गज्जव खेलकुद : पुस्तकप्रेमी फुटबलर - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

निर्वाण झापाली, काठमाडाैं   |   असोज २०, २०७४

फ्र्याङ्क लाम्पार्ड
चेल्सी फुटबल क्लबको अहिलेसम्मकै उच्च गोलकर्ता एवं इंग्ल्यान्डका पूर्वफुटबल खेलाडी फ्र्याङ्क लाम्पार्ड किताब पढ्ने मात्र होइन लेख्ने पनि गर्छन् । फुटबलबाट सन्न्यास लिएपछि उनी अहिले बालबालिकाहरूका लागि फुटबलकै बारेमा किताब लेखिरहेका छन् । उनी फुटबल खेल्दै पनि फाट्टफुट्ट बालकथा र बालउपन्यास लेख्ने गर्दथे । उनको बालकथाको एउटा सिरिज नै छ । ‘बालबालिकाहरूले टिभी र कम्प्युटर गेम्समा अलमलिनुभन्दा किताब पढेको राम्रो हो । जुनसुकै उमेरको किन नहोस् किताब पढ्नुलाई झन्झट होइन रमाइलोको रूपमा लिएर नियमित पढ्ने बानी बसाउनुपर्छ’ नेसनल लिटरेसी ट्रस्टले आयोजना गरेको ‘प्रिमियर लिग रिडिङ स्टार’ कार्यक्रममा लाम्पार्डले भनेका थिए । उनले आफूलाई सबैभन्दा मनपर्ने बाल उपन्यासमा डेभिड विलियम्सको ‘यार्डटबर्गर’ रहेको बताए । त्यस्तै उनलाई पछिल्लो समय पढेका किताबमा ‘टिम अफ राइभल्स अ पोलिटिकल जिनियस अफ अब्राहम लिंकन’ रहेको पनि बताएका छन् ।

थियो वाल्कट
इंग्ल्यान्डको राष्ट्रिय टोली तथा इंग्ल्यान्डकै चर्चित क्लब आर्सनलका मिडफिल्डर थियो वाल्कटले २२ वर्षको उमेरमा आफ्नो पहिलो पुस्तक प्रकाशित गराएका थिए । १० वर्षको उमेर भएपछि मात्र किताब पढ्न सुरु गरेका वाल्कट पढ्ने बानी छैन भने सुरु गर्नका लागि हरेक दिन उत्तम दिन भएको बताउँछन् । उनले टिजे नामक पात्रका बारेमा फुटबल सम्बन्धी बालकथाको संग्रह लेखेका छन् । टिजे उनलाई स्कुलमा पढ्दा बोलाइने नाम थियो । इंग्ल्यान्डमा फुटबल खेल एकदमै चर्चित भएकाले धेरै बालबालिकाले फुटबल खेलाडीलाई रोलमोडल मान्ने गरेका छन् । त्यसैले बालबालिकामा पढ्ने बानीको विकास गराउन नेसनल लिटरेसी ट्रस्टले प्रिमियर लिगका स्टार खेलाडीलाई लिएर ‘प्रिमियर लिग रिडिङ स्टार प्रोग्राम’ नामको अभियान नै सञ्चालन गरेको छ । सोही कार्यक्रमको एक सत्रमा बोल्ने क्रममा वाल्कटले आफुले ढिलो पढ्न सुरु गरेपनि दिनरात पढेर त्यो समय खेर जान नदिएको बताएका थिए । उनी आफ्ना साना भान्जासँग बसेर उनको स्कुलमा के–के भयो सुन्ने गर्छन् र तीमध्ये केही घटना आफ्ना कथामा प्रयोग गर्ने बताउँछन् । उनले पढेका किताबमध्येमा भूतको कथासंग्रह ‘गुजबम्प्स’, जेके रोलिङको ह्यारी पोर्टर, रिक रिओर्डनको ‘पर्सी ज्याक्सन एन्ड द ओलम्पियन्स’ र सर आर्थर कोनान डोयलका सर्लक होम्सबारे लेखिएका सबै जासुसी कथा रहेका छन् ।

रोनाल्डो
धेरै किताब पढ्ने फुटबल खेलाडीको सूचीमा रोनाल्डो सम्भवतः अग्रस्थानमा आउँछन् । पोर्चुगलको राष्ट्रिय टोली एवं स्पेनिस क्लब रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो फुर्सद मिल्यो कि या त आफ्नो परिवारसँग घुम्न निस्किन्छन् या किताब पढेर बस्छन् । केही समय पहिले उनले आफ्नो इन्स्टाग्राममा एउटा फोटो हालेका थिए । ‘चिया खाँदै एउटा किताब पढ्दै छु,’ क्याप्सन राखेर अपलोड भएको त्यो फोटोले एकैछिनमा इन्टरनेट ततायो । कतिले त्यो फोटोमा उनले लगाएको मोजाको चर्चा गरे भने धेरैको प्रश्न उनको हातमा भएको किताब कुन होला भन्ने थियो । च्याम्पियन्स लिग फाइनलभन्दा केही समय मात्र अगाडि रोनाल्डो के पढिरहेका होलान् भन्ने धेरैको मनमा खुल्दुली थियो । रोनाल्डोले हातमा लिएको किताब डा लेइर रिबेइरोको ‘सफलता कुनै संयोग होइन’ (सक्सेस इज नो एक्सिडेन्ट) थियो । मूलतः सफलता भाग्यले होइन समयसँगै पाइने अवसरको सदुपयोग गरेर हात लाग्छ भन्ने सन्देश सो पुस्तकले बोकेको छ । उनले इन्स्टाग्राममा त्यो फोटो राखेको पाँच दिनपछि भएको फाइनलमा रोनाल्डोकै दुई गोलको मद्दतले रियल म्याड्रिडले युभेन्टसलाई ४–१ गोल अन्तरले हराउँदै च्याम्पियन्स लिग जितेको थियो ।

रोनाल्डोले पहिले पनि इन्स्टाग्राममा किताब पढ्दै गरेको फोटा हाल्ने गरेका थिए । यसअघि उनले स्पोर्टिङ लिस्बोनको एकेडेमीमै हुँदादेखिका उनका बाल्यकालका साथी एवं पोर्चुगाली फुटबल खेलाडी जो सेमेडोको अटोबायोग्राफी ‘विन द डे‘ पढ्दै गरेको फोटो हालेका थिए । ‘मेरा साथी जो सेमेडोको किताब पढ्न सुरु गर्दै छु,’ क्याप्सनमा हालिएको त्यो फोटोमा उनले लगाएको पहिरनलाई लिएर निकै चर्चा गरिएको थियो । भनिन्छ रोनाल्डोको किताब पढ्दा लाउने कपडा नै छुट्टै छन् ।

लियोनेल मेस्सी
बार्सिलोनाका सुपरस्टार अर्जेन्टिनी फुटबलर लियोनेल मेस्सी आफ्नो परिवार र खेललाई भन्दा अरू चिजलाई खासै प्राथमिकता नदिने बताउँछन् । उनले आफूले जीवनमा केवल एउटा मात्र किताब पढेको बताएका छन् । ‘मैले आजसम्म केवल एउटा मात्र किताब पढेको छु, त्यो हो सर्वश्रेष्ठ फुटबलर डिएगो म्याराडोनाको जीवनी,’ केही समय पहिले एक अन्तर्वार्तामा मेस्सीले भनेका थिए । फुटबल खेललाई पनि एक किसिमको कला मानिए पनि मेस्सी आफूलाई त्यसमा विशेष रुचि नभएको बताउँछन् । पढ्नमा रुचि नभए पनि मेस्सीले उनका साथी तथा अर्जेन्टिनाकै अर्का स्ट्राइकर सर्जियो अगुएरोको किताब ‘बर्न टु राइज’ को लागि भूमिका भने लेखेका छन् ।

रहिम स्टर्लिङ
इंग्ल्यान्डका सबैभन्दा महँगा फुटबल खेलाडी रहिम स्टर्लिङ लिभरपुलमा छँदैदेखि नियमित किताब पढ्ने गर्थे । लिभरपुलबाट म्यान्चेस्टर सिटी आएका स्टर्लिङ अहिले पनि समय मिल्दा किताब पढिहाल्ने बताउँछन् । आफूलाई पनि बालबालिकाका लागि किताब लेख्न रुचि भएको बताउने स्टर्लिङ सानो छँदा निकै किताब पढ्ने गर्थे । उनले सानो छँदा पढेका किताबमा उनलाई सबैभन्दा मन परेको किताब लुइस सकारको ‘होल्स‘ हो । पछिल्लो समय उनी आत्मकथाहरू बढी पढ्ने गर्छन् । विशेषगरी खेलाडीहरूको आत्मकथा पढ्न रुचाउने उनले भर्खरै स्विडिस फुटबलर ज्लाटन इब्राहिमोभिकको आत्मकथा ‘आइ इम ज्लाटन’ पढेर सकाएका छन् । फुटबलरको आत्मकथा पढेर धेरै कुरा सिकेको बताउने उनी ती किताब पढेर सिकेका धेरै कुरा आफूले लागू पनि गरिरहेको बताउँछन् ।

पेले
ब्राजिलका फुटबल खेलाडी पेलेलाई अहिलेसम्मकै सर्वोत्कृष्ट फुटबलरको रूपमा लिइन्छ । ब्राजिललाई तीनवटा विश्वकप जिताउन प्रमुख भूमिका खेलेका पेलेले पुस्तक पढ्न विशेष रुचि नदिए पनि उनले आफ्नो आत्मकथा भने आफैँ लेखेका छन् । सामान्यतया खेलाडीले आफ्नो आत्मकथा लेख्न घोस्टराइटरलाई लगाउने चलन भए तापनि पेलेले आफ्नो आत्मकथा आफैँ लेखेका हुन् ।

 पेलेको जीवनी समेटेर धेरै किताब लेखिएको भए तापनि ‘पेले : द अटोबायोग्राफी’ नामक आत्मकथा पेलेले आफैँ लेखेका हुन् । अन्य विधाका किताब पढ्न रुचि नभए तापनि पेलेले समय मिलाएर फाट्टफुट्ट अरू व्यक्तित्वहरूको पनि आत्मकथा पढ्ने गरेका छन् । ‘मैले आफ्नो आत्मकथा लेख्नुअघि केही व्यक्तिको आत्मकथा पढेको थिएँ, ती मलाई शतप्रतिशत यथार्थपरक लागेनन्, त्यसैले मैले आफ्नो कथा आफैँ लेखेको हुँ,’ एक कार्यक्रममा उनले भनेका छन् ।

अगुएरो र सुआरेजको फोटो क्याप्सन
किताब पढ्न खासै रुचि नभएका म्यानचेस्टर सिटीका अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुएरो र बार्सिलोनाका उरुग्वेन स्ट्राइकर लुइस सुआरेजले आफ्नै जीवनी भने नछुटाई पढेका छन् । म्यानचेस्टर सिटीसँगको खेल सकाएर बार्सिलोना फर्किने क्रममा उनलाई एयरपोर्टमा आफ्नैबारे लेखिएको किताब ‘लुइस सुआरेज : द स्ट्रेन्थ अफ अ ड्रिम’ लिएर हिँडिरहेको देखिएको थियो । त्यस्तै, अगुएरोले भने आफ्नोबारेमा लेखिएको किताब ‘सर्जियो कुन अगुएरो : बर्न टु राइज’ पढ्दै गरेको आफ्नो फोटो आफैंले इन्स्टाग्राममा राखेका थिए ।

  • प्रस्तुति : निर्वाण झापाली (एजेन्सीको सहयोगमा)