दसैँमा घर गएकामध्ये साढे ३ लाख मानिस फर्किए - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

जीवन बस्नेत, काठमाडौं   |   असोज १९, २०७४

कलंकी चोक र कोटेश्वरदेखि लोकन्थलीसम्म जाम –

दसैँ, तिहार, छठलगायतका चाड मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएकामध्ये बुधबार साँझसम्म साढे ३ लाख मानिस काठमाडौं भित्रिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाबाट कुल २३ लाख मानिस बाहिरिएका थिए । बाहिरिएकाको तुलनामा अहिलेसम्म फर्किएकाको संख्या १५ प्रतिशत मात्र हो । ‘फर्किएको संख्या बाहिरिएकाको तुलनामा धेरै कम हो । आगामी हप्तादेखि भिड बढ्ने अनुमान छ,’ महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले भने । बुधबार मात्र (साँझसम्म) उपत्यकामा १ लाख मानिस भित्रिएका छन् । जब कि मंगलबार उपत्यकामा ७६ हजार मानिस भित्रिएका थिए । यस तथ्यांकअनुसार पनि काठमाडौं फर्किनेको संख्या बढिरहेको देखिन्छ ।

अधिकांश विद्यार्थी छठपछि मात्र फर्किने
चाडपर्वमा घर गएकामध्ये जरुरी काम भएका, निजी संस्थामा काम गर्ने र सरकारी कर्मचारी, प्रहरी तथा सेनामा कार्यरत फर्किरहेका छन् । काठमाडौंमा अध्ययन गर्ने विद्यार्थीमध्ये अधिकांश छठपछि विद्यालय र क्याम्पस सुरु हुने भएकाले तत्काल नफर्कने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

सिद्धार्थ राजमार्गबाहेक मुख्य सडकमा समस्या छैन
सडक विभागका अनुसार सिद्धार्थ राजमार्गबाहेक दसैँ र त्यसपछि देशभर सडक सुचारु रहेको छ । दसैँलगत्तै सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा पर्ने सिद्धबाबा भन्ने स्थानमा पहिरो गएका कारण पटक–पटक सडक अवरुद्ध भइरहेको छ । धेरैका लागि समस्या बनेको मुग्लिङ–नारायणगढ सडक बुधबारसम्म सुचारु छ । उक्त सडकखण्डमा अहिले यात्रुबाहक बसलाई २४ घन्टा खुला गरिएको छ ।

ठमेलमा ट्राफिकको विशेष अभियान
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दसैँलगत्तै काठमाडौंकै पर्यटकीय केन्द्र ठमेलमा विशेष ट्राफिक अभियान थालेको छ । उक्त क्षेत्रमा नो हर्न क्षेत्रमा हर्न बजाउने, बढी भाडा लिने, सिटबेल्ट नबाँध्ने, नो पार्किङ क्षेत्रमा सवारीसाधन रोक्नेलाई कारबाही गरिएको महशाखाका प्रवक्ता उमेश रञ्जितकारले जानकारी दिए । ‘यस अभियानमा गल्तीअनुसार ५ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिवाना गरिएको छ,’ उनले भने । अभियानअन्तर्गत दैनिक ५० भन्दा बढी कारबाहीमा पर्ने गरेका छन् ।

उपत्यकामा सडक दुर्घटनाबाट हुने मृत्यु संख्यामा कमी
ट्राफिक प्रहरीका अनुसार यो वर्ष दसैँ अवधिमा काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट हुने मृत्यु संख्यामा कमी भएको छ । ‘दुर्घटनाको संख्यामा परिवर्तन नभए पनि दुर्घटनाबाट हुने मानवीय क्षति यो वर्षको दसैँमा कम छ,’ महाशाखाका प्रवक्ता रञ्जितकारले भने । यो वर्ष बुधबारसम्म उपत्यकामा सवारी दुर्घटनामा परी ४ जनाको ज्यान गएको छ । गत वर्ष दसैँको पूर्णिमासम्म सवारी दुर्घटनाबाट १० जनाको ज्यान गएको थियो । यो वर्ष प्रहरीले बिहान ३ बजेसम्म मापसे चेक र गस्ती गरेको जानकारी दिएको छ । यसले पनि दुर्घटनामा कमी आएको प्रहरीको विश्वास छ ।