वाम गठबन्धनको घोषणा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असोज १९, २०७४

बल्ल देशमा नयाँ संविधानका प्रभाव राजनीतिक दलहरूको वृत्तमा सरेजस्तो देखिन थालेको छ । आगामी १० र २१ मंसिरमा हुन लागेको संसद् र प्रदेशसभाका निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक दलबीच हुन लागेको ध्रुवीकरण र गठबन्धन निर्माणले यस्तो संकेत गरेको हो । पछिल्लोपटक संसद्को दोस्रो र तेस्रो ठूलो दलका रूपमा रहेका र गत स्थानीय तहको निर्वाचनमा प्राप्त लोकप्रिय मतका आधारमा पनि दोस्रो र तेस्रो नै देखिएका एमाले र माओवादी केन्द्रबीच घोषणा गरिएको गठबन्धनले नेपाली राजनीतिलाई नयाँ ध्रुवीकरणतिर लैजाने अपेक्षा गरिएको छ । आगामी निर्वाचनमा एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशतका दरले उम्मेदवार उठाउने भएका छन् । लामो समयदेखि मधेसकेन्द्रित राजनीति गरिआएका हृदयेश त्रिपाठी र पशुपति दयाल मिश्र तथा नयाँ शक्तिका नाममा अलग्गै दल सञ्चालन गरिआएका डा. बाबुराम भट्टराईको समूहले पनि एमालेकै निर्वाचन चिह्नमा निर्वाचन लड्ने घोषणा गरिसकेका छन् । यसरी हेर्दा आगामी निर्वाचनमा एमालेको नेतृत्वमा एउटा बृहत् गठबन्धन बन्न लागेको बुझ्न सकिन्छ । हाल सरकारमा रहेको कांग्रेस नेतृत्वको गठबन्धनबाट एमाले नेतृत्वको गठबन्धनमा पुगेको माओवादी केन्द्र र एमालेबीच त पार्टी एकीकरण गरेर जानेसमेत घोषणा भएको छ, जसमा नया“ शक्ति पार्टी पनि सामेल हुने भएको छ । यसले पनि राजनीतिलाई थप ध्रुवीकरणतिर लानेछ ।

दलबीचको धु्रवीकरणले मुद्दामा आधारित राजनीतिलाई सहयोग पुग्ने, ससाना दल र तिनका स्वार्थका कारण सरकार अस्थिर भइरहने समस्याबाट पनि मुक्ति मिल्ने भएकाले यस्ता गठबन्धन देशका लागि अनुकूल नै हुनेछन्

संसदीय राजनीतिक प्रणाली अपनाएको र समानुपातिक प्रतिनिधित्वसहितको मिश्रित निर्वाचन प्रणाली भएको हाम्रो जस्तो देशमा त्यसले राजनीतिक अस्थिरतालाई निरन्तरता दिन सक्ने अनुमान गरिएको थियो । संविधान बनाउने वेलामा निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न अस्वीकार गरेका ठूला दुई दलले गठबन्धनमार्फत सरकार बनाउने र त्यसैलाई टिकाउने प्रयत्न गर्न थालेको संकेतका रूपमा यसलाई लिन सकिन्छ । अर्कातर्फ वैचारिक दृष्टिले पनि नेपालका कतिपय राजनीतिक मुद्दा संविधानले नै किनारा लगाइसकेको छ । विभिन्न नाममा बा“डिएका वामपन्थी दल र उदारवादी विचारका राजनीतिक दल मिल्दै एकआपसमा सहकार्य गर्ने प्रयास गर्दा बरु उनीहरूबीचमा कस्तो विकासको मोडल अपनाउने, लोककल्याणकारी व्यवस्थालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा रहेका मतभेदकै आधारमा जनमत माग्ने र त्यसैका आधारमा सत्ता चलाउने अभ्यास बस्न सक्छ ।

प्रकारान्तरले यो पश्चिमको राजनीतिक मोडलको अनुसरणजस्ताे हुनेछ, जहाँ सामान्यतः राजनीतिमा वामपन्थी र दक्षिणपन्थी विचारबीच संघर्ष हुने गर्छ र त्यस्तो शक्तिको प्रतिनिधित्व दुई मुख्य राजनीतिक दलले गर्ने गरेका छन् । यता एमाले गठबन्धनको राजनीतिक चरित्र कति वामपन्थी हुनेछ र कांग्रेसले आफ्नो वर्ग आधार र वैचारिक धार कस्तो बनाउनेछ भन्नेबारे अर्थात् दुईबीचको भिन्नताबारे अझै अन्योल रहेको भए पनि यी गठबन्धनले क्रमशः राजनीतिलाई त्यतैतिर डोर्‍याउने अनुमान गर्न सकिन्छ । यसरी हुने ध्रुवीकरणले मुद्दामा आधारित राजनीतिलाई सहयोग पुग्ने, ससाना दल र तिनका स्वार्थका कारण सरकार अस्थिर भइरहने समस्याबाट पनि मुक्ति मिल्ने भएकाले यस्ता गठबन्धन देशका लागि अनुकूल नै हुनेछन् । कांग्रेस पनि अब दबाबमा आएर अर्को गठबन्धनको प्रयासमा लागिसकेको समाचार आएका छन् । हाम्रो राजनीतिक चुनौतीलाई सामना गर्ने शक्ति सञ्चय होस् भनेर आशा गर्ने हो भने यस्ता गठबन्धनलाई स्वागत गरिनुपर्छ ।