इतिहासमा ‘यदि’२००७ मा आन्दोलन नभएको भए... - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

प्रा.डा. त्रिरत्न मानन्धर   |   असोज २०, २०७४

५० वर्षअघि जतिवेला म स्नातकोत्तर तह अध्ययन गर्दै थिएँ । त्यतिवेला एउटा लेखको खुबै चर्चा भएको थियो । एकजना युरोपियन लेखकको उक्त लेख इतिहाससँग जोडिएको थियो । त्यसैले हामीलाई चासो हुनु स्वाभाविक थियो । उनको लेखको शीर्षक थियो, ‘इफ’ अर्थात् ‘यदि’ ।

प्रा.डा. त्रिरत्न मानन्धर
इतिहासविद्

इतिहासको कुनै एउटा घटना नघटेको भए के हुन्थ्यो ? उनको लेखको सन्दर्भ यही थियो । र, लेखमा त्यहीबारे चर्चा गरिएको थियो । ती लेखकले उक्त लेखचाहिँ नेपोलियनको जीवनीमा केन्द्रित गरेका थिए । फ्रान्सका शासक नेपोलियन बोनापार्टले आधा संसार जिते । हुन त, उनलाई एकपटक कैद गरियो । उनी कैदबाट भागे पनि । र, भागेपछि सैनिक संगठन बनाएर युद्ध गरे । त्यो युद्धलाई ‘ब्याटल अफ वाटर लु’ भनिन्छ । इतिहासकारको भनाइमा ‘ब्याटल अफ वाटर लु’मा नेपोलियनलाई भाग्यले साथ दिएन । भाग्यले साथ नदिँदा पराजित भए । त्यस युद्धबाट पराजित भएका नेपोलियनको एक वर्षपछि निधन भयो ।
०००
यदि ‘ब्याटल अफ वाटर लु’को युद्धमा नेपोलियनलाई भाग्यले साथ दिएको भए, उनले युद्ध जितेको भए, युरोपको नक्सा कस्तो हुन्थ्यो ?

फ्रान्सको हैसियत के हुन्थ्यो भनेर ती लेखकले आफ्नो लेखमा व्याख्या गरेका थिए । र, लेखको चर्चा हुँदा इतिहास ‘यदि’ले चल्ने होइन भन्ने तर्क आयो, एउटा विचारधारा पक्षबाट । इतिहासले खासमा घटना घट्यो, त्यो किन घट्यो ? त्यसको सकारात्मक र नकारात्मक पक्ष के हो ? भनेर उल्लेख गर्ने मात्रै हो । र, इतिहासमा कुनै घटना घट्छ भने त्यसको व्याख्या गर्ने हो । नघटेको घटनाको व्याख्या इतिहासले गर्दैन । यो विचारधाराका पक्षधरले इतिहासमा ‘यदि’को महत्व छैन भनेर व्याख्या गरे ।
०००
त्यसैवेला अर्को विचारधारा पक्षले ‘घटना नघटेको भए यस्तो हुन्थ्यो भनेर वैकल्पिक धार चाहिन्छ’ भन्ने विचार राख्यो । इतिहास भनेको अतीतमा जे भयो त्यो भन्ने मात्र होइन, त्यसबाट भविष्यका लागि पाठ सिक्नुपर्छ भन्ने दृष्टिकोण आयो । त्यही दृष्टिकोणबाट प्रेरित भएर पछि अंग्रेज इतिहासकार ई.एस. कारले ‘ह्वाट इज हिस्ट्री’ भन्ने पुस्तक लेखेका छन् । उनले इतिहास भनेको एउटा राम्रो भविष्यका लागि अतीत र वर्तमानको कहिल्यै नटुट्ने संवाद हो, यसकारण अतीतबाट पाठ सिकेर वर्तमानमा ध्यान दिन सकियो भने सुनौलो भविष्यको निर्माण गर्छ भनेका छन् ।

यही धारणा आउने कुरामा दुईवटा शब्दको विकास भयो । एउटा ‘हिस्ट्रोरिकल ट्रुथ’ अर्थात् ऐतिहासक सत्य र अर्को धारणाचाहिँ ट्रुथ हिस्ट्री’ अर्थात् सत्य इतिहास ।
०००
नेपालमा वि.सं. २००७ सालमा राणा शासन ढल्यो । त्यतिवेलाको वस्तुस्थिति, त्यतिवेलाका नेताको क्रियाकलाप, भौगोलिक अवस्थिति, सामाजिक, आर्थिक अवस्थालाई मध्यनजर गरेर नेपाल अब यसरी अगाडि बढ्छ भनेर परिकल्पना गर्न सकिन्छ । त्यसैलाई भनिन्छ, ऐतिहासिक सत्य । तर, ऐतिहासिक सत्यचाहिँ सत्य इतिहासमा परिणत हुन गाह्रो छ । ऐतिहासिक सत्य एउटा हुन्छ, तर घटनाक्रम अर्कै किसिमले अगाडि बढ्न सक्छ ।

इतिहासमा हामीले ऐतिहासिक सत्य होइन, सत्य इतिहासलाई मान्नुपर्छ । यी दुई फरक कुरा हुन् र फरक हुनुमा कारण हुन्छ, जस्तो वि.सं. २००७ सालमा त्यतिवेला नेताहरूको क्रियाकलाप, त्यतिवेलाको विश्व परिदृश्यले साथ नदिएको वा कुनै प्राकृतिक प्रकोपले प्रभाव पारेको हुन सक्छ । त्यसकारण ‘ऐतिहासिक सत्य’ ‘सत्य इतिहास’मा परिणत नहुन सक्छ । किन परिवर्तन भएन भनेर व्याख्याचाहिँ इतिहासकारहरूले गर्नुपर्छ ।

२००७ को आन्दोलन नभएको भए…
‘यदि’ इतिहासमा त्यो घटना नभइदिएको भए भन्ने सन्दर्भ जोडेर हेर्दा नेपालको वि.सं. २००७ सालको आन्दोलन नभएको भए नेपाल कस्तो हुन्थ्यो होला ? यसको सन्दर्भमा व्याख्या गर्नुअघि त्यससँग जोडिएका सन्दर्भलाई हेर्नुपर्ने हुन्छ । पृथ्वीनारायण शाहको शासनकालसम्मलाई एउटा कालखण्ड र वि.सं. २००७ साल यतालाई अर्को कालखण्डका रूपमा हेर्नुपर्छ ।

२००७ सालअघि जसले शासन गरे पनि एकतन्त्रीय थियो । त्यसकारण नेपालको इतिहासमा २००७ साल ‘डिभाइडिङ लाइन’ हो । त्यसपछि प्रजातान्त्रिक व्यवस्थाको सुरुवात भयो भलै आन्दोलनले राणाशासकसँग सम्झौता गर्‍यो । त्यतिवेला सम्झौता नगरी नहुने अवस्था थियो । किनभने नेपालको साँचो भारतीय नेता नेहरूको हातमा थियो । नेहरूले सम्झौता गर्न कांग्रेस र राणा दुवैलाई मनाए । त्यतिवेला लोकसभामा भनेका पनि थिए कि, ‘मेरो नेपाल नीति भनेको मध्यमार्गी हो । नेपाल अहिले पूर्ण जहानीयाँ शासनमा टिक्दैन र पूर्ण प्रजातन्त्र पनि चल्दैन । त्यसपछि बीचको बाटो मानिएको हो ।’
०००
खासमा वि.सं. २००७ सालको सकारात्मक पक्ष भनेको दुई वर्षभित्र संविधानसभाको निर्वाचन गर्ने र संविधान बनाउने भन्ने शाही घोषणा थियो । त्यो सन्दर्भ आउनुमा भारतसँग जोडिएको छ । जस्तो, भारत वि.सं. २००३ सालमा स्वतन्त्र भयो र २००५ सालमा त्यहाँ संविधानसभाबाट संविधान बनिसकेको थियो ।

संविधान निर्माणका वेला ब्रिटिस विज्ञलाई बोलाउने कुरा उठेको थियो । तर, सबै भारतीय विज्ञले अस्वीकार गरे । ब्रिटिसबाट बल्ल उम्केका वेला त्यहीँबाट विज्ञ बोलाउँदा उनीहरूले केही न केही शब्द राखेर हामीलाई उपनिवेश बनाइरहन्छन् भन्ने धारणा थियो । भारतीय आफैँले बनाए, त्यो ठूलो कुरा हो ।
०००
नेपालमा पनि वि.सं. २००७ सालमै, भनेको समयभित्र (दुई वर्षभित्र) संविधानसभा निर्वाचन भएको र संविधान जारी गर्न पाइएको भए नेपालको अवस्था पूरै परिवर्तन हुने थियो ।

त्यतिवेला अहिलेको जस्तो जटिल राजनीतिक अवस्था थिएन । र हुने पनि थिएन । त्यतिवेला संविधान बनेको भए नेपालको इतिहासले अर्कै मोड लिने थियो, राजनीतिक स्थिरता, सामाजिक न्याय र आर्थिक समृद्धि । त्यो नहुनुको कारण छ, त्यतिवेलाको ठूलो पार्टी भएकाले कांग्रेसले यसको बढी जिम्मेवारी लिनुपर्छ, मातृका र विपीको झगडाका कारण ।
०००
ऐतिहासिक सत्य के हो भने, संविधानसभा निर्वाचन होला । त्यसपछि प्रजातान्त्रिक संविधान जारी होला, अनि देश राम्रो होला । तर, सत्य इतिहासचाहिँ राजनीतिक अस्थिरता बढ्यो ।

राजनीतिक अस्थिरताकै बीचमा त्रिभुवनको ४ वर्षसम्ममा संविधानसभा निर्वाचन गर्ने भन्ने नै मनसाय थियो । भारतका निर्वाचन आयुक्तलाई बोलाएर तालिम पनि दिइएको थियो । तर, महेन्द्रको उदयपछि सबै कुरा सकियो । मेरो बुझाइमा महेन्द्र प्रजातन्त्रवादी होइनन् । तर, राष्ट्रवादीचाहिँ हुन् । उनी नेपालमा राम्रो केही होस् भन्ने चाहन्थे । तर, खराब के भने, त्यो सबै काम आफ्नो नेतृत्वमा होस् भन्ने । यदि देशको राम्रो हुन्छ भने आफ्नो नेतृत्व नभए पनि हुन्छ भनेर सन्तोष मान्नुपर्नेमा त्यो भएन ।

महेन्द्रले त संविधानसभाको ‘स’ पनि उच्चारण गरेनन् । राजा भएपछि महेन्द्रले निर्वाचन गर्नुपर्छचाहिँ भने, तर संविधानसभा निर्वाचनको चाहिँ नाम नै लिएनन् । टंकप्रसाद आचार्यलाई प्रधानमन्त्री बनाएर उनीमार्फत संविधानसभाको विरोध गर्न लगाए । के.आई. सिंहलाई प्रधानमन्त्री बनाए । उनले त त्रिभुवनले गरेको संविधानसभा निर्वाचनको शाही घोषणा रद्दीको टोकरीमा फाल्नुपर्ने हो भनेर नै बोले । खासमा यी दुईजनालाई प्रधानमन्त्री बनाउनुको उद्देश्य नै संविधानसभाको विरोध गर्न थियो ।
००००
वि.सं. २००७ को आन्दोलन नभएको भए भन्ने कुरामा भारतको आन्दोलनलाई पनि लिनुपर्छ । वि.सं. २००३ सालमा भारतमा ब्रिटिसले छाड्नुपर्ने भयो । यदि भारतमा ब्रिटिस रहेको भए नेपालमा पनि राणा शासन रहन्थ्यो । दोस्रो कुरा, चीनमा वि.सं २००४ सालमा माओको नेतृत्वमा कम्युनिस्ट शासन आयो । यही वेला अर्थात् वि.सं. २००४ सालमा पद्मशमशेरले नेपाललाई पहिलो संविधान दिएका थिए, नेपाल सरकारको वैधानिक कानुन ।

पद्मशमशेरले त्यो संविधान ब्रिटिस शासक चर्चिलको सल्लाहमा ल्याएका थिए । दोस्रो विश्वयुद्धको समयका शक्तिशाली प्रधानमन्त्री पनि हुन्, चर्चिल । त्यत्रो विश्वयुद्ध जितेका चर्चिल त्यसपछि लगत्तै भएको निर्वाचनमा भने पराजित भए । हो, यहीँनेर फरक आउँछ, ऐतिहासिक सत्य र सत्य इतिहास । चर्चिलले पद्मशमशेरलाई भने, ‘भारत स्वतन्त्र भइसक्यो, चीनमा पनि शासन फेरियो । यदि राम्रोसँग तिम्रो शासन अगाडि लैजाने हो भने केही राजनीतिक सुधार गर्नुपर्छ ।’

चर्चिलले त्यति भनेपछि वि.सं. २००४ सालको संविधान दिइएको हो । वि.सं. २००४ सालको संविधान लागू भएको भए नेपालमा कुनै पनि प्रकारको प्रजातन्त्र आउने थिएन । फरक कति भने संविधान आएपछि प्रधानमन्त्रीले संविधानअनुसार गर्नुपर्ने थियो । त्यसभन्दा पहिला जे गरे पनि हुन्थ्यो । यदि त्यो संविधान नेपालमा लागू भएको भए राणाशासन केही वर्ष धकेलिन्थ्यो । भलै संविधान लागू गर्न नहुने पक्षमा लागे मोहनशमशेर । र, उनी पद्मशमशेरविरुद्ध लागेर प्रधानमन्त्री भए । मोहन शमशेरल कतिसम्म गरे भने भारतसँग असमान भन्ने गरिएको सन् १९५० को सन्धि पनि संविधान कार्यान्वयन नगर्ने र शासन टिकाउन गरेका थिए । तर, न शासन टिक्यो न संविधान आउनबाट रोकियो ।

प्रस्तुति : योगेश ढकाल