तीन अमेरिकी वैज्ञानिकलाई चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

एजेन्सी, स्टकहोम   |   असोज १८, २०७४

यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार तीनजना अमेरिकी वैज्ञानिकलाई प्रदान गरिने भएको छ । तीनजना अमेरिकी वैज्ञानिक जेफरी सी हल, माइकल रोजब्यास र माइकल डब्ल्यु. योङ्लाई यस वर्षको चिकित्शाशास्त्रको पुरस्कार संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरिएको नोबेल पुरस्कार समितिले जनाएको छ । मानव शरीरले बिहानदेखि रातिसम्म के–कस्तो प्रतिक्रिया दिन्छ र समयअनुसारको चाल शरीरले कसरी थाहा पाउँछ भन्ने विषयमा अनुुसन्धान गरेबापत नोबेल पुरस्कार समितिले सो पुरस्कार प्रदान गरेको हो ।


चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित वैज्ञानिक जेफरी सी हल, माइकल रोजब्यास र माइकल डब्ल्यु. योङ ।

तीनजना वैज्ञानिकले ‘सकार्डियन रिदम’बारे गहन अनुसन्धान गरेका थिए । ‘सकार्डियन रिदम’ मानव शरीरले काम गर्ने वा प्रतिक्रिया दिने एक प्रक्रियागत विधा हो ।

मानिसको शरीरले बिहान सूर्य उदाउँदा, दिउँसो घाम लाग्दा र साँझ घाम अस्ताउँदा के–कस्तो प्रतिक्रिया दिन्छ भन्ने विषयमा उनीहरूको अनुसन्धान केन्द्रित थियो ।

उनीहरूको अनुसन्धानअनुसार मानव शरीरले समयअनुसार जैविक घडीका आधारमा चल्ने गर्छ । यही घडीका आधारमा रातमा मानिसलाई निद्रा लाग्छ भने बिहानीको समयको पनि शरीरको घडीले नै जानकारी दिन्छ र निद्राले छोड्छ ।

जैविक घडीले मानिसको मनको भाव (मुड), तापक्रम र विभिन्न हर्मोनको अवस्थाबारे पनि निर्धारण गर्छ । ‘चिकित्साशास्त्र क्षेत्रको यस वर्षको अनुसन्धान महत्वपूर्ण हो । अनुसन्धानका लागि तिनैजना वैज्ञानिक नोबेल पुरस्कार प्राप्त गर्न योग्य छन् ।’ पुरस्कार छनोटसम्बन्धी नोबेल समितिका सदस्य जुलिन जिराथले भने ।

अनुसन्धानबाट मानिस एक महादेशदेखि अर्काे महादेशमा जाँदा समयमा पर्ने फरक र परिवर्तित समयका कारण शरीरले थाहा पाउने चाललाई सहज बनाउने विश्वास गरिएको छ ।

त्यस्तै, जहाजको लामो यात्राका क्रममा शरीरलाई ‘जेट ल्याग’ हुने जस्ता शारीरिक प्रतिक्रियाको मापनमा पनि यो अनुसन्धानले सहयोग गर्ने र मानवको स्वास्थ्य समृद्धिमा सहयोगी सिद्ध हुने जिराथले जानकारी दिए ।

यो शारीरिक चाल मानिसमा मात्र नभएर बोटबिरुवा, प्राणी तथा अन्य जैविक वस्तुमा पनि देखिने गरेको अनुसन्धानमा उल्लेख छ । यो पुरस्कारको राशि ११ लाख अमेरिकी डलर छ ।

भौतिकशास्त्रतर्फको पुरस्कार पनि तीन वैज्ञानिकलाई

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित वैज्ञानिक विस, वारिस र थ्रोन (बायाँबाट)

यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार पनि तीनजना वैज्ञानिकलाई प्रदान गरिने भएको छ । वैज्ञानिक त्रय रेनर विस, बारी सी बारिस र किप एस थोर्नलाई सो पुरस्कार प्रदान गरिने भएको हो ।

अमेरिकाको म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजीका विसले आधा पुरस्कार र क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका बारिस र थोर्नलाई संयुक्त रूपमा सो पुरस्कार दिइएको नोबेल समितले जनाएको छ ।

गुरुत्वाकर्षण तरंगसम्बन्धी अध्ययन गर्ने लेजर इन्टरफेरोमिटर ग्राभिटेसनल–वेभ अब्जरभेटरी (लिगो) डिटेक्टर नामक उपकरण निर्माणका लागि उनीहरूलाई सो पुरस्कारले सम्मानित गरिने भएको हो ।

‘उनीहरूको आविष्कारले अहिलेसम्म पहिचान नभएको संसार पत्ता लगाउने बाटो खुलेको छ । यो गुरुत्वाकर्षण तरंगसम्बन्धी खगोलशास्त्रमा नयाँ बिहानी मानिएको छ’ पुरस्कार चयन समितिका एक सदस्य ओल्गा बोटनरले भने ।पुरस्कार प्राप्त गर्दा आफूलाई आनन्द अनुभूति भएको विजेतामध्ये एक विसले भने । विसले भने, ‘साँच्चै म साहै्र प्रफुल्ल छु । यो अचम्मको अनुभव हो । अनुसन्धानले संसार बुझ्न नयाँ वैज्ञानिक बाटो तय भएको छ,’ उनले भने ।