दसैँमा ७४ हजारभन्दा बढी पशुपक्षी उपत्यका भित्रिए - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असोज १९, २०७४

दसैँमा मासुका लागि ७४ हजारभन्दा बढी पशुपक्षी काठमाडौं उपत्यका भित्रिएका छन् । त्यसमध्ये ४५ हजारभन्दा बढी खसी, बोका र करिब ५ हजार च्यांग्रा रहेको पशुपक्षंी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले दसैँमा मासु र मासुजन्य पदार्थको खपतका लागि भित्रने जिउँदो पशु चौपायाको स्वास्थ्य परीक्षण गर्न उपत्यकाको सात स्थानमा पशु चिकित्सकको टोली खटाएको थियो । सोही टोलीको तथ्यांकअनुसार सप्तमीसम्म ७३ हजार ८ सय ७७ वटा पशुपंक्षी भित्रिएका हुन् ।

टोलीमा रहेका पशु चिकित्सक डा. हेमराज बोहोराले केही अस्वस्थ्य र केही मरेका चौपाया पनि अनुगमनका क्रममा भेटिएको जानकारी दिए । ‘मरेकालाई खाल्डो खनेर पुरियो’ उनले भने, ‘रोगीलाई रातो चिह्न लगाएर बिक्री नगर्न निर्देशन भएको थियो ।’ अनुगमन टोलीका प्रमख डा. बलबहादुर थापाका अनुसार रोगीलाई रातो चिह्न लगाए पनि पसलमा बिक्री गर्न सक्ने सम्भावना देखिएकाले उपचार गरेर ठीक भएको प्रमाणपछि मात्रै बिक्री गर्न पाउने गरी निगरानीमा राखिएको थियो ।

चौपाया खरिदबिक्री सेवा संघका अध्यक्ष गोविन्द पाठकले दसैँका वेला माग भएअनुसार खसी, बोका र चौपायाको आपूर्ति गरिएको जानकारी दिए । ‘दैनिक २५ गाडीसम्म खसी, बोका आयात गरेर भए पनि आपूर्ति गरिएको छ’ उनले भने । एउटा गाडीमा २ सय ५० खसी, बोका ढुवानी गर्न सकिन्छ । दसैँमा अधिकतम ५ सय रुपैयाँ प्रतिकिलोसम्म जिउँदो खसी, बोकाको मूल्य निर्धारण भएको थियो । च्यांग्रा ७ सय रुपैयाँ प्रतिकिलोसम्ममा व्यवसायीले बिक्री गरेका थिए ।

बाटोमा खसी, बोका
सप्तमी र अष्टमीमा उपत्यका प्रवेश गर्ने प्रमुख नाकाको सडकछेउमा खसी, बोका बगे्रल्ती राखिएको थियो । त्यस्तै, बिजुलीबजार, बबरमहलका सडक पनि खसी, बोका बिक्रीका लागि राखिएको थियो । मुख्यगरी कलंकी, बल्खु, कोटेश्वर, बालाजु, चाबहिल, बानेश्वरसम्म खसी, बोका सडकपेटीमा राखेर बिक्री गरिएको थियो । सडकपेटीमा राखेर बिक्री गर्नेहरू संस्थागत व्यवसायी नभएको चौपाया खरिदबिक्री सेवा संघले जनाएको छ । दसैँका वेला घरमा पालेर राखेका खसी, बोका सहरमा ल्याएर बिक्री गर्ने साना किसानले सडकपेटीमा राखेर बिक्री गर्ने गरेको संघको भनाइ छ ।

षष्टीमा १९ हजार भित्रिए
दसैँको छैटौँ दिन माछा, अन्डा, खसी, बोका, हाँस, भेडा, च्यांग्रा, राँगा, पाडा, भैँसी, कुखुरा, बँगुरलगायत १९ हजार २ सय दुईवटा भित्रिएका थिए । त्यसमध्ये थानकोटबाट ६ हजार ६ सय ३८, टुकुचाबाट १ हजार १ सय ६८, सतुंगलबाट १ सय ६९, सल्लाघारीबाट १ हजार १ सय २३, बालाजुबाट ३ हजार ८ सय ७८, कलंकीबाट ५ हजार ६ सय ५१ को स्वास्थ्य परीक्षण गरी तथ्यांक संकलन गरिएको डा. बोहोराले जानकारी दिए।