समृद्धिको बाटोमा नेपाल : सन्दर्भ, कम्युनिष्ट पार्टीहरुको चुनावी तालमेल र एकीकरण प्रकृया - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

कपिल पोखरेल , नयाँ पत्रिका   |   असोज १९, २०७४

नेपालका दुईवटा सशक्त कम्युनिष्ट पार्टीहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का साथै दुई बर्षअघि माओवादीबाट अलग्गिएर बनेको नयाँशक्ति पार्टी नेपालविच पार्टी एकीकरणको सहमति भएको छ । २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी २०१९ सालबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणहरुले विभाजित भएदेखि नै नेपाली जनताले कम्युनिष्ट पार्टीहरुको एकताको चाहना राख्दै आएका हुन् तर बिभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय कारणहरुका अतिरिक्त माक्र्सवादप्रतिको आआफ्ना बुझाइ र यसको प्रयोगको फरक मोडल तथा कार्यशैलीमा रहेका भिन्नता जस्ता कारणहरुले कम्युनिष्ट पार्टीहरुको एकताको कार्य अधुरै रहेकोमा वस्तुगत आवस्यकता र चाहनालाई मूर्तता दिदै यी पार्टीहरु एकताको प्रकृयामा अघि बढेका छन् । यसले मुलुकमा शान्ति, स्थायित्व र दीगो विकासमात्र होइन समाजवादको आधारशीला नै खडा गर्ने निश्चित छ । परिणाम र परिमाण दुवै दृष्टिकोणले यो घटना नेपालको इतिहासमा दुर्लभरुपमा घट्ने बिभिन्न घटनाहरुमध्ये त्यत्तिकै एक युगान्तकारीे महत्वको हुनेछ जति नेकपा स्थापनाको महत्व रहेको छ ।
पार्टी एकीकरणको सहमतिको घोषणा संगसंगै यसको ब्यापक मात्रामा स्वागत भएको छ भने कतिपय मात्रामा आशंका र अन्यमनस्कताका साथै इतर पक्षबाट रोष प्रकट भएको पनि नदेखिएको होइन । यसको स्वागत हुनु र खुसि प्रकट गरिनु अत्यन्तै स्वाभाविक हो । यी दुई धार २०३०को दशकको शुरुआतबाटै अलग अलग स्कूलिङ्बाट विकसित भएका पार्टी हुनुको कारण, चीन–सोभियत संघको विवादमा एकैठाऊँ भएपनि माओको देहावसान पश्चात् देङ्ग सियाओ पिङ्गको नेतृत्वमा विकसित चिनीयाँ मोडलको समाजवादप्रतिको दृष्टिकोणमा फरकपना रहनु, दुवैधारले सशस्त्र संघर्षको अभ्यास गरेको हुँदाहुँदै पनि एमालेधार (यसपछि पहिलोधार लेखिन्छ) केहि अघि र माओवादीधार (यसपछि दोस्रोेधार लेखिन्छ) केहि पछिमात्र संसदको उपयोगको नीति लिइ प्रतिस्पर्धामा आउनु, (यद्यपि दोस्रो धार भित्रको चौ.म. समूहले भने पहिलोधारसंगै उक्त नीति लिएको थियो), पछिल्ला दशकहरुमा पहिलोधारले जनआन्दोलन र निर्वाचनद्वारा जनअनुमोदनलाई सत्ताप्राप्तिको श्रोत मानेर सोहि अनुसारको संगठन र कार्यकर्ता पङ्ति तयार पार्नु तर दोस्रोधारले सशस्त्र शक्तिलाई सत्ताप्राप्तिको श्रोत मान्नु जस्ता पृष्ठभूमीका बैचारिक र नीतिगत दृष्टिकोण तथा कार्यशैलीका अतिरिक्त दुवैको एउटै कार्यनीति बनिसक्दा पनि विगत र हालैका चुनावहरुमा यी पार्टीहरुविच तालमेल गर्नुको सट्टा कतिपय स्थानमा असैद्धान्तिक गठबन्धन गरि प्रतिस्पर्धा गरिनु, एकले अर्कालाई स्पर्धी ठान्नु जस्ता ब्यवहारहरुका कारण कार्यकर्ताहरुमा आशंका र अन्यमनस्कता प्रकट गरिनुलाई पनि अनौठो मान्न सकिदैन । इतरपक्षबाट यो एकता र एकीकरणको सहमतिलाई होच्याउने, अपमानित गर्ने, यसप्रति रोष प्रकट गर्ने र यो एकता र एकीकरणलाई भत्काउन सम्मका प्रयत्नहरु गरेका छन् । यसबाट कार्यकर्ता पङ्ति प्रभावित बन्नु हुदैन, इमान्दारितापूर्वक लाग्नुपर्छ ।
समृद्धीको निम्ति यो एकताको महत्व सावित हुनेछ । यस एकताका कारणले समाजलाई आगामी चुनावबाट निर्वाचित हुने संघीय संसद् र सवै प्रादेशिक सभाहरुमा दुईतिहाई बहुमत पाउन कठिनाई पर्दैन । परिणामतः मुलुकलाई अस्थिरताबाट स्थीरतातर्फ, आचरणहिनताबाट सदाचारतर्फ, अशान्तिबाट दीगो शान्तितर्फ, अविकासबाट विकासतर्फ, गरिवीबाट समृद्धीतर्फ, दीशाहिनताबाट अग्रगामनतर्फ अनि यथास्थितिवादबाट समाजवादीमार्गमा पदार्पण गराउन सक्नेछ । र यो एकताले मुलुकलाई विकास र समृद्धीतर्फ लैजाने मात्र नभएर समाजवादको जग बसाउने पनि निश्चित छ । यसबाट न्याय नपाएकाले न्याय, उत्पीडनमा परेकाले मुक्ति, पछाडि परेकाले प्राथमिकता पाउनेछन् । वर्गीय हिसावले भन्ने हो भने तल्ला वर्गको लागि यो एकताले अभूतपूर्व अवसरको ढोका खोल्नेछ । मुलुक पूजीवादी युगमा प्रवेश गरेको भएपनि त्यो विकसित भएको छैन प्रारम्भिक अवस्थामै छ । राष्ट्रिय पूँजीको विकास भएकै छैन जुनबिना समाजवादको कल्पनासम्म पनि गर्न सकिँदैन । त्यसैले राष्ट्रिय पूजीपतिवर्गको निम्ति समेत समाजवादोन्मुख समाज वरदान हुनेछ । समाजवादोन्मुख समाज त्यसको निम्तिमात्र अभिसाप हुनेछ जसले राज्य शक्तिको उपयोग गरेर, राज्यको सम्पत्तीको दोहन गरी देश र जनतालाई गरीव बनाईरहेका छन् ।


नेताहरुको ‘यो एकता कसै प्रति लक्षित छैन नेपालको पक्षमा छ, समृद्धीको पक्षमा छ’ भन्ने भनाइका आधारमा कम्युनिष्टइतर शक्तिहरु पनि यसबाट डराउनु पर्ने छैन । नेकपा (एमाले)ले झण्डै तिन दशक र माओवादीले त्यसको केहि पछिबाट ‘जनताको बहुदलीय जनवाद’ र ‘एक्काइसौं सताव्दीको जनववाद’का आधारमा बहुदलीय प्रतिस्पर्धाको अभ्यास गरिरहेको छ; फरक पार्टीको अस्तित्व स्वीकार गरेको छ; कम्युनिष्टइतर दललाई निषेध गर्ने नीति नै लिएका छैनन् भने मुलुकको समृद्धीको निम्ति एकताबद्ध हुँदा किन आत्तिनु ? एकताको सहमति हस्ताक्ष्।र समारोहमा ‘आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सहकार्य तथा तालेमलका लागि सम्पूर्ण लोकतान्त्रिक, प्रगतिशील तथा देशभक्त शक्तिहरूलाई आह्वान गर्ने’ भनिएबाट लोकतान्त्रिक, प्रगतिशील र देशभक्त शक्तिहरुप्रति कुनै दुर्भावना रहेको छैन भन्ने प्रष्ट भएपछि देशको समृद्धी चाहने लोकतान्त्रिक, प्रगतिशील र देशभक्त शक्तिहरु त सहकार्यको प्रकृयामा पो आउनुपर्ने त ।
राष्ट्रियताको संरक्षणका निम्ति पनि यो एकता महत्वपूर्ण सावित हुनेछ । कम्यनिष्टहरु नेपालका मात्र होइनन्, संसारभरि नै देशभक्त हुन्छन् । नेकपाको स्थापनाकाल देखि नै नेपालको कम्युनिष्ट आन्दोलन देशभक्तिपूर्ण आन्दोलनको पर्याय रहिआएको छ । देशभक्ति र राष्ट्रियताको लागि समाजवादी मुलुकहरु चीन र भियतनामका विचमा समेत द्वन्द्व भएको इतिहास छ । वर्गीय व्यवस्था रहेसम्म राज्य कायमै रहने भएकोले कुनैपनि देशका कम्युनिष्टहरुले आफ्नो मुलुकको हितलाई सिद्धान्तभन्दा माथि राख्छन्, स्वतन्त्रता गुमाउन चाहँदैनन्, उपनिवेश बनेर अर्काको दाशत्व स्वीकार गर्दैनन् ।
यो पार्टी चीनतर्फ ढल्किन्छ कि?, भारतसंग तनाव सिर्जना हुन्छ कि? भन्ने चिन्ता पनि यदाकदा सुनिन्छ । यो सर्वथा गलत कुरा हो, सहमतिपत्र हस्ताक्षर समारोहमा एमाले अध्यक्ष के.पी. आलीको ‘नेपालको स्वतन्त्रताको रक्षा गर्दै, स्वतन्त्र राष्ट्रको हैसियतलले त्यस अनुसारको छिमेक सम्बन्ध र अन्तराष्ट्रिय राख्दछ’ भन्ने स्पष्ट भनाइबाट नयाँ बन्ने पार्टी र सरकार कुनै देशको पक्ष वा विपक्षमा छैन र होइन सन्तुलित छिमेक सम्बन्ध, मैत्रिपूर्ण छिमेक सम्बन्ध, बराबरीको हैसियतमा छिमेक सम्बन्ध राख्न चाहन्छ भन्ने प्रष्ट हुन्छ । यसरि, नेपाल न चीनको पक्ष र भारतको विपक्षमा न भारतको पक्ष र चीनको विपक्षमा रहन्छ, बरु, नेपाल त नेपालकै स्वतन्त्रताको पक्षमा अडिग रहेर संयुक्त राष्ट्रसंघको बडापत्रको आधारमा, पञ्चशीलको सिद्धान्तका आधारमा मैत्रिपूर्ण छिमेक सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्ध राख्दछ भन्ने प्रष्टै छ ।
विगतमा वृटिस उपनिबेशवादबाट मुलुकको स्वाधीनता जोगाउनु देशभक्ति थियो भने वृटिस उपनिवेशबादको पतन पश्चात भारतीय विस्तारवादबाट नेपालको भूगोलको रक्षा गर्नु, हैकमवादी तथा साम्राज्यवादी शक्तिहरुबाट आफ्नो स्वाधीनता र स्वतन्त्र अस्थित्व जोगाउनु नेपालको राष्ट्रियताको मूख्य सवालको रुपमा रहेको छ, अझैसम्म । यतिमात्र होइन यसले नयाँ युगमा राष्ट्रियतालाई थप परिभाषित गर्दै नेपालको स्वाधीनता र स्वतन्त्रताको निम्ति बृहद् ढंगले अघि बढ्ने छ । कम्युनिष्ट सिद्धान्तको कखरा मात्रै पढेकाले पनि कुझ्ने कुरा के हो भने वर्ग र राज्य जुम्ल्याहा भाइहरु हुन्; सँगै जन्मे र संगै मर्छन । अवर्गीय आदिम साम्यवाद पछि वर्गीय दाशयुग प्रादुर्भाव भयो र राज्य पनि संगै जन्मियो । पुरै दाशयुग र सामन्तवादी युगभरी नै वर्ग र राज्य दुवै सँगसँगै आइरहेका छन् । पूँजीवाद र समाजवादमा पनि यी दुवै तत्वहरु सँगसँगै जानेवाला छ भन्ने पनि स्वयम्सिद्ध तथ्य हो, माक्र्सवादले यहि भनेको हो । संसारमा मान्छेद्धारा मान्छेमाथि गरिने शोषणको उच्चचरण पँुजीवादको अन्त्यसँगै यी दुवै तत्वहरु पनि क्रमशः कमजोर हुँदै जान्छन् । समाजवादमा श्रमजीवि वर्ग र उसकै राज्यसत्ता कायम हुन्छ । तर यो व्यवस्थाले ती तत्वहरुलाई निस्प्रभावित बताउदै लैजान्छ । र मानव समाजको क्रममा अर्थात, समाजवादबाट साम्यवादमा पदार्पण गर्ने चरणमा प्रवेश गर्दा मात्र राज्य, वर्ग, दण्ड, ब्यभिचार सबै चिज नष्ट हुन्छ र समाज स्वचालित ढङ्गले अघि बढ्छ भन्ने छ, जुन सुदूरभविश्यको कुरा हो र त्यो पनि कम्युनिष्ट पार्टीले मास्ने होइन, आफै मासिने कुरा हो । अर्को कुरा, संसारको कुनै भागमा राज्य रहने र अर्को भागमा नरहने भन्ने प्रश्नै आउँदैन ।
यो एकता वैचरिकरुपले पनि महत्वपूर्ण हुनेछ । विगतका केहिबर्षहरुमा पार्टीको महत्वपूर्ण हिस्सा संसदीय जिम्मवारीमा रहनु, संसदीय संघर्षहरुमा पार्टीका मूख्य ध्यान जानुका कारण गैरसंसदीय र विचारधारात्मक कामले प्राथमिकता नपाउँदा पार्टी कार्यकर्ताहरुको सैद्धान्तिक– वैचारिक क्षमतामा ह्रास आएको छ; चुनाव जित्ने कार्यकर्ता उत्पादन र विकास गर्नुपर्नाका कारण अर्थात् वैचारिक भन्दा विकासे कार्यकर्ता उत्पादन गर्नुपर्नाका कारण पनि सैद्धान्तिक–वैचारिकपक्ष केहि कमजोर भएको हुनसक्छ । यो एकताका कारण पार्टीमा यति ठूलो नेता–कार्यकर्ता पङ्ति हुनेछ जुन संसदीय मोर्चामा खपतै हुदैन । नेतृत्व पङ्ति पनि आजको तुलनामा बढि प्रतिस्पर्धी हुनु आवस्यक हुन्छ । पहिला नेतृत्व पङ्ति र संगसंगेै सम्पूर्ण कार्यकर्ताको तह समेत राजनीतिक, वैचारिक र सैद्धान्तिकरुपले अव्वल हुनु आवस्यक हुनेछ र परिणामतः पार्टीको सैद्धान्तिक–वैचारिकपक्ष बलियो हुनेछ । सहमतिको बुँदा नम्वर १ मा ‘वैचारिक छलफल तथा बहसद्वारा नेपाली क्रान्तिको सिद्धान्तलाई विकसित गर्दै लगिनेछ’ भन्ने शव्दावलीले पार्टी भित्र आन्तरिक वहस र छलफल गरी नेपाली क्रान्तिको सिद्धान्तलाई विकसित गर्न गहनरुपमा सैद्धान्तिक–वैचारिक छलफल गरिने बिषय उल्लेख भएको हुँदा यसबाट पनि उक्त बिषयले महत्व पाउने देखिन्छ । यसो हुनु पार्टी पङ्तिको निम्ति खुसिको कुरा हो ।
विशालकाय पार्टीहरुकाविच एकीकरण गर्दा नेतृत्व र कार्यकर्ताको कुशल ब्यवस्थापन साँच्चिनै चुनौतिपूर्ण काम हो तर आवस्यकता र चाहनाको तालमेल भएपछि यो बिषयको ब्यवस्थापन सहजै हुनेछ । कम्युनिष्ट पार्टीको सदस्य बन्दैमा सबैले आफ्ना ब्यक्तिगत हित र चाहनालाई पार्टीको हितको मातहत राखेका कारण र पार्टी स्वयम् नै क्रान्तिको निम्ति स्थापना भएको राजनीतिक संस्था हुनुका कारण कम्युनिष्ट पार्टीमा यो निःसन्देह सम्भव हुन्छ । यसका निम्ति हामीसंग विगतका अनुभवहरु पनि छन् । के का निम्ति एकता भन्ने बिषय नै मूख्य विषय हो, लक्ष एउटै भएपछि लक्षप्राप्तिका निम्ति ब्यक्तिगत चाहना र महत्वाकाँक्षालाई सवैले त्याग गर्नु नै पर्छ ।
अन्तमा, नेपालको राष्ट्रिय एकता र स्वतन्त्रताको निम्ति; मुलुकको विकास र समृद्धीको निम्ति; जातीय, क्षेत्रीय, जातपातीय, लैङ्गिक र वर्गीय शोषण– उत्पीडनबाट मुक्ति, न्याय र समानताको निम्ति; मुलुकमा दीगो शान्ति स्थापनाको निम्ति; समाजवादी समाजको आधारशीला खडागर्नको निम्ति यो एकता र एकीकरणको प्रकृयालाई सहयोग गर्नु र सफल पार्नुमा सबैको हित छ । यो एकता सफल भएमा मुलुक तीब्रगतिमा समृद्धीको बाटोमा अघि बढ्ने निश्चित छ ।
(लेखक मानवशाश्त्री तथा नेकपा (एमाले)का बैकल्पिक केन्द्रीय सदस्य हुन् )