डम्पिङसाइटको पिरलो - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असोज १८, २०७४

पछिल्ला दिनमा स्थानीय तहको पुनः संरचनाका क्रममा देशमा महानगर, उपमहानगर र नगरपालिकाको संख्या निकै बढेको छ । देशमा महानगर, उपमहानगर या नगरपालिकाजस्ता स्थानीय तहको संख्या बढ्नु खुसीकै विषय हो । किनकि, देशमा नगरक्षेत्रको वृद्धि हुनु भनेको नगरमा हुनुपर्ने सेवासुविधा जनताले उपभोग गर्न पाउनु पनि हो । सामान्यतः गाउँबाट नगरमा पदोन्नति भएका क्षेत्रमा व्यवस्थित सडक, खानेपानी, ढल निकास, स्कुल, कलेज, अस्पताल, बिजुली, टेलिफोन, पार्क, बजार, खेलमैदान आदि हुनुपर्ने हो । तर, हामीकहाँ हतारहतारमा नगरक्षेत्र घोषणाचाहिँ गर्ने तर नगरमा आवश्यक भौतिक पूर्वाधारतर्फ भने खासै चासो दिने गरेको देखिन्न ।

नगरक्षेत्र घोषणासँगै शिक्षा, रोजगारी तथा अन्य भौतिक सुखसुविधाको खोजीमा जनसंख्याको चाप गाउँबाट त्यस्ता नगरमा बढ्ने गरेको देखिन्छ । तर, जनसंख्याको चापसँगै हचुवामा घोषणा गरिएका नगरक्षेत्र अव्यवस्थित देखिने गरेका छन् । यस्ता नगरक्षेत्रमा व्यवस्थित नगर विकास योजना नहुँदा घरहरू अत्यन्त अव्यस्थित रूपमा बन्ने गरेका छन् । योजनाबद्ध सडक सञ्जालको विकास नहुँदा यातायातका साधन सञ्चालनमा पनि समस्या देखिने गरेको छ । खानेपानी र ढल निकासको समस्या त हुने नै भयो । अनि, सरसफाइको पनि समस्या उस्तै छ । जनसंख्याको चापसँगै यस्ता नगरक्षेत्रमा फोहोरमैलाको समस्या बढ्नु स्वाभाविक हो । तर, नगरपालिकाहरूले व्यवस्थित डम्पिङसाइट निर्माण गरी फोहोर संकलन तथा व्यवस्थापन गर्न नसक्दा अधिकांश नगरक्षेत्र दुर्गन्धित हुने गरेका छन् ।

यस्तै समस्या देखिएको छ, तनहुँको व्यास नगरपालिकामा । नगरपालिकाको फोहोर व्यवस्थापनका लागि आवश्यक डम्पिङसाइट नहुँदा यो नगर बिस्तारै दुर्गन्धित हुँदै गएको छ । वरिपरिका नदीनाला प्रदूषित बन्दै गएका छन् । नगरक्षेत्र र नदीनाला फोहोर र प्रदूषित हुँदा यस क्षेत्रमा सरुवा रोगको संक्रमण फैलिन सक्ने खतरासमेत बढेको छ । अहिले नगरपालिकाले नगरक्षेत्रको फोहोर नजिकैको मादीनदीको किनारमा फाल्ने गर्दा नदी त दुर्गन्धित र प्रदूषित भएकै छ, साथसाथै नजिकै रहेको प्र्रसिद्ध तीर्थस्थल व्यास जन्मभूमिसमेत जोखिममा परेको छ ।

फोहोरमैला व्यवस्थापन व्यास नगरको मात्र समस्या भने पक्कै होइन । देशकै राजधानीसमेत रहेको सबैभन्दा पुरानो महानगरपालिकाको फोहोरमैला व्यवस्थापनमा पनि त्यस्तै समस्या छ । काठमाडौं महानगरबाट दैनिक निस्कने सयौँ टन फोहोरमैला फालिने नुवाकोटको ओखरपौवास्थित डम्पिङसाइट उहिल्यै भरिइसकेको र त्यहाँ थप फोहोरमैला फाल्न नसकिने समाचार आउन थालेको पनि लामै समय भइसकेको छ । ओखरपौवाको डम्पिङसाइट काठमाडौंको मात्र होइन, ललितपुर महानगरको पनि फोहोर विसर्जन गर्ने मुख्य स्थान हो । तर, सो डम्पिङसाइट भरिइसक्दा पनि दुवै महानगरले यसको भरपर्दो विकल्प अझै खोजी गरेका छैनन् । आगामी दिनमा काठमाडौं र ललितपुर महानगरको फोहोरमैला कहाँ विसर्जन गरिने हो, त्यसबारे दुवै महानगरका निर्वाचित अधिकारीले कुनै चासो दिएकोसमेत नदेखिनु चिन्ताको विषय हो ।

डम्पिङसाइट निर्माण गरी फोहोरमैला विसर्जन गर्नु तात्कालिक रूपमा आंशिक समाधान भए पनि यसले दीर्घकालमा फेरि पनि समस्या निम्त्याउने निश्चित छ । त्यसैले, सबैभन्दा पहिले महानगर, उपमहानगर र नगरपालिकाहरूले फोहोरमैलाको पुनः प्रयोगमा जनतालाई सचेत गराउँदै जनसहभागिताबाट यसको व्यवस्थापन सुरु गर्नुपर्छ । साथै, केहीअघि काठमाडौं महानगरले सुरु गरेको फोहोरबाट बिजुली निकाल्ने प्रविधि विस्तार गरी सबैतिरको फोहोर संकलन गरी त्यसबाट व्यावसायिक रूपमै बिजुली उत्पादन सुरु गर्ने, जैविक मल उत्पादन गर्ने र पुनः प्रयोगमा आउन सक्ने फोहोरमैलालाई छुट्याएर त्यसको व्यवस्थापन गर्नु जरुरी छ । फोहोरमैलाको समस्या देशैभरि विकराल बन्दै छ । त्यसैले समयमै यसबारे गम्भीरतापूर्वक सोचौँ ।