आइक्यानलाई यस वर्षको नोबेल शान्ति पुरस्कार - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

एजेन्सी, स्कटहोम   |   असोज २१, २०७४

आइक्यानले आणविक अस्त्रमाथि प्रतिबन्ध लगाउने सन्धि ल्याउन महत्वपूर्ण पहल गरेको नोबेल समितिको ठहर

यस वर्षको नोबल शान्ति पुरस्कार परमाणु अस्त्र निर्मूल पार्ने कार्य गर्दै आएको अन्तर्राष्ट्रिय समूह आइक्यानलाई प्रदान गरिने भएको छ । नोबेल समितिकी अध्यक्ष बेरिट राइस एन्डरसनले आइक्यानले परमाणु अस्त्रमाथि प्रतिबन्ध लगाउने सन्धि ल्याउन गरेको महŒवपूर्ण प्रयासका लागि सो पुरस्कार दिइएको बताइन् । आइक्यानले ९० लाख स्विडिस क्रोनर (११ लाख डलर) र तक्मा प्राप्त गर्नेछ । डिसेम्बरमा नोबेल समितिले आइक्यानलाई सो पुरस्कार प्रदान गर्नेछ । नोबेल शान्ति पुरस्कार प्रदान गरिने निर्णयप्रति आइक्यानकी कार्यकारी निर्देशक बिटराइट फिहनले प्रसन्नता व्यक्त गरिन् । आफ्नो समूहको कार्य ‘सबैले मन पराएको’ उनले बताइन् ।

आणविक हतियार प्रतिबन्ध गर्ने प्रयत्न

‘आणविक हतियारमा प्रतिबन्ध गर्ने सन्धि ल्याउन नवीन प्रयत्न गर्ने आइक्यानलाई यस वर्षको नोबल शान्ति पुरस्कार दिने निर्णय भएको छ,’ समितिकी अध्यक्ष एन्डरसनले भनिन् । आणविक हतियारको जोखिम पछिल्ला वर्षमा झन् बढेको उनले बताइन् । ‘हामी यस्तो संसारमा बस्छौँ जहाँ आणविक हतियारको प्रयोगको सम्भावना वर्षौंयताको तुलनामा सबभन्दा उच्च छ,’ उनले भनिन् ।

प्रतिबन्ध लगाउने सन्धिमा १२२ मुलुकको समर्थन

जुलाईमा आइक्यानको दबाबपछि १२२ मुलुकहरूले आणविक हतियारलाई प्रतिबन्ध लगाउने राष्ट्रसंघको सन्धिलाई समर्थन गरेका थिए । तर, बेलायत र अमेरिकालगायत विश्वका नौ शक्तिशाली ९ मुलुकहरूले भने हस्ताक्षर गरेनन् । हतियारहरूलाई बिस्तारै उन्मूलन गर्न वार्ताको पहल गर्न आणविक रूपमा सशस्त्र मुलुकहरूलाई नोबेल कमिटिकी अध्यक्ष रेइस एन्डरसनले आह्वान गरेकी छिन् ।

आणविक अस्त्रको मारमा सर्वसाधारण

आइक्यानकी कार्यकारी निर्देशक बिटराइट फिहनले आणविक अस्त्र सर्वसाधरणमाथि निसाना गरिएको गुनासो गरिन् । ‘युद्धको नियमले सर्वसाधरणलाई निसाना गर्नुहुँदैन भन्छ । आणविक हतियारहरूले सर्वसाधरणलाई निसाना बनाएका छन् । सम्पूर्ण सहरलाई नै ध्वस्त पार्ने उद्देश्यले यी हतियारहरू बनाइएका छन्,’ उनले भनिन्, ‘तर, यो अस्वीकार्य छ । आणविक हतियारलाई  क्षमा दिनु हुन्न । आणविक अस्त्रले संसारमा नै उथलपुथल ल्याउने उनले बताइन् ।

‘यो एउटा भीमकाय विकिरणयुक्त बम हो । यसले विश्वलाई नै उथलपुथल र विनाश गर्नुका साथै ठूलो मानवीय क्षति पु¥याउँछ । आणविक अस्त्र युद्धको नियमअनुसार प्रयोग हँुदैन,’ उनले भनिन् । केही मुलुक अझै पनि निशस्त्रीकरणतर्फ अगाडि बढ्न नसकेको उनले बताइन् । ‘यहाँ हरेक राष्ट्रको सबाल छ ।

हतियार होड बढ्यो

विश्वमा हतियार होड बढेको नोबेल पुरस्कार समितिले जनाएको छ ।,‘केही मुलुकहरूले आफ्ना आणविक हतियारहरूलाई अझ आधुनिक बनाएका छन् । धेरै मुलुकहरूमा आणविक हतियारको होड बढेको छ, जसको पछिल्लो उदाहरण उत्तर कोरिया बनेको छ,’ नोबेल समितले भनेको छ ।

उत्तर कोरियाले यस वर्ष शृंखलाबद्ध रूपमा आणविक हतियारको होड देखाएको छ । उत्तर कोरियाका पछिल्ला आणविक गतिविधिले विश्व नै क्रुद्ध बनेको छ । उत्तर कोरियाले आणविक गतिविधि नरोके उसलाई ध्वस्त पार्ने टम्पले चेतावनी दिएका छन् ।
गत वर्ष कोलम्बियाका राष्ट्रपति जुआन म्यानुआल सान्तोषलाई सो पुरस्कारले सम्मानित गरिएको थियो । कोलम्बिायका सशस्त्र लडाकु फार्कलाई शान्ति प्रक्रियामा ल्याउन पहल गरी ५ दशक लामो गृहयुद्ध अन्त्य गरेको भन्दै उनलाई सो पुरस्कार प्रदान गरिएको थियो ।

के हो आइक्यान ?

स्विटजरल्यान्डको जेनेभामा मुख्यालय रहेको आइक्यान विश्वभरका सयौँ गैरसरकारी संगठनहरू (एनजिओहरू) को एउटा समूह हो

विश्वमा बारुदी सुरुङको प्रयोगमा प्रतिबन्ध लगाउने अभियानबाट अभिप्रेरित भएर सन् २००७ मा आइक्यानको स्थापना

आइक्यानको पहलमा यही जुलाईमा १ सय २२ राष्ट्रद्वारा सबै परमाणु अस्त्र प्रतिबन्ध गर्ने संयुक्त राष्ट्रसंघको सन्धिमा हस्ताक्षर

अभिनेता मिचेत सिन, कलाकार अबी बिबी र संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव वान की मुनलगायत विशिष्ट व्यक्तिको समर्थन