किन बन्द भयो पोखराको पाँच तारे होटल ? - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, पोखरा   |   भदौ २८, २०७४

विष्णु गौतम
पोखरा 
अन्तराष्ट्रिय स्तरको मापदण्ड कायम राख्न नसक्दा कमजोर वनेको नेपालकै ठूलो तारे होटल फुलवारी रिर्सोट एण्ड स्पा वन्द भएको छ । पर्यटकको आर्कषणमा परे पनि व्यवस्थापकीय कमजोरीका कारण कर्मचारीको समस्या झेलिरहेको तारे होटल फुलवारी अन्नतः यहि महिनाको २४ गतेबाट वन्द भएको हो । गत फाल्गुन १८ गते बाट अधिकारिक रुपमा मजदुर आन्दोलनको चपेटामा परेको पाँचतारे फूलबारी रिसोर्ट सञ्चालनमा आउन सकेको थिएन ।

पटक पटक आन्दोलनरत मजदुर र व्यवस्थापनबीच सहमति हुने तर कार्यन्वयन नहुने समस्यका कारण अन्तत व्यवस्थापनले सहमति अनुसार काम गर्न नसक्दा रिसोर्ट सञ्चालनमै नआई बन्द भएको हो । पोखराको पहिचानका रूपमा रहेको रिसोर्ट महिनौंदेखि बन्द हुँदा त्यहाँ कार्यरत सबै एक सय १७ कर्मचारी गत शनिबारदेखि बेरोजगार बनेका छन् । पश्चिामाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनका अनुसार व्यवस्थापनले सबै कर्मचारीलाई दिनुपर्ने सबै सुविधा दिएर बिदा गरेको उनले बताए । ‘बन्द भएको अवधिको समेत आधारभूत तलब सहित दिनुपर्ने बाँकी सबै रकम दिएर व्यवस्थापनले हामीलाई बिदाइ गरेको हो,’

उनका अनुसार रिसोर्ट बन्द हुँदाको बेला काम नगरेको समयको समेत तलब पाएपछि सबै मजदुर रिसोर्टको सुविधा लिएर छाड्न तयार भएका हुन् । व्यवस्थापन र मजदुर विचभएको सम्झौता अनुसार‘४० प्रतिशत तत्काल र ६० प्रतिशत रकम दुई महिना पछि भुक्तानी गर्ने गरी सहमति भएको हो ।

पहिलो किस्तामा नियमित कामगर्दाको रकम सवै र दोश्रो किस्ता अन्र्तगत संचयकोष र विवादित समयमा काम नगरेको ६ महिनाको नियमित तलव समेत पाउने गरी सहमती भएको हो । रिसोर्टका महाप्रबन्धक समिर कपिलले लामो समय रिसोर्ट बन्द भएको र कामदारका माग पूरा गर्न नसक्ने अवस्था आएपछि कार्यरत सबैलाई बिदा गरेको बताए । ‘मजदुरका माग पूरा गर्न व्यवस्थापनले भरमग्दुर प्रयास गरेको हो,’ कपिलले भने, ‘तर कामदार सहमतिमा आउन चाहेनन् । बारम्बार वार्ता भए पनि सहमति नभएपछि सधैंका लागि कामदार बिदा गरेका हौं ।’

पोखराको गहनाका रूपमा रहेको पाँचतारे रिसोर्ट बन्द हुँदा त्यसले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश जाने अध्यक्ष तुलाचनले वताए । ‘पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बन्दैछ । पोखरामा फूलबारी जस्ता अरु पाँचतारे होटल चाहिन्छ,’ उनले भने । १९९८ मा सुरु भएको यो रिसोर्टमा करिब तीन अर्ब रूपैयाँ लगानी गरिएको छ । एक सय ४० कोठा रहेको रिसोर्टमा स्विट र डिलक्स रुमहरु मात्रै रहेका छन् ।

होटल संचालनको अवस्थावाटै समस्यामा परेको थियो स्थापना कालमा माओवादी द्धन्दका कारण समस्यामा परेको थियो । त्यति वेला थाईल्याण्डको व्यवसायीक समुह दुसित्थानीले व्यवस्थापनको जिम्मा लिएको थियो । र होटलको नाम पनि दुसित्थानी फुलवारी रिर्सोट राखिएको थियो । दुई वर्ष पहिला व्यवस्थापनले होटलकको स्टाण्डर्र कायम गर्न नसकेका कारण थाईल्याण्डको समुहले हात झिकेको थियो ।

अनि फुलवारी रिर्सोटका नामले आफ्नै व्यवस्थापनमा स.चालन गरेको थियो । डेढ वर्ष पहिले चारतको चेन होटल कम्पनी क्लार्कले व्यवस्थापनको जिम्मा लिने गरी सम्झौता भयो तर संचालकले अन्तराष्ट्रिय स्तरको होटल वनाउन गर्नु पर्ने पुर्न निर्माण नगरेका कारण क्लार्कले पनि ६ महिना पनि नहुदै हात झिक्यो । त्यस पछि पुन अमात्यले आफ्नै व्यवस्थापनमा होटल संचालन गर्दै आएका थिए ।