आफैँलाई चिन्ने प्रयास गराैँ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   असोज ११, २०७४

दसैँ आयो । परम्परागत दृष्टिले त दसैैँका ६ दिन गैसके । घटस्थापनादेखि आरम्भ भएको नवदुर्गाको पूजा आज फूलपाती भित्रयाउने दिनसम्म आइसकेको छ । धार्मिक रूपमा शक्तिपीठ र घरघरका पूजाकोठामा दसैँ आयो । विद्यालय बिदा भएका बालबालिकालाई दसैँ आइसक्यो । सहरबाट गाउ“तिर दसैँ मनाउन या काठमाडौंलगायत सहरबाट आफ्नो घर फिर्ने लाखौँ नेपालीलाई दसैँ लागिसक्यो । बस व्यवसायी, कपडा र मसलाका व्यापारी, खसी र मासुका व्यापारी तथा दसैँ छेको वर्षभरिको व्यापार गर्न खोज्ने कतिपय लक्जरी सामानका विक्रेतालाई दसैँ एकाध महिनापहिल्यैदेखि लागेको हो । यो दसैँ भन्न त हिन्दूको मात्र भनिन्छ, तर नेपालीहरू सबैलाई धेरथोर लागिहाल्छ । सहरबजार र कलकारखाना यही वेला बन्द हुन्छन् । यातायात कम चल्छन् र दसैँ नमान्ने परिवारका लागि पनि परिवार मिलनको क्षण यही बन्न पुग्छ ।

पोहोर–पारारका या सयौँ वर्षअघि जब दसैँ आरम्भ भयो, त्यसदेखिका केही परम्परा दोहोर्‍याउँदै आएको दसैँको पारिवारिक मिलनको संस्कृतिलाई बिस्तारबिस्तारै बजार संस्कृतिको मातहत लाँदै गरेकोमा समाजशास्त्रीहरूले चिन्ता जाहेर गर्न थालेका छन् । अर्थात् कसैको घरमा आउने दसैँ अब उसको खर्च गर्न सक्ने गच्छेअनुसारको हुन थाल्यो । कम खर्च गर्न सक्नेले आफूलाई सहज चित्त बुझाउन नसक्ने गरी बढी खर्च गर्नेले तडकभडक देखाएपछि समाजमा वर्गीय खाडलजस्तै एउटा मनोवैज्ञानिक खाडल सिर्जना हुन्छ । दसैँ यो मनोविज्ञान निर्माणको महत्वपूर्ण कारक बन्न थालेको छ । यो एउटा चिन्ताको विषय अवश्य हो । तर, दसैँ चिन्ता गरी बस्ने समय अवश्य पनि होइन । चिन्ता गर्नका लागि वर्षका अरू दिन र मौसम हामीसँग काफी छन् । दसैँलाई जेजस्तो अवस्थामा सकिन्छ मान्नेहरूले मानौँ । र, दसैँलाई केही दिनको फुर्सदका रूपमा लिँदै गाउँगाउमा र घरघरमा आफन्तजनसँग सम्बन्ध  नवीकरणको अवसर बनाऔँ । वर्षभरि काम मात्र गर्नेले मनोरञ्जनको समयका रूपमा यसलाई मनाऔँ । पछि दैनिक कामले बेफुर्सदी हुन सक्छ । आफ्नो जीवनबारे घोत्लिने, दुःखसुखका कारणबारे सोच्ने र आफैँलाई पुनर्ताजगी गर्ने उत्सवका रूपमा यसलाई मनाऔँ । मासु र मद्यपान या तासतिर भन्दा समाजमा अन्तरघुलन हुनतिर समय लगाऔँ । खर्चिलो र तडकभडक गरेर आफ्नै स्वास्थ्यमाथि खेलबाड गर्नुभन्दा यसलाई देशभित्रका अनेक भाग घुम्ने अवसर बनाऔँ ।

यसरी घुम्दा नयाँ ठाउँबारे जानकारी लिन सकिन्छ । पारिवारिक सीमाभित्रका केही अप्ठेरा घेराबाट मानसपटललाई खुला राख्न सकिन्छ । घुम्दै गर्दा परिवारका सदस्यबीच नै एउटा रमाइलो र खुसीको वातावरण तयार हुन्छ । आफन्त इष्टमित्र भेटौँ, दुःखसुख बाँडौँ । आफैँलाई फराकिलो बनाउन सकिन्छ । केही समय निकालेर पहिले पढ्न नपाएका एकाध पुस्तक पढौँ र आफ्नो पेसा र ज्ञानबारेको सूचनाले समृद्ध बनौँ । समाजमा आइरहेका परिवर्तनलाई नजिकबाट नियालौैँ । समग्रमा आफैँलाई परिस्कृत गर्ने आफ्नो ज्ञानको क्षेत्र फराकिलो बनाउने, पारिवारिक सामाजिक अन्तरघुलन वृद्धि गर्ने अवसरका रूपमा यो चाड मनाऔँ । सबैलाई हाम्रो शुभकामना !