यसरी टुंगिँदै छ वाम गठबन्धनको क्षेत्र बाँडफाँड - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौँ   |   असोज २१, २०७४

संघीय समाजवादी फोरमसँगको सम्भावना सकियो, कमल थापाको राप्रपालाई गठबन्धनमा भित्र्याउने अन्तिम कसरत

शुरोजंग पाण्डे/नयाँ पत्रिका

शनिबार बेलुकासम्म क्षेत्र बाँडफाँड गर्ने गठबन्धनको तयारी

गठबन्धनको सिट र क्षेत्र बाँडफाँड समितिको शुक्रबार बसेको बैठकले मापदण्डका आधारमा टुंगो लगाउने गरी छलफल गरेको छ । समितिका सदस्य सुरेन्द्र पाण्डेले भने, ‘एकता संयोजन समितिले अरू दलले लिने सिट र क्षेत्र टुंग्याएपछि एमाले र माओवादी केन्द्रले लिने ६०÷४० सिटको पनि टुंगो लाग्नेछ ।’ एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबारसम्म क्षेत्र बाँडफाँड टुंग्याउन निर्देशन दिएका छन् ।

०७० को संविधानसभा र ०७४ को स्थानीय निर्वाचन आधार

एमाले र माओवादी केन्द्रले सकेसम्म धेरै दललाई गठबन्धनमा समेट्ने प्रयास गरिरहेका छन् । प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये अरूलाई बाँडेर बचेका सबै निर्वाचन क्षेत्रमा ६०/४० गर्ने उनीहरूको समझदारी छ । प्रदेश र केन्द्रको क्षेत्र कसले लिने भन्ने टुंगो लगाउन ०७० सालको मत परिणाम र ०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको मत परिणामलाई मुख्य आधार मान्ने भएका छन् । ०७० मा हारे पनि पछिल्लो निर्वाचनमा यदि धेरै वडाध्यक्ष जितेको छ भने त्यो क्षेत्रमा बढी जित्ने दलले नै टिकट पाउनेछ ।

हरेक जिल्लामा दुवै दलको प्रतिनिधित्व हुने गरी बाँडफाँड

हरेक जिल्लामा केन्द्र र प्रदेशमध्ये दुवै दलले कम्तीमा एउटा सिट पाउने समितिमा समझदारी बनेको छ । यो समझदारीअनुसार एउटा दलले केन्द्रको सिट लिए अर्को दलले कम्तीमा प्रदेशको एउटा सिट पाउनेछ । ‘कुनै पनि जिल्लामा एउटा दल निल नहुने गरी सिट बाँडफाँड गर्ने समझदारी भएको छ,’ समितिका एक सदस्यले भने । यसअनुसार माओवादी केन्द्र निल भएको धनकुटामा उसले प्रदेशतर्फको प्रत्यक्षमा भए पनि कम्तीमा एक सिट पाउनेछ । त्यस्तै, एमाले निल भएको गोरखामा उसले संघको सिट नपाए प्रदेशतर्फको एक सिट पाउनेछ ।

हारेको स्थानमा पनि माओवादीले उम्मेदवारी पाउने

पछिल्लो स्थानीय तहको निर्वाचनमा अधिकांश जिल्ला एमालेले जितेको छ र माओवादी धेरै पछाडि छ । तर, ६०÷४० को अनुपात मिलाउनुपर्ने भएकाले हारेका जिल्लामा पनि माओवादीले उम्मेदवारी पाउने भएको छ । एउटा दलले कुल १० हजार मत पाएकै क्षेत्रमा अर्को दलले सात हजार ल्याएको छ भने त्यस्तो क्षेत्रमा कम मत पाउने दलले उम्मेदवारी पाउनेछ । संघ र प्रदेश दुवैतर्फ यसरी नै क्षेत्र बाँडफाँड हुने गरी समितिले छलफल चलाइरहेको पाण्डेले बताए ।

नयाँ शक्ति र अन्य दलको सिटबारे छलफल

नयाँ शक्ति, अन्य पार्टी र समूहलाई कति सिट दिने विषय शीर्ष नेता रहेको एकता संयोजन समितिले नै अन्तिम टुंगो लगाउने भएको छ । नयाँ शक्तिले लिने सिटका विषयमा शुक्रबार डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् । ‘सिटका विषयमा उहाँहरूले छलफल गर्नुभयो, पहिले संख्या टुंगो लागेपछि समितिमा छलफल हुन्छ,’ नयाँ शक्तिका नेता तथा समितिका सदस्य गंगानारायण श्रेष्ठले भने । नेपाल परिवार दलले एमालेको सूर्य चिह्नमा चुनाव लड्ने तीनबुँदे सहमति गरेको छ । शुक्रबार एमाले अध्यक्ष ओलीनिवास बालकोटमा भएको सहमतिमा एमालेको ह्विप मान्ने, सिट संख्या सहमतिमा टुंगो लगाउने र एमाले उम्मेदवारलाई जिताउने उल्लेख छ ।

राप्रपा र लोहनी समूहलाई गठबन्धनमा तान्ने कसरत

गठबन्धनमा कमल थापा नेतृत्वको राप्रपालाई समेत अटाउने ओली र प्रचण्डको प्रयास छ । त्यसैले नाम नै वाम प्रगतिशील गठबन्धन राखिएको थियो । उनीहरूले डा. प्रकाशचन्द्र लोहनीको राप्रपा राष्ट्रवादीलाई पनि तान्ने प्रयास थालेका छन् । गठबन्धन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कमल थापाले शुक्रबार एमाले अध्यक्ष ओलीसँग बालकोटमा भेटवार्ता गरेका छन् । करिब ४५ मिनेटको छलफलमा चुनावी तालमेलबारे विभिन्न विकल्प र पछिल्लो राजनीतिको समीक्षा भएको थापाले जानकारी दिए ।