नारायणी अस्पतालका चार डायलाइसिस मेसिन प्रयोगविहीन - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, वीरगञ्ज   |   असोज २१, २०७४

सुरेश बिडारी/नयाँ पत्रिका

नारायणी उपक्षेत्रीय अस्पतालका ७ डायलाइसिस मेसिनमध्ये तीन मात्रै सञ्चालनमा छन् । स्वास्थ्य मन्त्रालय र विभिन्न दाताको सहयोगबाट प्राप्त ७ वटै डायलाइसिस मेसिन प्रयोगमा नआउँदा सेवाग्राही चर्को शुल्क तिरेर निजी अस्पताल जान बाध्य छन् । अस्पताल प्रशासनले तीनवटा मात्रै डायलाइसिस मेसिन सञ्चालन गरेको छ ।

नारायणी उपक्षेत्रीय अस्पतालले निःशुल्क डायलाइसिस सेवा प्रदान गर्ने भएकाले यहाँ मिर्गाैला रोगीको चाप रहने गर्छ । तर, मेसिन भएर पनि प्रयोगमा ल्याउन नसक्दा सेवाग्राही चर्को शुल्क तिर्न बाध्य छन् । निजी स्वास्थ्य संस्थाले एकपटक डायलाइसिस गरेबापत ५ हजार रुपैयाँसम्म लिने गरेका छन् । नरायणी अस्पतालमा डायलाइसिसबापत कुनै शुल्क तिर्नु नपर्ने अस्पतालका प्रशासन प्रमुख रमेश चौधरीको भनाइ छ । ‘कहिलेकाहीँ कुनै सामान अस्पतालमा नभएको अवस्थामा किन्नुपर्ने हुन सक्छ, अन्यथा सबै सेवा निःशुल्क छ,’ उनले भने, ‘अस्पताल प्रशासनले तुरुन्तै समान किन्न नसक्ने भएकाले कहिलेकाहीँ कुनै–कुनै सामानको अभाव हुने गरेको छ ।’

ठाउँ र जनशक्तिको अभाव

नारायणी उपक्षेत्रीय अस्पतालले डायलाइसिस सेवा निःशुल्क गरे पनि सेवा सहजै पाउन मुस्किल रहेको सेवाग्राहीको गुनासो छ । पर्सा बहुदरमाई नगरपालिका भौराटारका कृष्ण कुसवाहले नारायणी अस्पतालबाट सेवा लिन निकै कष्ट सहनुपर्ने बताए । उनले भने, ‘भनेका वेला सामान हुँदैन । कहिले के हुँदैन, धेरै समस्या छ ।’ तीन महिनादेखि नारायणीमा डायलाइसिस गराउँदै आएकी बारा अमलेखगन्जकी रिना गुरुङ अस्पताल कर्मचारीले नै मिलाइदिएका कारण डायलाइसिस भएको बताइन् ।

अस्पतालका अनुसार सामान्य अवस्थामा एक दिनमा एउटा मेसिनबाट ३ जनाको मात्रै डायलाइसिस गर्न सकिन्छ । त्यसैले गर्दा सेवाग्राहीको आवश्यकताअनुसार डायलाइसिस गराउन सकिन्न । अस्पतालमा ९० देखि सय बिरामी डायलाइसिसका लागि लाइनमा रहेको अस्पतालले जनाएको छ । अस्पतालकी डायलाइसिस विभागकी सहइन्चार्ज ज्योति गुप्ताले अस्पतालमा ठाउँ र जनशक्ति अभावसँगै डायलाइसिसका लागि आवश्यक सामग्रीको समेत समय–समयमा अभाव हुने गरेको बताइन् । ‘मेसिन ७ वटा छ, तर शय्या तीनवटा मात्रै छ । मेसिन मात्रै भएर भएन, ठाउँ र जनशक्ति दुवैको अभाव छ,’ उनले भनिन् ।

ठाउँ उपलब्ध गराइदिन मन्त्रालयमा पटक–पटक पत्राचार गरे पनि सुनुवाइ नभएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट चितरञ्जन साहले बताए । ‘मेसिन ७ वटा छ, तर ठाउँ छैन, ठाउँ उपलब्ध गराइदिन भनेर मन्त्रालयमा पटक–पटक पत्र पठाइसकेको छु । सुनुवाइ नै भईरहेको छैन,’ उनले भने, ‘आज मात्रै मन्त्रालयमा कुरा गरेँ, फेरि चिठी पठाउनुस् भनेका छन् ।’

नयाँ भवन बनेपछि मात्रै सबै मेसिन सञ्चालन

अस्पताल प्रशासनले इमर्जेन्सी वार्डमाथि बनिरहेको भवन निर्माण सम्पन्न भएपछि सबै मेसिन सञ्चालनमा ल्याउने जनाएको छ । भवनको ट्वाइलेट निर्माणलगायत केही काम पूरा हुन बाँकी रहेको अस्पताल प्रशासनले जनाएको छ । संसदीय विकास कोषको रकमबाट भवन निर्माणको काम भइरहेको छ । बिरामीको चाप बढी भए पनि स्थानको अभावमा सबै मेसिन सञ्चालनमा ल्याउन नसकेको अस्पतालका प्रशासन प्रमुख रमेश चौधरीले जानकारी दिए । ‘सांसदज्यूहरूबाट आश्वासन पाएका छौँ । भवन निर्माण पूरा भएपछि आइसियु, एनआइसियु वार्ड त्यहाँ सारेर प्रसूतिगृहको डायलाइसिस सेवा विस्तार गर्ने सोच बनाएका छौँ,’ चौधरीले भने, ‘६ वटा सञ्चालन गर्ने र एउटा जगेडामा राख्ने हाम्रो सोच छ ।’