नाडालले सेमिफाइनलमा डिमिट्रोभको सामना गर्ने - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

एजेन्सी   |   असोज २१, २०७४

बेइजिङ/ शीर्ष वरीयता राफेल नाडालले अमेरिकन खेलाडी जोहन इन्सेरलाई ६–४ र ७–६ को सीधा सेटमा हराउँदै चीन ओपन टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । नाडालले अब फाइनल प्रवेशका लागि जिगोर डिमिट्रोभविरुद्ध खेल्नेछन् । डिमिट्रोभले प्रतियोगितामा तेस्रो वरीयता पाएका छन् । डिभिट्रोभले अन्तिम चारमा स्थान पक्का गर्न स्पेनिस खेलाडी रोबर्टो बाउस्टिटामाथि ७–६, ४–६ र ६–२ को कठिन सेटमा जित निकाले । यस वर्ष नाडालले ५९ खेल जितेका छन् ।

दोस्रो सेट टाइब्रेकर

नाडालको पूर्व अनुमानझैँ इन्सेरविरुद्ध क्वार्टरफाइनल खेल प्रतिस्पर्धात्मक नै बन्यो । पहिलो सेटमा नडालले एकपटक मात्र इन्सेरको सर्भिस भंग गर्न सफल भए । तर, दोस्रो सेटमा भने नाडालले इन्सेरका कुनै सर्भिस तोड्न सकेनन् । दुवैले लगातार ६ खेल जित्दै दोस्रो सेट ट्राइब्रेकरमा पु¥याए । नाडालले ट्राइब्रेकरमा इन्सेरलाई मौका नै दिएनन् । नाडालले टाइब्रेकर ७–० ले जिते । ‘दोस्रो सेटमा केही समस्या आएको थियो,’ यस वर्ष ६ उपाधि जित्ने दाउमा रहेका नाडालले भने ।

तेस्रोपटक भिडन्त

सेमिफाइनलका प्रतिद्वन्द्वी डिमिट्रोभविरुद्ध नाडालले यस वर्षमा तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेका हुन् । नाडालले अघिल्लो दुई भेटमा बुल्गेरियन खेलाडी डिमिट्रोभलाई पाखा लगाएका थिए । समग्रमा नाडाल र डिमिट्रोभबीच नौपटक भिडन्त भइसकेको छ । जसमध्ये नाडालले ८ र एक खेलमा डिमिट्रोभले जित निकालेका छन् । नाडाल र डिमिट्रोभ बेस लाइनका राम्रो खेलाडीमा पर्छन् । ‘हामी दुवैका प्रयास भनेकै बेस लाइनबाट विजयी अंक बटुल्नु हो,’ नाडालले भने, ‘मलाई राम्रोसँग थाहा छ, डिमिट्रोभ पनि उपाधिनजिक छन्, शनिबार हुने खेलमा उनले मलाई चुनौती दिनेछन् ।’

किर्गियोस अन्तिम चारमा

प्रतियोगिताको अर्को क्वार्टरफाइनलमा बेल्जियमका स्टिम रिटायर्ड हट हुँदा अस्ट्रेलियन निक किर्गियोस अगाडि बढेका छन् । पहिलो सेटमा किर्गियास ६–० ले विजयी भएका थिए । दोस्रो सेटको तेस्रो गेममा स्टिभ रिटायर्ड हट भए । त्यसवेला किर्गिर्यास ३–० ले अघि थिए । अब सेमिफाइनलमा किर्गियोसले जर्मनीका दोस्रो वरीयताका एलेसान्डर भेरेज र एन्ड्य रुब्लेबीच विजेताविरुद्ध खेल्ने छन् । यसैगरी, महिलातर्फ दोस्रो वरीयताका सिमोना हालेप अन्तिम चारमा पुगेकी छिन् । उनले रसियन खेलाडी कासाटिनालाई ६–२ र ६–१ ले हराइन् ।

सिलिक उपाधिनजिक

टोकियो/ मार्टिन सिलिक जापान ओपन टेनिस प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । सिलिकले क्वार्टरफाइनलमा अमेरिकन खेलाडी रायन ह्यारिसलाई ६–२ र ६–० ले पाखा लगाए । क्रोएसियाका सिलिकले पहिलो सेटमा २१ मध्ये २० विजयी अंक बटुलेका थिए । उनले खेलमा ११ ऐस प्रहार गरे । सिलिकले सेमिफाइनलमा फ्रेन्च खेलाडी एन्डियन मानारियोविरुद्ध खेल्नेछन् । एन्डियनले क्वार्टरफाइनलमा युची सुगीलाई ६–२ र ६–४ ले हराए । प्रतियोगितामा चौथो वरीतयाका डेभिड गोफिनले रिचाड गास्वटमाथि ७–५ र ६–२ को जित निकाले ।