चरिकोट अस्पतालका कर्मचारी आन्दोलित, प्रयोगशाला र एक्सरे सेवा अवरुद्ध - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

श्याम खतिवडा , चरिकोट भदौ २८   |   भदौ २८, २०७४

जोखिम भत्ता कटौती गरेको भन्दै दोलखा सदरमुकाम चरिकोटस्थित प्रस्तावित चरिकोट अस्पतालका ल्याव र एक्सरेसम्वद्ध कर्मचारीले सेवा अवरुद्ध पारेका छन् ।

न्याय हेल्थ नामक अन्तर्राष्टिय गैरसरकारी संस्थाले सञ्चालन गरेको प्रस्तावित चरिकोट अस्पतालमा कार्यरत कर्मचारी आफूहरुलाई दिईदै आएकोे जोखिम भत्ता कटौती गरेपछि आन्दोलित बनेका हुन् ।

बुधबारबाट उनीहरुले अस्पतालको एक्सरे र प्रयोगशालाका ईमरजेन्सी बाहेकका काम अवरुद्ध पारे । एक्सरे र ल्याव (प्रयोग शालामा कार्यरत आधा दर्जन बढी कर्मचारीको आन्दोलनका कारण बिरामी मर्कामा परेका छन् । प्रयोगशालाका कर्मचारी सन्तोष पोखरेलका अनुसार, सुरुदेखि कर्मचारीलाई दिदै आएको भत्ता साउनबाट व्यवस्थापनले कटौती गरेको थियो ।

पोखरेलले तत्काल आफुहरुको माग पुरा नगरे इमर्जेन्सी बाहेकका सबै कक्षहरु बन्द गर्ने चेतावनी समेत दिए् । ‘ज्यान जोखिममा राखेर काम गर्नुपर्ने भएकाले सरकारले नै स्वास्थ्य निर्देशिकामार्फत दिएको भत्ता कटौती गरिएका कारण आन्दोलनमा उत्रनुपरेको हो’ । उनले अस्पताल भित्रका विकृति विसंगति रोक्न समेत माग गरेका छन् ।

कर्मचारी आन्दोलनका कारण दैनिक ७० देखि ८० जनासम्म बिरामी फर्किने गरेको उनले बताए ।  अस्पताल सञ्चालन सहयोगी संस्था न्याय हेल्थ नेपालका प्रमुख वुषण प्रसाईले कर्मचारी आन्दोलित हुनु दुःखद भएको बताए । ‘उहाँहरुको सेवा सुविधा बारे अध्ययन गर्ने तयारीमा लागेका थियौ तर कटौती भयो भनेर आन्दोलनमा उत्रनुभयो’ उनले भने –‘यस बारे समस्या समाधानका लागि वार्ताको पहल भईरहेको छ’ ।