दसैँको टीका - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असोज १७, २०७४

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले यसपालि दसैँमा टीका लगाएको समाचार यतिवेला चर्चा र बहसमा छ । उनले २२ वर्षपछि आफ्ना मामाससुरा अर्थात् मान्यजनबाट टीका ग्रहण गरे र आफ्नी पत्नीलाई पनि टीका लगाइदिए । यसरी उनले लामो कालखण्डमा आफैँले अस्वीकार गरेको एउटा परम्परामा फेरि आफूलाई सामेल गराए । २२ वर्षअघि पनि उनी कम्युनिस्ट पार्टीका महामन्त्री थिए । कम्युनिस्टहरूको भाषामा क्रान्तिकारी थिए । अहिले पनि उनी कम्युनिस्ट पार्टीको अझ शक्तिशाली नेता छन् । यी बीचका २२ वर्ष उनले नेपाली राजनीतिको जुन बाटो समाएका थिए, त्यसले उनलाई कतिपय परम्परागत मूल्य र संस्कृति अस्वीकार गर्ने बाध्यता सिर्जना गरिदिएको थियो ।

दसैँ आफैँमा एउटा मिथकीय बिम्बहरूको जीवनमा अनुशरण गर्ने धार्मिक मनोवृत्ति हो । संस्कृतिको इतिहास हेर्दा आर्य र अनार्यबीच चलेको लामो संघर्षमा आर्यले अनार्यमाथि विजय प्राप्त गरेको सन्दर्भमा त्यसलाई शासकले विजयोत्सवका रूपमा मनाउने गरेका र पछि हिन्दू मिथोलोजीको रूपमा यसले विस्तार पाएको मान्न सकिन्छ । यसरी तर्क र तथ्यहरूको पछि लाग्दा दसैँ जे भनेर मनाइन्छ, त्यो आफैँमा ग्रहण गरिरहनुपर्ने विषय होइन । तर, संस्कृति र परम्पराका रूपमा जरो गाडी बसेको र खास समुदायको अभिन्न सांस्कृतिक, मनोरञ्जनात्मक, सामाजिक र पारिवारिक संस्कारका रूपमा सयौँ वर्षदेखि मानिआएकाले यसलाई बेवास्ता गर्नु पनि सम्भव थिएन । प्रचण्डले टीका नलगाउँदा उनीमाथि अनेक लाञ्छना लगाइएका थिए, टीका लगाउँदा पनि अर्को कोणबाट प्रश्न उठ्ने नै छन् । तर संसदीय राजनीतिमा आफूलाई जनमत हासिल गर्न सहज हुने उपाय अवलम्बन गर्न चाहेको रूपमा बाहेक अरू ढंगले यसलाई चर्चाको विषय बनाइरहनुको कुनै अर्थवत्ता देखिन्न ।

प्रचण्डले दसैँको टीका लगाएपछि यो वर्ष जे–जति आलोचना र टिप्पणी भए पनि अर्को वर्ष उनलाई सहज हुनेछ र उनको परिवार पनि समाजका अरू परिवारसरह सामान्य अवस्थामा फर्कनेछ

टीका लगाएका प्रचण्डलाई अब समाजमा संस्कृतिविरोधी हिन्दू धर्मविरोधी आदि आरोपबाट मुक्ति मिल्नेछ र वामपन्थी कोणबाट चाहिँ जनयुद्धबाट स्थापित गर्न खोजिएको फरक संस्कृति त्यागेको आरोप लाग्नेछ । तर, प्रचण्डले गरेकोचाहिँ बिल्कुल व्यवहारवादी राजनीतिबाहेक केही होइन । साम्यवादीहरू धर्मप्रति आस्था राख्दैनन् । यसको अर्थ हो, यो सृष्टिका यावत् पक्षमा ईश्वरको भूमिकालाई अस्वीकार गर्छन् । पदार्थलाई चेतनाको आधार मान्ने भएकाले उनीहरूलाई भौतिकवादी भनिएको हो । यसअघि साम्यवादी क्रान्ति भएका देशमा जहाँजहाँ एकलौटी कम्युनिस्ट सत्ता स्थापित भए, त्यहाँका शासकलाई मन्दिर धाइरहनुपरेन । उनीहरूको निष्ठा र आस्थामाथि प्रश्न उठाउन निषेध थियो । यता नेपालका एमाले या माओवादीजस्ता कम्युनिस्ट पार्टी र तिनका नेतालाई चाहिँ जनमतको प्रतिस्पर्धामा सामेल भएर आफ्नो जित निश्चित गर्नु छ । उनीहरू जनताको परीक्षण र आलोचनाको घेराबाहिर पनि छैनन् । यसका लागि तिनलाई पाइलापाइला सम्झौता गर्दै हिँड्नु परिरहेको छ । समाजलाई परिवर्तन गर्न हिँडेकाहरू सामाजिक चेतनामा रहेको रुढ मानसिकतामाथि हस्तक्षेप गर्न नसकेपछि त्यसैसँग आफ्नो अनुकूलन गर्दै मतको राजनीति गर्छन् ।

प्रचण्डले आफूलाई समाजभन्दा विशिष्ट देखाउन बल त गरे तर सकेनन् । सामान्य अवस्थामा फर्के । यो वर्ष जे–जति आलोचना र टिप्पणी भए पनि अर्को वर्ष उनलाई सहज हुनेछ र प्रचण्डको परिवार पनि समाजका अरू परिवारसरह सामान्य अवस्थामा फर्कनेछ । उनले टीका लगाए पनि नलगाए पनि समाजमा के–के पक्षमा हस्तक्षेप गर्ने हो र कसरी गर्ने हो या कुन–कुन विषयलाई चल्न दिइरहने हो भन्ने विषयमा भने बहस भइरहनु जरुरी छ । कतिपय परम्परा यस्ता छन्, जसले पितृसत्ता, धर्मसत्ता, पुरुष सत्ता, जातसत्ता र उच्चवर्गको सत्तालाई जोगाइरहन्छ । यसमाथि हस्तक्षेप गर्न अस्वीकार गर्नेले समाजलाई यथास्थितिमा जकड्याइरहन मद्दत गरेको ठहर्नेछ ।