गज्जब पुस्तक वार्ता : सरुभक्त र रवीन्द्र अधिकारी - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडाैं   |   असोज २०, २०७४

महाभारत विश्वकै उत्कृष्ट कृति हो : सरुभक्त, कुलपति, नेपाल संगीत तथा नाट्य प्रज्ञा परिषद्

छम गुरुङदसैँमा पुस्तक कत्तिको पढ्नुहुन्छ ?
दसैँ मात्र होइन, फुर्सदको समयमा प्रायः पुस्तक पढ्ने गर्छु । यसपालि दसैँमा यतिवटा पढ्छु भनेर त छुट्याएको छैन । तर, पढ्नचाहिँ पढ्छु ।
यसपालि आफ्नो सेड्युलमा कुन–कुन पुस्तक राख्नुभएको छ ?
मैले पुस्तकलाई जेनेरलाइज गरेर पढेको छु । यो दसैँका वेलाचाहिँ ‘वान बेल्ट वान रोड’को विषयमा चाइनिज प्रोफेसरहरूले लेखेको संग्रह पुस्तकको रूपमा प्रकाशित भएको छ । त्यसलाई अलि मसिनो गरी पढ्ने योजनामा छु । त्योसँगै सी जिङ पिङका रचनाहरूको पनि किताब प्रकाशित भएको छ, त्यसलाई पनि पढ्छु ।
तपाईं राजनीतिमा बढी रुचि राख्ने मान्छे, नेपाली साहित्यसम्बन्धी पुस्तकचाहिँ कत्तिको पढ्नुहुन्छ ?
एकदमै पढ्छु । तर, त्यस्ता पुस्तक दुई–तीन दिनमै सक्काइसक्छु । मैले यज्ञशको ‘भुइयाँ’ दुई दिनमै सकाएको हुँ । हरिबहादुर थापाको ‘रजगज’ पनि सकाइसकेँ । खासमा पछिल्लो समयचाहिँ अलि गम्भीर प्रकृतिका जर्नलहरू, डेभलभमेन्ट र इन्फ्रास्ट्रक्चरसम्बन्धी किताब पढ्ने गरेको छु ।
महिनामा कतिवटासम्म किताब पढ्ने गर्नुहुन्छ ?
यति–उति भन्ने छैन । तर, कम्तीमा दुईवटा पुस्तकचाहिँ जसरी पनि सकाउने गरेको छु । कहिलेकाहीँ त महिनामै ४÷६ वटा पुस्तक सकाएको रेकर्ड पनि छ । म अरूलाई चाहिँ महिनामा कम्तीमा एउटा पुस्तक जसरी पनि पढ्नु भन्ने सल्लाह दिन्छु ।
रातभरि पढेका क्षणहरू पनि छन् कि ?
धेरै छन् । जस्तै बिपी कोइरालाको आत्मवृत्तान्त पढ्दा बिहानको ५ नै बजेको थियो । अग्निदीक्षा, पागल बस्ती, अब्दुल कलाम ट्वान्टी फस्र्ट सेन्चुरी, ट्रम्पको विषयलगायतका थुप्रै पुस्तक पढ्दा बिहान भएका छन् । तर, पछिल्लो समयचाहिँ रातभर पढ्न छाडेको छु ।
पढ्ने सेड्युलचाहिँ बनाउनुभएको छ कि छैन ?
म प्रायः बेलुकीको समयमा पढ्छु । बेलुकी साढे ९ बजेपछि फोन स्विचअफ गर्छु अनि पढ्न सुरु गर्छु । त्यस्तो सेड्युल नै त बनाएको छैन । तर, जस्तोसुकै अवस्थामा पनि दिनमा दुई घन्टाचाहिँ पढ्छु ।
नेपाली र विदेशीमा कुन लेखकको पुस्तक बढी पढ्नुहुन्छ ?
नेपाली लेखककै बढी पढ्ने गरेको छु । अनुपातको हिसाबमा नेपाली ७० र विदेशी ३० प्रतिशत लेखकका पुस्तक पढ्छु ।
तपाईंलाई निकै मन परेका केही पुस्तकका नाम लिनुपर्दा ?
पुस्तकको कुरा गर्दा विभिन्न समयमा फरक–फरक पुस्तकले प्रभाव पारिरहेका हुन्छन् । विद्यार्थी आन्दोलनमा हुँदा मेक्सिम गोर्कीका, अग्नि, योगासिम संग्राम, युवाहरूको गीत, मान्छेको भाग्य र कथाहरूलगायतका पुस्तकले प्रभाव जमाएका थिए भने मास्टर्स गरिसकेपछि पुष्पलाल, महेचचन्द्र योगी, हर्क गुरुङ, डोरबहादुर विष्ट, चैतन्य मिश्र, बाराक ओबामा, सेतो बाघलगायतका पुस्तकले प्रभाव पारे । अहिले अलि बढी ऐतिहासिक विषयसँग जोडिएका, डेभलपमेन्ट, इन्फ्रास्ट्रक्चर, नेपाल–भारतको सम्बन्धलगायतका पुस्तकले प्रभाव पार्छन् । वल्र्ड क्लास युनिभर्सिटीका जर्नलहरूमा आफ्नो विषय भेटियो भने त्योभन्दा रोचक केही हुँदैन ।
कुनै पुस्तक पढ्दा तपाईको सोचाइमै परिवर्तन आएको छ कि ?
गौतम बुद्ध र शिक्षा भन्ने पुस्तकले ममा पूरै परिवर्तन ल्याएको छ । त्यस्ता पुस्तक धेरै छन् । हर्क गुरुङ, रिम्पोछे, बुद्धिसागरको कर्णाली ब्लुज, ब्रिटिस साम्राज्यको नेपाली मोहोरालगायतका पुस्तकले ममा धेरै परिवर्तन ल्यायो । त्यस्तै, बिपीको आत्मवृत्तान्तले बिपीलाई हेर्ने दृष्टिकोणमै फरक पा¥यो ।
केही उत्कृष्ट पुस्तकको नाम लिनुपर्दा ?
लक्ष्मीप्रसाद देवकोटाको के नेपाल सानो छ ?, सेतो बाघलगायत पुष्पलाल, मदन भण्डारी, महेशचन्द्र रेग्मी, शरदचन्द्र वस्ती, घनश्याम भुसालका पुस्तकहरू धेरै उपयोगी छन् ।

धेरै किताब रातभरि पढेको छु : रवीन्द्र अधिकारी, एमाले नेता

दसैँका वेला पुस्तक पढ्ने बानी कत्तिको छ ?
दसैँका वेला लामो छुट्टी हुने भएकाले पढ्ने गरेको छु । अहिले पनि केही किताब पढ्ने सोचमा छु । मल्ल के सुन्दरले लेखेको नेवारी भाषाको पुस्तक पढ्ने योजनामा छु र मदनकृष्ण श्रेष्ठको महको म, वसन्त चौधरीको वसन्त भन्ने नेवारी भाषामा अनुवाद भएको कवितासंग्रह, वरहान पानको संस्मरणात्मक कृति, स्टान्बुको मेमोरी एन्ड द सिटी भन्ने पुस्तक यसपटकको दसैँमा पढ्ने योजना बनाएको छु ।
संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति भएपछि पुस्तक अध्ययनमा कमी आएको होला नि ?
प्रतिष्ठानमा आएपछि पक्कै पनि आफ्ना केही जिम्मेवारी हुन्छन् । कतिपयले आरोप पनि लगाउने गरेका छन् कि त्यहाँ जाने भनेको कोटा खान हो र अल्छी हुन्छन् । तर, मेरो विषयमा फरक छ । त्यहाँ भएकै वेला मैले मेरा ‘प्रतिगन्ध’ भन्ने उपन्यास सकाएको छु । यो उपन्यासमा अन्तर्राष्ट्रिय आतंकवाद र त्यसले सिर्जना गरेको समस्या र शरणार्थीहरूको आवस्था चित्रण गरिएको छ । योसँगै मैले गजल, मुक्तकहरू पनि लेखिरहेको छु ।
पढ्ने कुनै त्यस्तो सेड्युल छ त ?
मैले विद्यार्थी अवस्थादेखि नै पढ्न र लेख्न थालेँ । मैले त्यतिवेलादेखि नै मेरो मूल कर्मका रूपमा यसैलाई लिन थालेको थिएँ । त्यस्तो सेड्युल राखेर कठोर अनुशासनमा चाहिँ बस्दिनँ । जतिवेला पनि पढ्न सक्छु । काठमाडौंमा भिडभाड छ, त्यसैले बाटोमा यात्रा गर्दा पनि पुस्तक बोकेर हिँड्छु र जामको समयलाई उपयोग गर्छु ।
तपाईंलाई कस्ता खालका पुस्तकले तान्छ ?
मेरो मूलभूत अभिरुचि भनेको साहित्य नै हो । त्यसबाहेक, दर्शन, इतिहास र विज्ञानको पनि विद्यार्थी हुँ । संस्कृत पनि मेरो अभिरुचिको विषय हो । लेख्न पनि यही विषयमा लेखिरहेको हुन्छु ।
पढ्नका लागि कुनै ठाउँ छुट्याउनुभएको छ कि ?
काठमाडौंमा कोलाहाल छ, त्यसकारण त्यसरी ठाउँ नै छुट्याएको छैन । अवश्य पनि आफ्नो बेड र मिटिङ रुममा बढी पढिन्छ र त्यहीँ पढ्न प्यारो लाग्छ । जस्तो परिस्थितिमा पनि पढ्नचाहिँ छाड्दिनँ ।
तपाईको जीवनमा जबरजस्त प्रभाव पारेको पुस्तक कुन–कुन छन् ?
मलाई महाभारत सर्वश्रेष्ठ पुस्तक लाग्छ । महाभारतमा गीतादेखि लिएर अनुभूति, घात, प्रतिघात, प्रेम सबै कुरालाई उल्लेख गरिएको छ । त्यहाँ के छैन ? जस्तो लाग्छ । मलाई महाभारत संसारकै सर्वश्रेष्ठ कृति होजस्तो लाग्छ । त्यो पढेपछि मलाई पनि कहिलेकाहीँ कतै हराएजस्तो, दिग्भ्रमित भएजस्तो पनि अनुभूति हुन्छ । यही विषयमा हिन्दी सिरियल पनि आउँछ, त्यो सिरियल कहिल्यै नसकियोस्जस्तो लाग्छ ।
तपाईंले दोहोर्याएर पढेका पुस्तक पनि छन् ?
धेरै नै पढेँ हुलाँ । मुनामदन, शिरीषको फूल, भूपी शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे, रवीन्द्रनाथ ठाकुरको गीताञ्जली, शंकर लामिछानेका निबन्धहरू, लक्ष्मी निबन्धसंग्रहजस्ता कृतिहरू दोहोर्याएर पढेको छु । पुराना पुस्तकहरू प्रत्येकपटक पढ्दा नयाँपन र नयाँ ऊर्जा भेटिन्छ ।
नेपाली पुस्तक बढी पढ्नुहुन्छ कि नेपालबाहिरका ?
दुवै पढ्छु । नेपाली भाषामा लेखिएका प्रकाशित र चर्चामा आएका सबै पुस्तक पढ्ने प्रयास गर्छु । अरू भाषा नजान्ने भएकाले हिन्दी र अंग्रेजी भाषाको पुस्तक पनि पढ्छु । बढीचाहिँ अंग्रेजी भाषाकै पुस्तक पढ्छु ।
आफूले तयार गरेको पुस्तकचाहिँ दोहो¥याएर पढ्नुभएको छ त ?
आफ्नो कृति तटस्थ भएर पढ्नचाहिँ सकिँदैन । कहिलेकाहीँ आलोचनात्मक दृष्टिले पुस्तक पढ्दा राम्रो पनि हुँदो हो । तर, त्यसो गरेको छैन ।
तपाईंको उपन्यास ‘पागलबस्ती’ बहुचर्चित छ, त्यो पुस्तक पछिल्लो समय पढ्नुभएको छ कि छैन ?
पढेको छैन । तर, विद्यार्थी समयमा लेखिएका कतिपय कविता पढ्दाचाहिँ अलि कच्चा लेखेको रहेछु भन्ने भान हुन्छ ।