भारतले नेपालको ट्रान्जिट कार्गोमा जिएसटी हटायो - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

कृष्ण रिजाल, काठमाडौं   |   असोज १९, २०७४

यसै साताबाट लागू भएको जिएसटी छुटले नेपालको वार्षिक सवा अर्ब रुपैयाँ जोगिने –

 

भारतले ट्रान्जिट कार्गोमा लगाउँदै आएको सेवा कर (जिएसटी) हटाएको छ । केन्द्र सरकारले वस्तु तथा सेवा कर (जिएसटी)सम्बन्धी व्यवस्था संशोधन गर्दै नेपाल र भुटानले भारत हुँदै तेस्रो मुलुकमा गर्ने आयात–निर्यातमा लाग्ने सेवा कर हटाएको हो । भारतीय वित्त मन्त्रालयले सूचना जारी गर्दै यही १३ असोजदेखि लागू हुने गरी जिएसटी हटाएको हो ।

भारतले करसम्बन्धी नयाँ कानुन ल्याउँदै गत १ जनवरीदेखि लागू हुने गरी जिएसटी सुरु गरेको थियो । त्यसयता नेपाल र भुटानले भारत हुँदै गर्ने आयात–निर्यातमा सेवा कर तिर्दै आएका थिए । यद्यपि, भारतबाट हुने निर्यातमा भने जिएसटी लाग्दैनथ्यो । नेपाल सरकार र निजी क्षेत्रको बारम्बारको आग्रहपछि भारतले ट्रान्जिट कार्गोमा लाग्ने जिएसटी हटाएको वाणिज्य मन्त्रालयका सहसचिव रवि सैँजूले जानकारी दिए ।

निर्णय भइसके पनि नेपाली आयातनिर्यातकर्ताले यो सुुविधा पाउन अझै केही समय लाग्ने नेपाल उद्योग बाणिज्य महासंघका पारवहन समितिका सभापति अशोक टेमानीले बताए । ‘भारतीय करप्रशासनले ट्रान्जिट कार्गोमा जिएसटी शून्य गर्ने गरी सफ्टवेयर अपडेट गरिरहेको जनाएको छ, त्यसैले यो साताभित्रै नेपालीले यो सुविधा प्राप्त गर्ने आशा छ,’ उनले भने ।

भूपरिवेष्टितलाई कर छुट
भारतले भूपरिवेष्टित मुलुक नेपाल र भुटानले भारत हुँदै गर्ने ट्रान्जिट कार्गोमा जिएसटी हटाएको जनाएको हो । ‘नेपाल र भुटान (भूपरिवेष्टित मुलुक)को ट्रान्जिट कार्गो सेवा वितरणमा लाग्ने कर हटाइएको छ’ भारतले जारी गरेको सूचनामा उल्लेख छ । भारत सरकारले १२ असोजमा ट्रान्जिट कार्गोमा लाग्ने जिएसटी हटाउने निर्णय गरेको हो ।

नेपालको वार्षिक करिब सवा अर्ब जोगिने
तेस्रो मुलुकबाट हुने आयात–निर्यातमा लाग्ने जिएसटी हटेसँगै नेपालको व्यापार लागतसमेत घट्ने अग्रवाल बताउँछन् । नेपालले भारत हुँदै वार्षिक करिब ७० देखि ७५ हजार कार्गो कन्टेनरमा मालवस्तु आयात गर्छ । यसरी हुने आयातमा प्रतिकन्टेनरमा कुल डेढ लाख रुपैयाँसम्म सेवा शुल्क तिर्नेगरेको उनी बताउँछन् । ‘त्यसमा लाग्ने जिएसटीबापतको रकम छुट पाउँदा वार्षिक करिब १ अर्ब १२ करोड रुपैयाँ जोगिन्छ’ उनले भने, ‘जिएसटी हटेको फाइदा उपभोक्तासम्म नै पुग्नेछ ।’

गैरकानुनी थियो कर
विश्व व्यापार संगठनको व्यापार सहजीकरण सम्झौताको दफा ११ अनुसार भूपरिवेष्टित मुलुकमा यस्तो कर लगाउन पाइँदैन । यद्यपि, भारतले नेपाल र भुटानले तेस्रो मुलुकबाट गर्ने आयात–निर्यातमा जिएसटी लगाउँदै आएको थियो । यसअघि पनि भारतले अन्तर्राष्ट्रिय कानुनविपरीत भारतमा हुने वस्तु तथा सेवाको आपूर्तिमा सेवा शुल्क लगाएको थियो । निरन्तरको दबाबपछि भारतले उक्त ट्याक्स हटाए पनि जिएसटीले भने निरन्तरता पाएको थियो ।

‘करिब एक महिना नेपालको प्रतिनिधिमण्डलले आयात–निर्यातमा जिएसटी नलगाउन विशेष आग्रह गरेको थियो’ अग्रवालले भने, ‘भारतले त्यसलाई सकारात्मक लिएको थियो, ढिलै भए पनि जिएसटी हट्नु असाध्यै राम्रो हो ।’

अब के–केमा जिएसटी लाग्दैन ?

नेपाल र भुटानले भारत हुँदै आयात–निर्यात गर्दा ढुवानी, क्लियरिङ, पोर्ट चार्ज, गोदामलगायत थुप्रै्र सेवामा जिएसटी तिर्दै आएका थिए । अब यी सबै सेवामा लाग्ने कर दुवै मुलुकले तिर्नुपर्ने छैन । नेपालले ट्रक, जहाज र रेल्वे ढुवानी, मालवस्तुको क्लियरिङ, बन्दरगाहको प्रयोग, गोदामको उपयोगलगायतमा तिर्नुपर्ने थुप्रै कर हटेको नेपाल फ्रेट फरवार्ड एसोसिएसनका कोषाध्यक्ष नरेश अग्रवालले बताए ।