महाकाली सन्धि र पञ्चेश्वर आयोजनामा प्रधानमन्त्रीले राष्ट्रघात गरे : नेकपा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, दार्चुला   |   भदौ २८, २०७४

पदम बडाल
दार्चुला ।
महाकाली सन्धि र पञ्चेश्वर आयोजना राष्ट्र हितविपरीत भएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आपत्ति जनाएको छ । नेकपाले ‘तीन महिले भण्डाफोर अभियान’ नाम दिएर आज दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा विरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वर परियोजनाको ३ सय १५ मिटर उच्च बाँध निर्माण गर्न ६ महिनामा डिपीआर तयार गर्नु पर्नेसहितको एकीकृत महाकाली सन्धि गरेको र त्यसैको विरोधस्वरुप आन्दोलन गरेको जिल्ला इन्चार्ज रमेश परियारले जानकारी दिए ।

नेपालका प्रधानमन्त्रीहरुले विदेश भ्रमणमा जाँदा नेपाललाई थोरै फाइदा र भएभरको फाइदा विदेशी अर्थात् भारतलाई हुने गरी सम्झाैता गरेर नेपाललाई सिध्याउन खोजेको उनले आरोप लगाए । प्रधानमन्त्री एवं कांग्रेसका सभापति देउवाको हालै भारत भ्रमणका क्रममा एकिकृत महाकाली सन्धिमा महाकाली नदीलाई सीमा नदी भनि व्याख्या गरेको, नेपालको पञ्चेश्वरको विजुली भारतले किन्नुपर्ने भनेको, भारतले महाकालीको ९३ प्रतिशत पानी प्रयोगसक्ने लगायतका विषयमा भारतसँग सहमति गरेको भन्दै नेकपाले आपत्ति जनाएको छ ।

त्यस्तै कार्यक्रममा पार्टी जिल्ला सचिव विपी उपाध्याय विराटले सबैभन्दा बढी सत्तामा रहेको कांग्रेसले नै धेरै राष्ट्रघाती सम्झौता गरेको आरोप लगाए । हालै कोशीमा आएको तराइमा भएको विपत्ति आएको एक महिना नवित्दै भारत पुगेर फेरी पञ्चेश्वर परियोजनाको ३ सय १५ मिटर अग्लो उच्च बाँध निर्माण गर्न प्रधानमन्त्रीले अर्को राष्ट्रघाति सम्झौता गरेको उनकाे आरोप छ । उक्त ३ सय १५ मिटर अग्लो बाँध फुटेमा कन्चनपुर र कैलाली बगरमा परिणत हुने उनले बताए ।