गज्जब संस्मरण : कविताले तताएको सडक - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

अशेष मल्ल, नाट्यकर्मी, काठमाडाैंं   |   असोज २०, २०७४

०३६ साल पञ्चायतको निरंकुशता चरममा थियो । त्यहीवेला पाकिस्तानमा पूर्वप्रधानमन्त्री जुल्फिकर अली भुट्टोलाई फाँसी दिइएको थियो । त्यसको विरोधमा विद्यार्थी पाकिस्तानी दूतावास घेराउ गर्न गए । त्यहाँ लाठीचार्ज भयो । केही विद्यार्थी घाइते भए । घटना यति मात्र थियो । तर, विद्यार्थी आन्दोलन चर्किन पर्याप्त भयो । अस्कल क्याम्पस छिरेर प्रहरीले विद्यार्थी कुटे । विद्यार्थीलाई छतबाटै खसालियो दियो । यो घटना मैले प्रत्यक्ष देखेको हुँ । एकजना विद्यार्थीको मृत्यु नै भयो ।
यो घटनाले विद्यार्थी आन्दोलन देशभरि सुरु भयो । पञ्चायतविरोधी आन्दोलनको उभार आयो । म एमए अन्तिम वर्षको विद्यार्थी थिएँ । आन्दालन चर्किरहँदा परीक्षा रोकियो । ०३५ सालमा नै अन्तिम परीक्षा हुनुपर्ने थियो । आन्दोलनकै
कारण हुन सकेको थिएन । म धनकुटातिर लागेँ । धनकुटा पुग्न धरानबाट पैदल जानुपथ्र्यो । धरानमा बास बसेँ । एक रात मात्र बस्ने योजना थियो । त्यहाँ साथीहरूसँग भेट भयो । ठूलो आमसभा भइरहेको रहेछ । काठमाडौंको आन्दोलनबारे जानकारी दिन साथीहरूले आग्रह गरे । हरिहर दाहाल, गिरिराज आचार्यलगायत हुनुहुन्थ्यो । मलाई गिरिराज आचार्यले बोल्न आग्रह गर्नुभएको थियो ।
मञ्चमा उक्लिएँ । ठूलो समुदाय थियो । मसँग पनि जोश थियो । राजालाई गाली गर्नेदेखि लिएर जनतालाई सरकारविरुद्ध उक्साउने काम गरियो । मपछि हरिहर दाहाल बोल्न थाल्नुभयो । उहाँले बोल्दाबोल्दै पुलिसले हस्तक्षेप ग¥यो । स्टेजमा नै आएर लाठीचार्ज गर्न थाल्यो । अश्रुग्याँस पनि हान्यो । म भीडमा छिरेँ । स्टेजमा भएका सबैलाई पुलिसले खोजी खोजी समात्यो । मलाई पनि खुब खोज्यो । नयाँ मान्छे थिएँ । चस्मा खोलेर गोजीमा हालेँ । म पुलिसको अगाडि नै थिएँ । तर, चिनेनन् । पक्राउ गर्न सकेनन् । म लुसुलुसु निस्किएर हिडेँ ।
दाइको जुत्ता पसल थियो । त्यहीँ गएर बसेको थिएँ । एकछिनपछि त दाइ आएर ‘तलाईँ पुलिसले खोजिरहेको छ, यहाँबाट गइहाल,’ भन्नुभयो । धरानमै फुपुको घर थियो । त्यहीँ गएँ । मलाई एउटा कोठामा १०/१५ दिन थुनेर राखे । बाहिर आन्दोलन थियो । पुलिसले मैलाई तार्गेट गरेर खोजिरहेको रहेछ । सबैजना डराएका थिए । झन्डै दुई हप्तापछि बिहानै उठेर म धनकुटातिर लागेँ ।
धनकुटामा पनि मलाई पुलिसले खोजिरहेको रहेछ । साँझ पुगेको थिएँ । हाम्रो घरमा सेतो चुन लगाएको थियो । म पुगेको भोलिपल्ट पनि सधैँ जस्तो सबैभन्दा पहिला आमा उठ्नुभयो । उहाँले भित्र गएर हतार हतार मलाई उठाएर काठमाडौं हिँडिहाल्न भन्नुभयो । उहाँ खुब आत्तिनुभएको थियो । के भएछ भनेर बाहिर आएँ । बाहिर मेरो घरको भित्तामा ‘चोर अशेष मल्ल, तँ काठमाडौं फर्किहाल,’ भनेर लेखेको रहेछ । त्यसपछि त आमाले
बस्नै दिनुभएन ।
आमा यसरी तर्सनुभएको पनि कारण रहेछ । ०७ सालमा कसैले हाम्रो घरअगाडि एउटा चिर्कटो छाडेको रहेछ । त्यो चिर्कटोमा के लेखेको थियो भन्ने कसैलाई थाहा भएन । तर, पुलिसले हाम्रो परिवारका सबै पुरुष सदस्यलाई लगेर बेस्सरी कुटेछ । त्यहीकारण पुलिस भनेपछि आमा तर्सनुहुन्थ्यो । उहाँको करले नै म तुरुन्तै काठमाडौं आएँ ।
यता काठमाडौंमा आन्दोलन चरममा पुगेको थियो । त्यसको केही समयपछि नै राजा वीरेन्द्र जनमत संग्रहको घोषणा गर्न बाध्य भए । जनमत संग्रहमा दुईवटा विषय थियो, बहुदल वा सुधारिएको पञ्चायत । बहुदल नीलो र पञ्चायत पहेँलो । बिपी कोइरालाले नीलोको पक्षमा प्रचारको आह्वान गरेपछि हामी पनि लाग्यौँ ।
त्यही सन्दर्भमा कविहरूले पनि नीलोमा समर्थन जुटाउन सामान्य कार्यक्रम गर्ने योजना बनायौँ । खुलामञ्चमा भेला भएर कविता सुनाउने कार्यक्रम बन्यो । त्यतिवेलासम्म सडक कविता क्रान्ति गर्ने भन्ने थिएन । यस्तो नाम पनि सोचेका थिएनौँ । हाम्रो ऐक्यबद्धता जनाउने कार्यक्रम मात्र थियो ।
यो योजना न्युरोडको पिपलबोटमा बनेको हो । पिपलबोट कवि लेखक भेला हुने चर्चित ठाउँ थियो । भवानी घिमिरे दाइले त्यहीँ यस्तो योजना सुनाउनुभयो । त्यतिवेला मोबाइल हुने कुरै भएन । फोन पनि थिएन । मुख–मुखले नै प्रचर गरियो ।
खुलामञ्चमा केही कवि भेला भयौँ । भवानी घिमिरे, मोहन कोइराला, हरिभक्त कटुवाल, दिनेश अधिकारी, विष्णुविभु घिमिरे, ओममणि शर्मा, गगन विरही, किशोर पहाडीलगायतका कवि कविता भन्न आइपुग्नुभयो । हामीले धमाधम कविता भन्न थाल्यौँ । सुरुमा थोरै मान्छे थिए । कविता भन्दै जाँदा मान्छे पनि थपिँदै गए । पछि त त्यहाँ धेरै ठूलो मास भयो । राजनीतिक भाषण सुन्नभन्दा धेरै मान्छे कविता सुन्न जम्मा भए ।
कार्यक्रमको सञ्चालन भवानी घिमिरेले गर्नुभएको थियो । मैले त्यतिवेला मुक्तक पनि सुनाएको थिएँ । मेरा मुक्तक धेरै चर्चित थिए । जस्तै:

कागजमा पाँच वर्षअघि नै नहर खुल्यो
यसैले कागज ल्याफ्¥याक्क भिज्यो
कागज कामै नलागेर फाल्दा फाल्दा टोकरी भरियो
नहरको नक्सा फेरि अर्को कागजमा कोरियो

हामीले यस्ता विकृति र विसंगतिविरुद्ध कविता, मुक्तक सुनाएका थियौँ । कार्यक्रमको खास प्रचार गरेका होइनौँ । तर, कविता भन्दै जाँदा मान्छे स्वःस्फूर्त थपिँदै गए । यति धेरै मान्छे जम्मा भए कि हामीले माइकविना भनेको कविता सुनिन छाड्यो । कसैले भिडबाटै माइक ल्याएर राखिदियो । मान्छे एकदमै उत्साहित भए । यतिसम्म कि त्यही भिडबाट कसैले तन्ना ल्याएछ । अनि हाम्रा लागि पैसा उठाउन थालेछन् । उनीहरूले अन्त पनि गएर कार्यक्रम गर्नका लागि यसरी पैसा उठाइदिएका थिए । माइक पनि हामीलाई नै दिए । हामीले त्यहीँ भालिपल्टको कार्यक्रम गौशालामा गर्ने घोषणा गर्यौँ ।
गौशालाको अहिलेको ट्राफिक कार्यालयभन्दा माथि कार्यक्रम ग¥यौँ । त्यहाँ पनि विशाल कार्यक्रम भयो । सडकमा नै कविता भनेका थियौँ । जनताले नै गाडी रोकेर कार्यक्रम गर्न लगाए । हामी जाने भन्ने हल्ला भएपछि ब्यानरसमेत बनाएर ल्याएछन् । त्यो ब्यानर हामीले बनाएको होइन । कसले बनायो भन्ने पनि थाहा
पाएनौँ । यसरी हाम्रो कार्यक्रमको पक्षमा जनता आफैँ जागेका थिए ।
हामीले धेरै दिन यसरी नै कविता भन्दै हिँड्यौँ । यतिधेरै ठाउँबाट हामीलाई बोलाए कि भ्याइनभ्याइ हुन थाल्यो । काठमाडौंका हरेक चोक, गल्ली पुगेर कविता भन्यौँ । महिनौँ दिन कविता भन्यौँ । ती ठाउँमा अचम्म त के हुन्थ्यो भने हामी पुग्नुअघि नै कसैले ‘सडक कविता क्रान्ति’ भनेर ब्यानर टाँगिदिएको हुन्थ्यो । आन्दोलनलाई हामीले नाम दिएका होइनौँ । सडकमा कविता भन्दाभन्दै जनताले नै यसलाई यस्तो नाम राखिदिए । मिडियाले त्यही लेखे । र त्यो सानो कार्यक्रमको योजनाले ठूलो आन्दोलनको रूप लियो । इतिहासमा उल्लेख भयो ।
सुरुमा हामी १०/१२ जना मात्र थियौँ । पछि अरू पनि थपिए । म पनि कविता भन्छु भनेर आउनेहरू धेरै भयो । त्यसो भएपछि हामीले कविता हेरेर कसले भन्ने छनोट गथ्र्यौँ । धेरै कविताभन्दा पनि कार्यक्रम लम्बेतान हुन्थ्यो । जस्तो पायो उस्तै भन्न दिँदा पनि प्रभावकारी हुँदैन थियो । पछि हाम्रो समूह १५/२० जनाको भएको थियो ।
पञ्चायतबाट उकुसमुकुस भएका जनतालाई हामीले विद्रोहको कुरा गर्दा केही राहत महसुस भएकाले होला कार्यक्रम प्रख्यात भयो । कविता सुन्ने मान्छे बढे । काठमाडौंबाहिरबाट पनि हामीलाई बोलाउन थालियो । जो जुन ठाउँको हो, त्यहीँ गएर कार्यक्रम गर्ने योजना बनायौँ । तनहुँ, पोखरा, हेटौँडा, झापालगायत धेरै जिल्लामा साथीहरू पुगे । मचाहिँ धनकुटातिर गएँ ।
धरानमा बास बसेँ । सडक कविता क्रान्तिको एकदमै हल्ला भएको थियो । हामी नायकजस्तै थियौँ । त्योवेला राष्ट्रपुकार, समीक्षालगायत पत्रिका प्रख्यात थिए । हाम्रोबारेमा लगातार समाचार लेखिरहेका थिए । धरान पुगेको भोलिपल्ट सडक कविताका लागि साथीहरूलाई खोजेँ । तर, कोही तयार भएन । सायद सत्ताको डरले हुन सक्छ ।
मैले एक्लै कार्यक्रम गर्ने निर्णय गरेँ । छाताचोकको डिलमा उभिएँ । अनि एक्लै कविता भन्न थालेँ । पागलजस्तै भएर कविता भनिरहेको थिएँ । मान्छे बिस्तारै जम्मा हुन थाले । त्यहाँ नजिकै पलिखे रेडियो भन्ने रेडियो बनाउने ठाउँ थियो । त्यहाँको मान्छेले आफ्नो माइक मलाई दियो । टेबल ल्याएर त्यहाँमाथि उभ्यायो । मैले झन्डै आधा घन्टा एक्लै कविता भनेँ ।
भोलिपल्ट फेरि त्यहीँ कविता भन्न गएँ । भोलिपल्ट भने साथीहरू पनि आए । गिरिराज आचार्यलगायत साथीहरूले धरानमा सडक कविता सुरु गरे । उनीहरूले चोकचोकमा कविता भन्न थाले । मचाहिँ धनकुटा गएँ ।
धनकुटामा पनि कोही थिएन । म एक्लै थिएँ । त्यहाँ बिहीबारे हाट छ । बिहीबार हाट लाग्छ । मैले त्यही हाटबाट कविता भन्न सुरु गरेँ । हाट आउने मान्छेको ठूलो समूहले मलाई सुन्यो । त्यहाँ पनि मलाई साथ दिन कोही आएन । एउटा रमाइलोचाहिँ के भने जहाँ गएर कविता भने पनि स्थानीयले माइक ल्याएर दिन्थे । धनकुटाको धेरै ठाउँमा एक्लै उभिएर कविता भनेँ ।
त्यतिवेला मलाई दुई–तीन वटा चिठी आए । एउटा चिठीचाहिँ एकजना कर्मचारीको थियो । लेखिएको थियो, ‘म कर्मचारी हुँ, मैले बोल्न मिल्दैन, मैले तपाईंसँग कविता पढे अफिसबाट निकालिदिन्छ, मेरो कविता तपाईंले पढिदिनुस्, मेरो नाम म तपाईंलाई भन्दिन ।’ उहाँको कविता धनकुटाका धेरै ठाउँमा दोहोर्याई, तेहर्याई पढिदिएँ । त्यहाँ चार–पाँच दिन कविता फलाक्दै हिँडेँ । अनि काठमाडौं फर्किएँ ।

  • अशेष मल्ल, नाट्यकर्मी