मुग्लिन–नारायणगढ सडक २४ सै घण्टा खुल्ला - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

दिपेन्द्र अधिकारीे , चितवन, २८ भदौ   |   भदौ २८, २०७४

चाडपर्वलाई ध्यानमा राखेर नारायणगढ–मुग्लिन सडक बुधबारबाट चौबिसै घण्टा संचालनमा आएको छ । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर नारायणगढ–मुग्लिन सडक आजदे देखि चौबिसै घण्टा सञ्चालन हुने भएको हो । असार २५ गतेबाट रातको समयमा बन्द गर्न थालिएको थियो ।

पहिरोको कारण रातको समयमा यस सडकमा यातायात संचालन गर्नु निकै जोखिम भएपछि संसद विकास समितिको सुझावमा रातको आवागमन बन्द गरिएको थियो । असारको दोस्रो हप्ता यसै क्षेत्रमा रातको समयमा गएको पहिरोमा परि ४ जना प्रहरीको निधन भएको थियो । हालसम्म एक जना वेपत्ता रहेका छन् ।

मुग्लिनतर्फबाट आउने सवारीलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म तथा नारायणगढतर्फबाट जाने सवारीलाई दासढुंगामा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म रोकिँदै आएको थियो । अर्को निर्णय नभएसम्मका लागि २४ सै घण्टा यातायात खुलाइएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताए ।

त्यस्तै सडकमा रहेका निर्माण सामाग्री हटाउने, खाल्डाहरु पुर्ने र धुलो उडेको अवस्थामा पानी हाल्नेसम्मको व्यवस्था गरिने उनले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार राति ८ बजेदेखि १२ बजेसम्म मुग्लिनतर्फ जाने मालवाहक ट्रकलाई रामनगर नजिकै भतेरी जंगलमा र नारायणगढतर्फ आउनेलाई इच्छाकामना ३ स्थित लेवाटारमा रोकिने भएको छ । रातको समयमा हुने सम्भावित दुर्घटनालाई कम गर्न मेशिनरी सामान र सुरक्षाकर्मीको संख्या बढाइएको चितवन प्रहरी प्रमुख एसपी दिपक थापाले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार सो सडकमा मात्र तत्काल परिचालन हुनका लागि ५० नेपाल प्रहरी परिचालन गरिए जाम हुँदा छिटो खुलाउनका लागि चार मोटरसाइकलमा आठ प्रहरी परिचालन गरिएको छ । नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको बनाउन विस्तारको काम भइरहेको छ । सडक फराकिलो बनाउन ठाउँठाउँमा पहाड काट्ने काम भएको छ । पहाड काटेको ठाउँमा पहिरो गएर हैरानी हुने गरेको छ ।

सूचना बोर्ड प्रभावकारी

नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रुलाई सूचना उपलब्ध गराउने उद्देश्यले राखिएका डिजिटल सूचना बोर्डहरु निकै प्रभावकारी रहेको गाडी चालक र यात्रुहरुले बताएका छन् । चाडवाडको समयमा यस बाटो भएर लाखौं यात्रु आवातजावत गर्ने हुनाले डिजिटल बोर्डको उपयोगिता उच्च हुने आयोजनाले विश्वास लिएको छ ।

सडक खण्डमा बाटोको अवस्थाका बारेमा जानकारी पाउन थालेपछि यात्रुले केही सहजता महसुस गरेका छन् । ‘ठाउँठाउँमा राखिएको सूचना बोर्डले सहज भएको छ, काठमाडौंबाट नारायणगढ यात्रा गरिरहेका कृष्ण सिलवालले भने । काठमाडौं नागढुंगामा दुई महिनाअघि नै राखेको छ । नारायणगढ–आँपटारी, मुग्लिन र नौविसेमा पनि बोर्ड राखिएको छ । पथलैया र बुटबलमा पनि यस्तो सूचना बोर्ड राखिने आयोजनका इन्जिनियर शिव खनालले जानकारी दिए ।

सौर्य उर्जाबाट बोर्ड चल्ने छ । बाटोको अवस्था के छ आयेजनाका अधिकारीहरुले इन्टरनेट भएको ठाउँबाट मोबाइल फोन सेट वा कम्प्युटरको मद्धतले बोर्डमा राख्नुपर्ने जानकारीहरु प्रवाह गर्ने छन् ।