक्छ ।

सम्भव भएमा घरमै कपडा धोएर राख्न पनि सकिन्छ । तर, कुन क्वालिटीको कपडा कसरी धुने भन्ने ज्ञान आवश्यक पर्छ । सामान्य कपडामा कुनै फरक पर्दैन, तर स्तरीय कपडा धुने सम्बन्धमा सबैमा धुने ज्ञान हुँदैन । कपडा जति महँगो हुन्छ, हरेक पाटोमा उति नै संवेदनशील हुन्छ ।

कपडा धोएपछि चर्को घाममा सुकाउनु गल्ती हुन्छ । चर्को घामले कपडाको रङ खुइल्याइदिने गर्छ । सेतो कपडा भने घाममा सुकाउँदा पनि फरक पर्दैन । कलरफुल कपडा झुक्किएर पनि कडा घाममा नसुकाउनुहोस् ।

कपडा क्लिन गरिसकेपछि कहिल्यै पनि पट्याएर राख्ने गर्नु हुँदैन । पट्याएर राख्दा कपडा बिग्रिने तथा डिस्कलर हुन सक्छ । सफा कपडा जहिल्यै दराजमा झुन्ड्याएर राख्नुपर्छ ।

कपडा केही खुला ठाउँमा राख्नुपर्छ । कपडामा ढुसी लाग्ने सम्भावना बढी हुने भएकाले हावा खेल्ने ठाउँमा राख्नुपर्छ । दराज राखिएको कोठा तातो पनि हुनुपर्छ । घाम पर्ने तातो र हावा चल्ने खुला कोठामा दराजभित्र कपडा राख्दा खराब हुन पाउँदैन । कपडा राख्ने ठाउँ चिसोचाहिँ हुनु हुँदैन ।