वाम गठबन्धन प्रजातन्त्रविरुद्ध घेराबन्दी : कांग्रेस - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौँ   |   असोज २१, २०७४

रमेश सापकोटा

कांग्रेस शीर्ष नेताहरूले एक भएर आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिनुपर्ने बताएका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवालगायत अधिकांश केन्द्रीय सदस्यले वाम गठबन्धन कांग्रेसविरुद्ध मात्रै लक्षित नभई मुलुक र प्रजातन्त्रप्रतिकै खतरा रहेको धारणा राखेका थिए । वाम गठबन्धनलाई परास्त गर्न कांग्रेस एक भएर निर्वाचनमा होमिनुपर्ने उनीहरूको भनाइ थियो । प्रधानमन्त्री देउवाले वाम दलहरू एक ठाउँमा मिलेपछि देखिएको चुनौतीलाई अवसरका रूपमा लिनुपर्ने बताए ।

कोषाध्यक्ष सीतादेवी यादव, प्रदीप गिरी, डा. रामशरण महत, अर्जुननरसिंह केसी, महेन्द्र यादव, मीन विश्वकर्मा, भीष्मराज आङदेम्बे, वीरबहादुर बलायर, केशवकुमार बुढाथोकी, एनपी साउद, डिला संग्रौलासहितका नेताले धारणा राखेका थिए । उनीहरूले वाम तालमेलबाट एमाले र माओवादीभित्र पनि खैलाबैला भएको भन्दै आन्तरिक एकता र लोकप्रियलाई टिकट दिँदा कांग्रेसले परास्त गर्ने बताएका हुन् ।

समान सोच राख्नेसँग सहकार्य र तालमेल

कांग्रेसले वाम तालमेलपछि विचलित नभई राष्ट्रिय एकता, लोकतान्त्रिक शासन, शान्ति–प्रक्रिया र संविधान कार्यान्वयनमा जिम्मेवारीका साथ अगाडि बढ्न प्रतिबद्ध रहेको जनाउँदै सबैसँग सहकार्य गर्ने निष्कर्ष निकालेको छ । ‘अनपेक्षित र अस्वाभाविक घटनाक्रमबाट विकसित परिस्थितिमा, मुलुकमा प्राप्त उपलब्धिको संरक्षण र संवद्र्धन गर्न तथा प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराई संविधानको कार्यान्वयन तथा मुलुकमा राजनीतिक स्थायित्व कायम गरी आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने राष्ट्रिय दायित्व र जिम्मेवारी पुनः कांग्रेसको काँधमा आइपरेको छ,’ कांग्रेस निर्णयमा उल्लेख छ, ‘यसर्थ, उपरोक्त दायित्व र जिम्मेवारी पूरा गर्न देशका सबै लोकतान्त्रिक, राष्ट्रवादी र प्रगतिशील राजनीतिक शक्तिहरूका बीचमा आपसी सद्भाव कायम राख्दै सहकार्य र आवश्यकताअनुसार चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय गर्दछ ।’

नेताहरूले वाम एकताविरुद्ध लड्न आवश्यक तालमेल गर्न नेतृत्वलाई सुझाब दिएका छन् । ‘वाम गठबन्धनविरुद्ध लड्न विचार मिल्नेसँग तालमेल गरेरै जानुपर्नेमा सुझाब आएका छन्,’ केन्द्रीय सदस्य गुरु घिमिरेले भने, ‘आन्तरिक एकता कायम गराउँदै आवश्यक तालमेल गर्नुपर्ने विचार प्रबल छ ।’

हठात तालमेलले ध्रु्रवीकरण

कांग्रेसले माओवादी केन्द्रको एमालेसँग हठात रूपमा गरेको चुनावी तालमेललाई अस्वाभाविक ठहर गरेको छ । वर्तमान सरकार बनाउन गठबन्धन निर्माण गर्दा भएको तीनबुँदे सहमतिलाई माओवादी केन्द्रले तोडेको आरोप लगाएको छ । यस्तो ध्रुवीकरणले संविधान कार्यान्वयन, रािष्ट्रय एकता र विभिन्न जाति तथा समुदायबीचको सद्भाव र विश्वासका आधारमा देशलाई समृद्धि र विकासको मार्गमा अगाडि बढाउनेभन्दा पनि विभाजनको मानसिकतालाई प्रोत्साहन गरेको कांग्रेसको निष्कर्ष छ । ‘लोकतन्त्र, राष्ट्रिय एकता र सामाजिक सद्भावसमेतलाई कमजोर पार्नेतर्फ उन्मुख हुँदै आएको एमालेसँग माओवादी केन्द्रले गरेको सहकार्यले देशलाई अनावश्यक रूपमा धु्रवीकरणतर्फ धकेलेको छ,’ कांग्रेस निर्णयमा भनिएको छ ।

निरंकुशता र अधिनायकवादलाई प्रोत्साहन

वाम गठबन्धनले लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर पार्दै निरंकुशता र अधिनायकवादलाई प्रोत्साहित गरेको आरोप कांग्रेसको छ । सामाजिक सद्भाव र एकतालाई कमजोर गर्दै राष्ट्रिय एकतालाई कमजोर पार्ने, विधिको शासनमा आधारित लोकतान्त्रिक पद्धतिमार्फत देशमा समृद्धि सिर्जना गर्दै आमजनताको पहुँचमा पु¥याउने सोचलाई कमजोर पार्ने प्रवृत्तिलाई दृढताका साथ सामना गर्दै यस्तो प्रवृत्तिलाई पराजित गर्ने संकल्प कांग्रेसले गरेको छ ।

समानुपातिक सांसद र स्थानीय तहका उम्मेदवारलाई टिकट नदिइने

प्रभावशालीलाई मापदण्ड नलाग्ने

कांग्रेसले समानुपातिकबाट सांसद बनेका र स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका नेतालाई प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनाउने भएको छ । तर, यसअघि प्रभावशाली समानुपातिक सांसद रहेकालाई व्यवस्थापन गर्न कांग्रेसले ‘अपवादबाहेक’ भन्ने निर्णय गरेको छ ।
‘साबिक संविधानसभा हाल व्यवस्थापिका–संसद्को समानुपातिक निर्वाचन प्रणालीबाट सभासद्÷सांसद बनेका व्यक्तिहरूलाई आसन्न प्रतिनिधिसभा निर्वाचनमा अपवादबाहेक समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवार पुनः नबनाउने निर्णय गर्दछ,’ कांग्रेसको निर्णयमा भनिएको छ, ‘स्थानीय तहको निर्वाचनमा महानगर/उपमहानगर, नगरपालिका तथा गाउँपालिकाको प्रमुख र उपप्रमुख पद र अन्य पदमा पार्टीका तर्फबाट उम्मेदवार बनेका व्यक्तिहरूलाई प्रदेश सभा तथा प्रतिनिधिसभाको सदस्य पदको उम्मेदवार नबनाउने निर्णय गर्दछ ।’ कांग्रेसले ०७० को निर्वाचन र स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका तथा त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक बनेकालाई प्रदेश र प्रतिनिधिसभाको उम्मेदवार नबनाउने भएको छ ।

२७ असोजसम्म उम्मेदवारको टुंगो

पुनर्संरचित ठूलो भूगोलसहितका निर्वाचन क्षेत्र तथा अत्यन्त कम समयावधि भएका कारण यही २७ असोजसम्म प्रदेश र प्रतिनिधिसभाका प्रत्यक्ष तथा समानुपातिकतर्फका सबै उम्मेदवारको टुंगो लगाउने निर्णय कांग्रेसको छ ।

संसदीय बोर्ड वरिष्ठ नेतासँगको सल्लाहमा सभापतिले टुंग्याउने

कांग्रेसमा निकै जटिल मानिएको निर्वाचनमा टिकट बाँड्ने संसदीय बोर्ड गठनको अधिकार सभापतिलाई दिइएको छ । तर, वरिष्ठ नेतालगायतसँग आवश्यक परामर्श गरी बोर्ड गठनको जिम्मेवारी दिइएको कांग्रेस निर्णयमा उल्लेख छ । एक–दुई दिनभित्रै आफूअनुकूलको बोर्ड गठन गर्ने तयारी देउवाको छ ।

घोषणापत्रका लागि सुझाब माग

कांग्रेसले १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि तयार गरिने घोषणापत्रका लागि सुझाब मागेको छ । केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा कांग्रेसले भ्रातृ शुभेच्छुक संस्था, पूर्वराजदूत, पूर्वप्रशासक, पत्रकार, उद्योगी व्यवसायी, बुद्धिजीवीसहितका सहभागीसँगको छलफलमा घोषणापत्रका लागि राय–सुझाब माग गरेको हो । केन्द्रीय सदस्य महेश आचार्य नेतृत्वको तयारी समितिले जिल्ला–जिल्लाबाट पनि सुझाब पठाउन परिपत्र गरिसकेको छ ।

शेरबहादुर देउवा

वाम दलहरू मिलेपछि हामीलाई चुनौती थपिएको छ । यो हाम्रोविरुद्ध मात्र नभएर राष्ट्रियता र प्रजातन्त्रमाथिकै घेराबन्दी हो । राष्ट्रियता र प्रजातन्त्रको रक्षाका लागि हामी सबै एक भयौँ भने यो चुनौतीलाई अवसरमा बदल्न सक्छौँ । सबै नेता तथा कार्यकर्ता इमानदार भएर जुटौँ ।

रामचन्द्र पौडेल

प्रजातन्त्रलाई सुदृढ हुन नदिन पानी धमिल्याएर माछा मार्ने परम्परागत चरित्र उनीहरूले देखाएका छन् । संविधान कार्यान्वयन गरेर मूर्त रूप दिनुपर्ने वेला यस्तो ध्रुवीकरण देशका लागि राम्रो होइन । तर, हामीले पार्टीको पूरै शक्ति र सामथ्र्य लगाएर उनीहरूलाई परास्त गर्नुपर्छ ।

लोकतान्त्रिक गठबन्धन पक्षधर कार्यदल सक्रिय

कांग्रेस अगुवाइमा बनेको लोकतान्त्रिक गठबन्धनको कार्यदलले शुक्रबारबाट औपचारिक छलफल थालेको छ । कार्यदलमा कांग्रेस नेता विमलेन्द्र निधि संयोजक तोकिएका छन् । जसमा कांग्रेसबाट पूर्णबहादुर खड्का, डा. मीनेन्द्र रिजाल, संघीय समाजवादीबाट रामसहाय यादव, राजपाबाट सर्वेन्द्रनाथ शुक्ल, फोरम लोकतान्त्रिकबाट गोपाल दहित, राप्रपाबाट बुद्धिमान तामाङ र राप्रपा प्रजातान्त्रिकबाट विक्रम पाण्डे सदस्य छन् ।

के भयो पहिलो दिन ?

६ दलकै प्रतिनिधिको पहिलो बैठकले वाम तालमेलको समीक्षा गर्दै आफूहरूले गर्न लागेको चुनावी सहकार्यका लागि राजनीतिक अवरधाणापत्र तयार गर्ने, न्यूनतम कार्यक्रम बनाउने र सिटको तालमेल गर्ने विषयमा छलफल अघि बढाएको कार्यदल सदस्य पूर्णबहादुर खड्काले जानकारी दिए । यी विषयमा अब कार्यदल सदस्यले आ–आफ्ना पार्टीको शीर्ष तहमा छलफल गरेपछि शनिबार दिउँसो ४ बजे बस्ने गरी पुनः बैठक बोलाइएको छ ।

समाजवादी र राजपाको आश्वासन

संघीय समाजवादी फोरम र राजपाले मिलेर निर्वाचन लड्ने सहमति गरे पनि कांग्रेससँग मिलेर जाने विषयलाई खुला राखेका छन् । दुई दलका प्रतिनिधिले स्थानीय तहको निर्वाचनमा आफूहरूले मिलेर जाने विषयमा छलफल गरिहेको भन्दै दुई दलले संयुक्त रूपमा तालमेल गरेर जाने विकल्प खुला राखेको जनाएका थिए । उनीहरूले आफूहरू मिल्दा अगाडि बढ्न झन् सहज हुने बताएको जानकारी खड्काले दिए ।

तर, कांग्रेसभित्रै पनि अरू पाँच दलले दाबी गरेजत्तिकै आधारमा चुनावी तालमेल गर्न नहुने विषय उठेका छन् । पार्टी हार्ने ठाउँमा आपसमा मिलाएर तालमेल गरेर जान भने कांग्रेसका अधिकांश नेता तयार छन् । तर, लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरूले दाबी गरेजत्तिकै प्रतिशतमा सहमति जनाउन नहुने गरी अघि बढ्नुपर्ने मत कांग्रेसमा बलियो छ । केही ठाउँमा तालमेल मात्रै गर्ने कि गठबन्धन नै बनाएर जाने भन्नेमा अझै ६ दल एकमत छैनन् ।

चुनाव जित्ने उद्देश्यले तालमेल

वाम गठबन्धन जसरी लोकतान्त्रिक गठबन्धनको कार्यदलले प्रदेश र प्रतिनिधिसभामा निश्चित प्रतिशत जित्ने ढंगले छलफल थालेको छैन । ‘चुनाव जित्ने उद्देश्यले हामी अगाडि बढ्दै छौँ,’ खड्काले भने, ‘जित्ने–हार्ने ठाउँ हेरेर छलफल गर्दै जान्छौँ, सिट बाँडफाँडमा कुनै समस्या आउँदैन ।’ कार्यदलले साना दल, प्रगतिशील दलसँग पनि तालमेल गरेर जाने विषयमा छलफल अघि बढाएको उनले बताए ।

तस्बिर : अमुल थापा