प्लास्टिक झोला पुनः प्रतिबन्ध लगाउने सरकारको तयारी - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौँ   |   असोज २१, २०७४

वीरेन्द्र ओली/नयाँ पत्रिका

मानव स्वास्थ्यलाई अत्यन्तै असर गर्ने ३० माइक्रोनभन्दा साना झोला प्रयोगमा जनसंख्या तथा वातावरण मन्त्रालयले प्रतिबन्ध लगाउने तयारी गरेको छ । सर्वोच्च अदालतले भदौ १८ गते प्लास्टिक झोला प्रतिबन्ध लगाउने बाटो खोलेपछि नेपाल सरकारले पुनः प्लास्टिक झोला प्रतिबन्ध लगाउने तयारी गरेको हो । प्लास्टिक झोला प्रतिबन्ध लगाउने विषयमा स्थानीय विकास, उद्योग र अर्थ मन्त्रालयले रायसुझाब दिइसकेको जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले जानकारी दिए ।

अब वाणिज्य मन्त्रालयबाट रायसुझाब आएपछि निर्देशिका जारी गरी देशैभर प्लास्टिक झोला प्रतिबन्ध लगाइने उनले बताए । पहिला पनि सरकारले प्लास्टिक झोला प्रतिबन्ध लगाउन निर्देशिकासहित राजपत्रमा समेत सूचना जारी गरेको थियो । तर, निर्देशिका र राजपत्रमा प्रकाशित सूचनाले दुविधा ल्याउन सक्ने भएकाले दुई विषयलाई समेटी निर्देशका ल्याउने ओलीले बताए ।

यसअघि यस्तो व्यवस्था थियो

सरकारले २०६८ सालमा प्लास्टिक प्रयोगसम्बन्धी निर्देशिका ल्याएको थियो । प्लास्टिक झोला प्रतिबन्धकै लागि २०७१ चैत १८ गते राजपत्रमा सूचना जारी गरेको थियो । काठमाडौं उपत्यकाभित्र २०७२ वैशाख १ गतेदेखि २० देखि ३५ इन्च साइज र ४० माइक्रोन मोटाइको प्लास्टिक झोला प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । आर्थिक वर्ष ०७३÷७४ को बजेट वक्तव्यमा पनि प्लास्टिक तथा पोली प्रोपिलिन झोलाको प्रयोगबाट मानव स्वास्थ्य, वातावरण र सहरी सौन्दर्यमा पर्ने प्रतिकूल प्रभावलाई अन्त्य गर्न प्लास्टिक तथा पोली प्रोपिलिन झोला आयात–निर्यात, बिक्री र उपयोग गर्न नपाइने व्यवस्था गरेको थियो ।

वातावरण संरक्षणको अख्तियारी पाएको वातावरण मन्त्रालयले २०७२ वैशाख १ बाट नै उपत्यकामा ४० माइक्रोनसम्मका प्लास्टिकका झोलाको उत्पादन, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध गराएको पनि अभियान सफल हुन सकेको थिएन । २०७२ को भूकम्प र मधेस आन्दोलनका कारण प्लास्टिकको झोला प्रतिबन्ध अभियान सफल हुन सकेको थिएन । प्लास्टिक झोला प्रयोग गरेको पाइएमा ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने अधिकार स्थानीय प्रशासनलाई दिइएको छ ।

व्यवसायीको मुद्दाले झोला प्रतिबन्ध लागू भएन

सरकारले प्लास्टिक झोलामा कडाइ गरेपछि प्लास्टिक उद्योगी रामेश्वरलाल जोशीसहित १० जना र दोस्रोपटक सन्तोषकुमार सेढाईंसहित ७ जनाले सरकारको कार्यायोजनामा रोक लगाउन माग गर्दै रिट दायर गरेका थिए । उक्त मागअनुसार २०७२ वैशाखको पहिलो साता व्यवसायीको लगानी र रोजगारलाई ध्यानमा राख्दै कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । अदालतको उक्त अन्तरिम आदेशपछि सरकारले कडाइ गर्न सकेको थिएन । अदालतले २०७२ वैशाखमा दिएको अन्तरिम आदेश २०७४ भदौ १८ मा खारेज गरेपछि प्लास्टिक झोला नियन्त्रण र प्रतिबन्ध लगाउन सरकारलाई बाटो खुला गरिदिएको हो ।

क्षतिपूर्ति दिनुपर्छ : व्यवसायी

नेपाल प्लास्टिक उत्पादन संघका अध्यक्ष शरद शर्माले सरकारले प्लास्टिक झोला उत्पादन उद्योग बन्द गरेमा क्षतिपूर्ति दिनुपर्ने बताए । ‘हामी सरकारको निर्णय सर्वोच्च अदालतको निर्णय सहर्ष स्वीकार गर्छौं,’ शर्माले भने, ‘वैधानिक रूपमा सञ्चालन गरेका उद्योग बन्द हुँदा हामीलाई क्षतिपूर्ति दिनुपर्छ ।’ व्यवसायीले पहिलेदेखि नै उद्योग बन्द गर्दा क्षतिपूर्ति दिए सरकारलाई सहयोग गर्ने बताउँदै आएका छन् । तर, सरकारले साना व्यवसायीलाई क्षतिपूर्ति दिने विषयमा ठोस निर्णय गर्न सकेको छैन । यस्ता प्लास्टिक झोला उत्पादन गर्ने उद्योग एक सयभन्दा धेरै रहेको व्यवसायीहरू बताउँछन् ।

प्लास्टिक झोलाको असर यस्तो हुन्छ (डा.भूपेन्द्र देवकोटा, वातावरण विज्ञ)

प्लास्टिक झोलाबाट देखिने नदेखिने धेरै असर हुन्छन् । प्लाटिक कुहिन वर्षौं लाग्ने भएकाले वातावरणसँगै मानव स्वास्थ्यलाई गम्भीर असर पार्छ । धेरैजसो प्लास्टिक झोलालाई आगोमा डढाएर नष्ट गरिन्छ । यसरी नष्ट गर्दा धुवाँले क्यान्सरसमेत हुन्छ । त्यो डढाउँदा बाँकी रहेको कालो अलकत्राजस्तो पदार्थले वातावरणलाई उत्तिकै असर पार्छ । प्लास्टिक झोला धेरै भएका क्षेत्रको ग्राउड लेभल वाटर रिचार्ज हुन पाउँदैन । यस्तो क्षेत्रमा उत्पादन पनि एकदमै कम हुन्छ । प्लास्टिक झोला धेरै वर्ष भएपछि सानासाना टुक्रा हुन्छ । यस्तो टुक्रा जनावरले खाँदा मर्ने सम्भावना हुन्छ । यस्ता टुक्रा मानव शरीरमा टाँसिदा पनि असर गर्छ । यस्ता टुक्रा मान्छेले खाद्यान्नसँग मिसिएर खायो भने त ठूलो असर नै गर्छ । रंगिन प्लास्टिक झोलामा बोकेका खाद्य पदार्थ पनि स्वास्थ्यका लागि हानिकारक नै हुन्छ । रंगिन प्लास्टिक झोलामा विभिन्न केमिकल राखिएको हुन्छ । यस्तो झोलामा राखेको खाद्यान्न खाँदा क्यान्सरसमेत हुन सक्छ । प्लास्टिक झोलाको ठाउँमा कपडा ऊनका झोला प्रयोग गर्न सकिन्छ । यस्तो झोलाले मानव स्वास्थ्यलाई पनि असर गर्दैन ।