भारतमा किन बढ्दै छ नवजात शिशुको मृत्यु ? - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

एजेन्सी, नयाँदिल्ली   |   असोज २१, २०७४

भारतका विभिन्न अस्पतालमा पछिल्ला समयमा शिशुहरूको रहस्यम मृत्यु हने गरेको छ । अस्पतलामा शृंखलाबद्ध रूपमा नवजात शिशुको मृत्यु हुन थालेपछि आम भारतीयको चिन्ता बढेको छ । पछिल्लोपटक उत्तरपूर्वी राज्य आसामको एक सरकारी अस्पतालमा जन्मिएका नवजात शिशुमध्ये २४ घन्टाभित्र आठजनाको मृत्यु भएको छ ।

आसामको सरकारी अस्पताल फखारुद्दिन अलि अहमद मेडिकल कलेजमा ती शिशुहरूको मृत्यु भएको हो । अज्ञात रोगका कारण शिशुको मृत्यु भएको सो अस्पतालका चिकित्सकहरूले बताएका छन् । आसामको बारपेटा जिल्लामा रहेको सो अस्पतालमा बुधबार ४ जना र बिहीबार ४ को मृत्य भएको थियो ।
 
अक्सिजनको कमिले उनीहरूको मृत्यु भएको अस्पतालका अधिकारीहरूले जनाएका छन् । तर, अस्पतालको दाबीलाई स्थानीय नागरिक र पीडितहरूले अस्वीकार गर्दै आएका छन् । चिकित्सकको लापर्बाहीले शिशुहरूको मृत्यु भएको सर्वसाधरणरले आरोप लगाएका छन् । तर, अस्पतालहरूमा आवश्यक पूर्वाधारको अभावका कारण नवजात शिशुहरूको मृत्यु भएको अस्पताल प्रशासनले बताउँदै आएको छ । उपचार प्रक्रियामा कुनै लापर्बाही नभएको चिकित्सकहरूले बताउँदै आएका छन् ।

अस्पतालमा अहिले अरू दर्जनाँै शिशुको स्वास्थ्य जोखिममा परेको बताइन्छ । चिकित्सकहरूले उक्त अस्पतालमा जन्मिँदै अक्सिजनको कमी भएका, आवश्यकभन्दा कम तौल भएका र अन्य स्वास्थ्य जटिलताका कारण शिशुहरूको मृत्यु भएको जनाएको छ ।
 
गम्भीर अवस्थामा रहका उनीहरूलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो छ । शिशुको मृत्युबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न आसामका स्वास्थ्यमन्त्री हिमन्त विश्व शर्माले अस्पताललाई निर्देशन दिएका छन् ।

शिशु मृत्युको कारण पत्ता लगाउन र आगामी दिनमा त्यस्ता घटना नदोहोरिन दिन मन्त्री शर्माले अस्पताललाई निर्देशन दिएका छन् । ‘चिकित्सक एवं स्थानीय अस्पतालका अधिकारीहरूले लापर्बाही भएको हो वा होइन भन्ने सत्य तथ्य पत्ता लगाउन युनिसेफका विज्ञहरूलाई पनि अनुसन्धान समूहमा समावेश गरेका छौँ, ’ मन्त्री शर्माले भने ।  

 गत महिना मात्र भारतको उत्तरप्रदेशको एउटा सरकारी अस्पतालामा ४९ बालबालिकाको मृत्यु भएको थियो । उनीहरूको मृत्युबारे युपी सरकारले अनुसन्धान गरेको थियो । तर, त्यसको तथ्य बाहिर सार्वजनिक गरिएको छैन । अक्सिजन, आवश्यक औषधि र उपकरणहरूको अभावमा शिशुहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । बालबालिकाको मृत्युबारे अझै पनि अनुसन्धान भइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालको नवजात शिशु विशेष हेरचार कक्षमा मात्र ३० बालबालिकाको मृत्यु भएको थियो । त्यस्तै, अन्य १९ शिशुको भने जन्मिने क्रममा मृत्यु भएको हो । उत्तर प्रदेशका अधिकांश सरकारी अस्पतालमा केही समययता नवजात शिशुको मृत्यु हुने क्रम बढ्दो छ । शिशु मृत्युको विषयमा अनुसन्धान तीव्र पािरएको उत्तर प्रदेश राज्यका सरकारी अधिकारीले बताएका छन् ।

उनका अनुसार सो अस्पतालमा त्यति ठूलो संख्यामा के–कसरी बालबालिकाको ज्यान गएको छ भनेर खोजी गरिनेछ । यस विषयमा सर्वसाधारणमा व्यापक मात्रामा चासो बढेको छ । उनीहरूले संगठित रूपमा नै यस्ता घटना दोहोरिन नदिन सरकार गम्भीर हुनुपर्ने माग गरिरहेका छन् ।