दलित किशोरीलाई चरम यातना - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, बेलबारी   |   असोज २१, २०७४

गणेश, उत्तम/नयाँ पत्रिका

मोरङको बेलबारीमा दलित किशोरीलाई पैसा चोरेको आरोपमा छिमेकीहरूले हात बाँधेर मुखमा मोसो दली सिस्नुपानीले कुटेका छन् । बेलबारी नगरपालिका–२ देवीझोडामा ४५ वर्षीय दुर्गा चौधरी र ५० वर्षीय कुलदीप कुँवरलगायतले सात सय पचास रुपैयाँ चोरेको आरोपमा स्थानीय परियार थरकी १४ वर्षीया किशोरीलाई बिहीबार चरम यातना दिएका हुन् । गस्तीमा गएको इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले किशोरीको उद्धार गरेको थियो । प्रहरीले घटनामा संलग्न कुलदीप र दुर्गालाई पक्राउ गरेको जनाएको छ ।

किशोरीको शरीरभरि नीलडाम छ । तर, प्रहरीले चोट नदेखिएको भन्दै उपचारमा नलगी यातना दिनेलाई पक्राउ गरेको थियो । पीडित किशोरीलाई रातभर ज्वरो आएपछि उनकी आमा काखेछोरा च्यापेर न्याय र उपचारका लागि प्रहरी कार्यालय पुगेकी थिइन् । प्रहरीले उनलाई नजिकैको मेडिकलमा लान भनेपछि रकम अभावमा उपचार गर्न नसकेपछि स्थानीय युवाहरूले सहयोग गरेका थिए । ‘दसैँमा श्रीमान्ले पठाएको दुई हजार रुपैयाँले चामल किनेँ । उपचार गराउन एक रुपैयाँ पनि थिएन,’ पीडितकी आमाले भनिन्, ‘स्थानीयको सहयोगमा शुक्रबार बिहान छोरीलाई बेलबारीस्थित जनसेवा मेलिकल हलमा उपचारका लागि भर्ना गरिएको छ ।’ पीडित किशोरीका बुबा रोजगारीका लागि भारतको सिलगुडीमा छन् । स्थानीय पत्रकार नरेन्द्र बस्नेतका अनुसार बालिकाको शरीरका विभिन्न स्थानमा नीलडाम र चोट देखिएको छ ।