छम गुरुङकाे गज्जब कविता : बूढो रूखको सबभन्दा बलियो हाँगा थाकेको छ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

छम गुरुङ, काठमाडाैं   |   असोज २०, २०७४

यो सहरमा बिहानै आज
मेरो डेरामुनिको मूलसडकछेउमा
फूल खेल्दै आएको एउटा बूढो रूखको सबभन्दा बलियो हाँगा थाकेको छ

छिमेकीले जिन्दगीको अन्तिम पिङ खेलिसक्यो

कुर्ताको बायाँ–खल्तीमा म्याद नसकिएको
मैलो राहदानी
एउटा लाइटर, एक खिल्ली भाँचिएको चुरोट
स्विच–अफ नगरिएको सेलफोन पनि रहेछ

हत्केलामा ‘आमा, मेरो बाटो यो थिएन, रोजेको हो, दोष पनि छैन कसैको १’
हतारमा लेखिएको रहेछ

म पनि भिडमा त्यही रूखझैं उभिएको छु—

ती दिनमा
आमा मेला या गोठ जान लाग्दा
क्यासिम नलगाइसकेको ढोका देखेर
सँघारछेउ म रुँदा
बच्चा–वेलामा आँसु कत्ति पनि खेर जान्नथ्यो

आँसुले खासै केही बोल्नुपर्ने जरुरी हुन्न संसारमा

आजभोलि त बढी खेर जाने गर्छ, खस्छ
आफैँमा यसरी जिन्दगीले खस्न जान्दैन

खस्दैन, तर धेरखेप झर्न जान्दछ जिन्दगी

नगरिने प्रश्नको जवाफमा पनि
एकपटकको, एउटा प्रश्न हो जन्म मेरो
नपाउने जवाफको प्रश्नमा पनि
एकैपटकको, एउटा जवाफ हो मृत्यु मेरो

सपनाहरूको एउटा माला जिन्दगी

सपनाले अपराध गर्न सिकाइदिन सक्छ

म यसो भन्छु
त्यो छिमेकीको अन्तिम पिङसँग
यात्रा र लक्ष्य हुँदैन
बूढो रूखको थाकेको हाँगाले
फेरि नयाँ वसन्त ल्याउँछ
चराले पनि गीत गाउनेछ भोलि
घाँटीमा बेरिएको डोरीले भने अन्तर्राष्ट्रिय बजार टिकाउँदैन भन्छु

औँलाको नङसमेत होसियार भएर
काट्नुपर्छ मैले !