किराफट्यांग्राजस्ता हुँदै छन् मान्छे...! - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

अाहुति, साहित्यकार , काठमाडाैं, १९ असाेज   |   असोज १९, २०७४

विश्वभक्त दुलाल ‘आहुती’ राजनीति र साहित्य दुवै क्षेत्रमा सक्रिय छन् । ‘नयाँ घर’, ‘स्खलन’ उपन्यास र ‘गहुँगोरो अफ्रिका’, ‘तपस्वीका गीतहरू’ नामक कवितासंग्रह प्रकाशित गरेका उनी माक्र्ससिस्ट लेखकका रूपमा चिनिन्छन् । उनले लेखेको ‘नेपालको वर्ण व्यवस्था र वर्ग संघर्ष’ नामक पुस्तक ‘मास्टरपिस’ मानिन्छ । स्पष्टवक्ता र वैचारिक ज्ञानले खारिएका आहुतीसँग विश्वास खड्काथोकीले गरेको कुराकानी :

 

आजभोलि के गर्दै हुनुहुन्छ ?

पार्टीको नियमित कामसँगै लेख्ने काम पनि गरिरहेको छु । नेपाली समाजको अन्तरकथा भन्ने पुस्तकको तयारी गर्दै छु । यो पुस्तक नेपालको समाजशास्त्र, इतिहासलगायतको विषयमा केन्द्रित छ ।

आफ्नो पहिलो उपन्यास नयाँ–घरमा ‘इतिहासप्रति जिम्मेवार नभईकन लेख्नुभन्दा कुनै चुरा पसल खोलेर बस्नु वेश हुन्छ,’ भन्ने लेख्नुभएको थियो । त्यसरी चुरा पसल खोल्नलायक साहित्यकारहरू कति छन् नेपालमा ?

साहित्यमा आ–आफ्नै लेखकीय गुण र स्तर हुन्छन् । यो लेखकीय कला, क्षमता र प्रतिभाको कुरा हो । मेरो भनाइ के हो भने, लेखाइमा कमजोर भए पनि इमानदारीसाथ उत्पीडित, श्रमजीविको पक्षमा लेखिरहेको छ भने ऊ ठीक हुन्छ । तर, कतिपय साहित्यकार यस्ता छन्, जसले ठीकलाई ठीक र बेठीकलाई बेठिक भन्न सक्दैनन् । जसले श्रमजीवि मानिस वा उत्पीडित मानिसप्रति न्याय गर्दैन भने लेख्ने काम नगरे पनि हुन्छ । नाफा कमाउनका लागि त व्यापार व्यवसाय छन् नि ! विचारको मामलामा बैमानी र जनतालाई भ्रम छर्नुहुन्न । कलात्मक बौद्धिक काम भन्ने, तर आममानिसलाई भ्रम छर्दै उनीहरूको विरुद्धमा लेख्न त मिलेन नि ।

 

कतिपय साहित्यकार यस्ता छन्, जसले ठीकलाई ठीक र बेठीकलाई बेठिक भन्न सक्दैनन् । जसले श्रमजीवि मानिस वा उत्पीडित मानिसप्रति न्याय गर्दैन भने लेख्ने काम नगरे पनि हुन्छ । नाफा कमाउनका लागि त व्यापार व्यवसाय छन् नि !

 

विचारको मामलामा बेइमानी गर्नेहरू धेरै छन् भन्न खोज्नुभएको ?

नेपाली समाजमा मात्र होइन, संसारभर कुन राजनीतिक व्यवस्था र कुन चेतना हाबी छ भन्ने विषय मुख्य हो । अहिले संसारमा साम्राज्यवाद, पुजीँवाद हाबी छ । त्यसैले राज्यसत्ताले विचार र राजनीति रक्षाको निम्ति युनिभर्सिटी, साहित्यकारहरू हुर्काइरहेको छ । नेपालमा पनि दलाल, पुँजीवाद, नोकरशाही हाबी छन् । यहीअनुरूप हिजो पञ्चायतकालमा माधवप्रसाद घिमिरेहरूलाई हुर्काइयो । उनीहरूलाई मालति मंगले लेख्न लगाइयो ।

१८२६ सालदेखि नेपालमा साहित्य लेखनको सुरुवात भएको मानिन्छ, साहित्यको विकासलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

वर्गीय समाजमा साहित्य पनि वर्गीय नै हुन्छ । नेपालमा वीर रसमा युद्धकथा, भक्ति रसका भजनहरू, राणाकालमा राणाहरूको बिलासी जीवन र शृंगार रसमा सिर्जना हुँदै साहित्य हुर्कियो । हुन त यो बीचमा योगमायाहरू पनि जन्मिए । जसले प्रगतिशील कुराहरू जस्तैः जातपातको विरुद्धमा, किसानलाई व्यापारीले शोषण गरेको, महिला अत्याचारकोे विरुद्धमा कुरा उठाउँदै आए । तर, नेपालमा हिन्दू उच्च जातीय वर्गीय सत्ता अनुकूल हुने गरी भानुभक्तहरू उदाए । उनीहरूले त्यही सत्ताको दृष्टिकोणलाई सम्पूर्ण गर्ने र व्यापक गराउने गरी कविता लेखे । हास्य महिला वेश्या हुन्छन् भन्ने खालका वधुशिक्षाहरू लेख्दै आए । त्यसैले सुरुदेखि नै एकातिर भानुभक्तहरू थिए भने अर्कातिर गोमादेवीहरू । त्यसपछि लेखनाथ पौडेलहरू यथार्थवादी लेखनलाई अगाडि बढाए । त्यहीबीचमा राणाकाल सकिन्छ । त्यसपछि देवकोटाहरूले पनि लेख्न सुरु गरिसकेका थिए ।

 

वर्गीय समाजमा साहित्य पनि वर्गीय नै हुन्छ । नेपालमा वीर रसमा युद्धकथा, भक्ति रसका भजनहरू, राणाकालमा राणाहरूको बिलासी जीवन र शृंगार रसमा सिर्जना हुँदै साहित्य हुर्कियो । हुन त यो बीचमा योगमायाहरू पनि जन्मिए । जसले प्रगतिशील कुराहरू जस्तैः जातपातको विरुद्धमा, किसानलाई व्यापारीले शोषण गरेको, महिला अत्याचारकोे विरुद्धमा कुरा उठाउँदै आए । 

 

 राख्नका लागि नेपाल भाषालगायतका क्षेत्रमा लेख्ने जेल जानेलगायतका क्रम शुरु भइसकेको थियो । जव नेपालमा २००६ सालमा कम्युनिस्ट पार्टीको गठन भयो, त्यसपछि प्रगतिशील लेखक संघ जन्मियो । त्यसले नेपालमा सामन्तवाद र विदेशी हस्तक्षेपको विरुद्धमा विचारलाई कलात्मक ढंगले जनताका बीचमा लैजान लेखकहरूको जमात बढाउन थाल्यो । त्यसको ठीकविपरीत नेपालको राजतन्त्र, सामन्तवादलाई समर्थन गर्ने र सुखदुःखको कुरा लेख्न सुरु गर्ने पनि अर्को धार थियो ।

०१६ सालमा बहुदलीय व्यवस्था नष्ट गरेर पञ्चायतको युग सुरु भइसकेपछि तीन खालको धार देखियो । एउटाचाहँ माक्र्सवादको जनवादी क्रान्तिलाई सफल बनाएर त्यसलाई अगाडि बढाउन चाहने, अर्को पञ्चायत विरोध गर्ने प्रगतिशिल लेखकहरूको समूह र तेस्रोचाहिँ लोकतन्त्रवादी धारा त्यसवेलादेखि पुँजीवाद, शून्यवाद, अस्तित्ववाद, साकार, फ्रायड चिन्तनलगायतका प्रवृत्तिहरू देखा पर्न थाले । तर, २०४७ सालपछि चाहिँ अन्योलताजस्तो देखा प¥यो ।

नेपालमा गम्भीर साहित्यहरू निकै कम सिर्जना भइरहेका छन् र हलुका साहित्यहरूले बजार पिटिरहेका छन् भन्ने गरिन्छ नि ?

एकताका पहाडका ब्राह्मणलाई मात्र लेख्ने अधिकार थियो । उनीहरूको जनसंख्या कति नै छ र ? भेरी नदी काटेर पारि लागेपछि त ब्राह्मणहरू नै उत्पीडनमा छन् । त्यसैले, यो त निश्चित मानिसहरूले गर्ने वैचारिक काम हो । त्यसैले स्वाभाविक रूपमा गम्भीर खालका रचना नआउने नै बढी हुने भयो । त्यसमा पनि पञ्चायतले विचारलाई कुँजाइदियो । अझ, गोपाल प्रसाद रिमालले गद्य कविताको सुरुवात नगरेको भए अहिले पनि छन्द कविताहरू भेटिने थिएनन् । बैरागी काइँला र पारिजातहरू जन्मने थिएनन् । त्यसपहिले त छन्द संस्कृति पढेको परिवारले लेख्ने हो । बोल्ने, रामायण, वेद भट्याउने, वा साहित्य लेख्ने त संस्कृति पढेकाले मात्र गर्ने काम हुने थियो । रिमालले गद्य कविताको सुरुवात नगरेको भए नेपालको जनजाति, मधेसी, दलित र महिलाहरू कवितामै आउँदैनथे ।

अहिले साहित्यको बजार विस्तार भएको छ । कतिपय साहित्यकारहरूले त आफूलाई होलटाइमर बताउँछन् । तर, गम्भीर साहित्यको पठन निकै कम छ भनिन्छ, त्यसैले साहित्यकारहरूले पेटका लागि पनि लेख्नुपर्ला नि ?

गम्भीर साहित्य पढिदैन भन्नु नै गलत हो । सामान्य लेखन र त्यसको विज्ञापनले केही समय त पुस्तक बिक्ला, तर त्यो दीर्घकालीन हुँदैन । आजभन्दा १०, १५ वर्ष पहिलेका हलुका उपन्यासहरू आज कुनै पनि पुस्तकालय वा पसलमा भेटिँदैन । लामो समयसम्म खोजिने त गम्भीर साहित्य नै हो नि ! त्यसैले अहिले पनि नेपालमा प्रगतिशील साहित्यकै ठूलो स्कोप छ ।

 

‘हामीले हिमाल उठायौँ एसियाको माझमा’, ‘जय जय नेपाल सुन्दर शान्त विशाल’ भन्नेजस्ता गीत पनि गाइयो । न नेपालले हिमाल उठाएको हो न देश शान्त र विशाल छ । तर, झलकमान गन्धर्वजस्ता गायकहरूलाई अगाडि ल्याएन । तर, पनि जबरजस्त केही गीतकार, कविहरू सामन्ती सत्ताको विरुद्धमा धावा बोल्दै अगाडि आए ।

 

 

परिवर्तनका लागि प्रगतिशील साहित्यले भूमिका निर्वाह गर्न सक्यो त ?

नेपालको राज्यव्यवस्थाले सत्तासँग धावा बोल्ने साहित्यलाई बहिस्कार गर्दै भक्तिगान गाउनेलाई प्रोत्साहन गर्दै लग्यो । त्यहीवेला छोरीभन्दा आमा तरुनी भन्नेजस्ता गीतहरू पनि गाइए । तर, रमेश रायन, जीवन शर्माहरूजस्ता कविहरू पनि जन्मिए नि । ‘हामीले हिमाल उठायौँ एसियाको माझमा’, ‘जय जय नेपाल सुन्दर शान्त विशाल’ भन्नेजस्ता गीत पनि गाइयो । न नेपालले हिमाल उठाएको हो न देश शान्त र विशाल छ । तर, झलकमान गन्धर्वजस्ता गायकहरूलाई अगाडि ल्याएन । तर, पनि जबरजस्त केही गीतकार, कविहरू सामन्ती सत्ताको विरुद्धमा धावा बोल्दै अगाडि आए । गणतन्त्र ल्याउनमा उनीहरूको निकै ठूलो भूमिका छ ।

गोपालप्रसाद रिमालले ‘आमाको सपना’ भन्ने कवितासंग्रह प्रकाशित गर्नुभएको थियो । उक्त कविताबाट उहाँले राणाशासन अन्त्यको कल्पना गर्नुभयो र राणाशासनको अन्त्य पनि भयो । त्यो स्तरमा सोच भएका साहित्यकारहरू अहिले देख्नुहुन्छ कि हुँदैन ?

त्यसरी दाँज्न मिल्दैन । पहिलो पुस्ताको त्यस्तो असाधारण व्यक्ति छ भने त्यसलाई नयाँ पुस्ताले नाघ्न नसक्लान् । मलाई के लाग्छ भने रिमालहरू नयाँ पुस्ताका होनहार लेखक हुन् । तर, नयाँ युगलाई प्रतिनिधित्व गर्ने कवि त दर्जनौँ जन्मिसके नि ।’ रिमालपछि पनि धेरै ठूला परिवर्तन भइसके नि ! त्यो सन्दर्भ र युग नै फरक भयो ।

 

पछिल्लो समय देशमा धेरै ठूला परिवर्तन भइसके, अब त्यस्ता गम्भीर खालका साहित्य पढ्न जरुरी छैन भन्ने खालका धारणा पनि वेला–वेला आउँछन् नि ?

विश्वव्यापी रूपमा साहित्य उपभोक्तावाद, उत्तरआधुनिकतावाद, साम्राज्यवाद वा पुँजीवादीहरूको वैचारिक हतियार पनि हो । उपभोक्तावादले मान्छेलाई सामान उपभोग गर्ने मेसिनमा परिणत गर्छ । उसको काम भनेको सामान उपभोग गर्ने हो । सामान उपभोग गर्नका निम्ति उसले १८ घन्टा काम गर्छ । उपभोक्तावादले मान्छेलाई यति व्यस्त बनाउँछ कि उसले आफ्नै जीवनबारेसम्म सोच्न नपाओस्, आफ्नो र सामाजिक मुक्तिको विषयमा सोच्न नपाओस्, नष्ट हुने प्रक्रियामा रहेको मान्छेको पर्यावरणबारे सोच्न नपाओस् । उसको दिमागको निर्माण यसरी गरिएको छ कि उपभोग नै जिन्दगी हो । उपभोगभन्दा टाढा संसार छैन । मैले संसारमा हुने सबै चिज जसरी पनि उपभोग गर्नुपर्दछ ।

मान्छेलाई नसोच्ने प्राणी बनाउनका लागि साहित्यिक, राजनीतिक वा आर्थिक कार्यक्रमहरू लिएर आएको छ । त्यसैले, मानिसहरूले गम्भीर साहित्य पढ्दैनन् । उपभोक्तावादका कारण उनीहरूसँग समय नै हुँदैन । आठ घन्टा काम गरेर आठ घन्टा आराम र मनोरञ्जनलाई दिनुपर्छ या पृथ्वीमा भएका ठूलो दुःखको जमातका बारेमा सोच्न नपाओस् भनेर उसलाई व्यस्त बनाइएको हुन्छ । कतिपयले के भन्छन् भने, ‘आफ्नो वा आमा हेर्ने फुर्सद त छैन किन यति लामो साहित्य पढ्ने ?’ के यो युग ठीक हो ? होइन भने बाआमालाई हेर्न समय निकाल्नका निम्तिचाहिँ किन नलड्ने त ? त्यसैले साहित्य क्षेत्रमा उपभोक्तावाद वा बजार हाबी हुँदै छ । विभिन्न क्षेत्रमा भएको चर्चालाई क्यासमा परिवर्तन गर्ने खेल भएका छन् । सामान्य खालका साहित्य लादेर गम्भीर खालका साहित्य पढ्नतिर उन्मुख नगराउने अवस्था सिर्जना गरिएको छ । ता कि जनता विद्रोही नबनुन् । यसको विरुद्धमा संसारभरका मार्कसिस्ट लेखकहरू लडिरहेका छन् ।

 

प्रेम, यौन, विवाहको विषयमा लेख्न हुन्न भन्ने होइन । त्यो जीवनको खण्ड भएकाले लेख्नै पर्छ । माक्र्ससिसहरूको सबै लेखनीमा त्यो पाइन्छ । तर, त्यसलाई कसरी लेख्ने भन्नेचाहिँ मुख्य कुरा हो ।

 

तपाईहरू प्रेम या यौन विषयमा लेखिने साहित्यको विरोधी हो ?

प्रेम, यौन, विवाहको विषयमा लेख्न हुन्न भन्ने होइन । त्यो जीवनको खण्ड भएकाले लेख्नै पर्छ । माक्र्ससिसहरूको सबै लेखनीमा त्यो पाइन्छ । तर, त्यसलाई कसरी लेख्ने भन्नेचाहिँ मुख्य कुरा हो ।

तपाईले नेपालमा मास्टरपिस पुस्तकहरू लेख्नुभएको छ, राजनीतिलाई पनि सँगसँगै अगाडि बढाइरहेको बताउनुहुन्छ, खासमा तपार्इं राजनीतिज्ञ बढी कि साहित्यकार ?

राजनीति मेरो दायित्व हो र साहित्य रुचिको विषय । म राजनीतिमा होलटाइमर हुँ । तर, साहित्यमा होइन । उसो त साहित्य होलटाइमर हुन्छ भन्ने नै लाग्दैन । २४सै घन्टा साहित्य लेखिरहन त सकिदैनँ नि । मैले कहाँ कति योगदान गर्न सकेँ भन्ने विषयचाहिँ बाहिरबाट मूल्यांकन गर्ने विषय हो ।