आचारसंहिता र नैतिक प्रश्न - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असोज २०, २०७४

निर्वाचनसम्बन्धी आचारसंहिता जारी भएको महिना नाघिसक्दा पनि सरकारले गरेका अनेक अनुचित र आचारसंहिताविपरीत काममा नियन्त्रण गर्न नसकेको आरोप खेपिरहेको निर्वाचन आयोगले पछिल्लो दिनमा देखाएको सक्रियताले केही आशा जगाएको छ । पर्यटन तथा संस्कृतिमन्त्री जितेन्द्र देवले गरेको नेपाल वायुसेवा निगमका एकजना अधिकृतमाथिको कारबाही उल्ट्याउन दिएको निर्देशन र राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेललाई प्युठान छोड्न दिइएको आदेश यसका पछिल्ला उदाहरण हुन् । तर, आचारसंहिता नै यस्तो विषय हो, जसलाई पालना गराउन दबाब र शक्ति प्रयोग गर्नु नपर्ने मानिन्छ । यसलाई सरोकारवालाले आफ्नो नैतिक जिम्मेवारी र कर्तव्य मानेर पालना गर्ने विश्वास पनि राखिन्छ । तर, नेपालमा अझै पनि यस्ता विषयलाई नैतिक रूपमा स्वीकार नगर्ने, बन्धनका रूपमा नलिने तथा यसलाई तोड्दा बहादुर ठान्ने परम्परा र संस्कृति विद्यमान छ । जितेन्द्र देव र गोविन्द पोखरेल यसका उदाहरण मात्र हुन् । यसैगरी त्रिविका उपकुलपति तीर्थ खनियाँले पनि यो आचारसंहितालाई आफूले पालना नगरे पनि हुने सन्देश प्रवाहित हुन दिइरहेका छन् ।

नेपालमा अझै पनि आचारसंहितालाई नैतिक रूपमा स्वीकार नगर्ने, बन्धनका रूपमा नलिने तथा यसलाई तोड्दा बहादुर ठान्ने परम्परा र संस्कृति विद्यमान छ

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेल नेपाल सरकारको जिम्मेवार निकायमा राजनीतिक नियुक्ति लिएका व्यक्ति हुन् । उनी जनताले तिरेको करबाट मासिक तलब र सुविधा लिन्छन् । उनले कुनै दल विशेषको राजनीतिक गतिविधिमा सामेल हुनुपूर्व त्यस्तो पद त्याग गरेको भए कसैले पनि नराम्रो मान्ने थिएन तथा उनले पनि एउटा संस्कार देखाएको अर्थ लाग्थ्यो । तर, उनी त यी सबै नैतिक बन्धन तोड्दै सरकारी सुविधाको उपयोग गर्दै राजनीतिक गतिविधिमा सामेल भए र पदमा बहाल रहँदै आफूलाई आगामी निर्वाचनका लागि उम्मेदवारका रूपमा सिफारिस गराए । यसरी सिफारिस गराएर पनि उनले राजीनामा दिन आवश्यक भने ठानेनन् । यसो हेर्दा मानिसले यस्ता गल्तीलाई सामान्य रूपमा लिने गर्छन् । अरूले पनि गरेकै छन् नि भन्दै अरूका गल्तीको आडमा नयाँ गल्ती गर्नेहरूलाई माफ दिँदै जान्छन् । यसैगरी गल्तीबारे नबोल्दा या बेवास्ता गर्दा गल्ती गर्नुलाई सामान्य रूपमा लिने र त्यो नै एकप्रकारको सहज परम्परा बन्न जाने हुन्छ । खासगरी भ्रष्टाचारका मामिलामा र सरकारी पदमा रहेर गरिने अख्तियार तथा सुविधा दुरुपयोगका मामिलामा यस्तो हुने गर्छ ।

सामन्तवादी परम्परामा हुर्केको समाजमा यस्ता विषयमा कमै प्रश्न उठ्छ किनभने जनतामा आलोचनाको संस्कृति विकास भइसकेको हुँदैन । तर, लोकतन्त्र या गणतन्त्रमा भने यस्ता विषय जनताले नियाल्ने र आआफ्ना फोरममा आलोचना गर्ने बानी बस्दै जान्छ । यसप्रकारका गतिविधि नियन्त्रण गरिएन भने महामारीका रूपमा फैलने डर हुन्छ । सत्तारुढ दलका नेताहरूले त यस मामिलामा झन् बढी ख्याल पुर्‍याउनुपर्छ किनभने यसप्रकारको प्रयोगलाई निर्वाचनलाई प्रभावित पार्ने खेलका रूपमा लिने गरिएको छ । गोविन्द पोखरेल र तीर्थ खनियाँ या जितेन्द्र देव उदाहरण मात्र हुन् । यस्ता अनेक सन्दर्भ यसपटकको निर्वाचनमा दोहोरिएका छन् । लोकतन्त्रलाई बलियो बनाउने भनेको जनताले मत दिने र स्थिर सरकार बनाउने विषय मात्र होइन, सबै पक्षलाई क्रमशः संस्कारित गर्दै जानु पनि हो । यतातर्फ निर्वाचन आयोगले भन्दा बढी राजनीतिक दल र तिनको नेतृत्वले ध्यान दिनु आवश्यक देखिन्छ ।