आन्तरिक छलफलपछि डोल्पा काँग्रेसको विवाद सुल्झियो - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

रामचन्द्र न्यौपाने , दुनै (डोल्पा), २८ भदौ   |   भदौ २८, २०७४

 

पार्टीभित्र असन्तुष्टी जनाउँदै विभिन्न गुट, उपगुटमा विभाजित डोल्पा काँग्रेसको आन्तरिक विवाद सुल्झिएको छ ।

शिक्षक संघको नेतृत्वमा असन्तुष्ट पक्षलाई बोलाएर दुई दिनसम्म चलेको आन्तरिक छलफलपछि दुवै पक्षबीच सहमति जुटेको हो ।

बाह्रौ महाधिवेशनमा आफ्नो उपस्थिति विना जिल्ला महाधिवेशन सम्पन्न गरेर पार्टीलाई गरेको योगदानको कदर नभएको भन्दै पार्टीका पूर्वसभापति टंक प्रसाद उपाध्याय नेतृत्वको समूहले असन्तुष्टी जनाएका थिए ।

पूर्वसभापति उपाध्याय समूहको असन्तुष्ट पक्षले वर्तमान पार्टी सभापति अंगत बुढा नेतृत्वको कार्यसमिति अवैधानिक भएको भन्दै राजधानीमा पत्रकार सम्मेलनसमेत गरेका थिए ।

पूर्वसभापति उपाध्याय नेतृत्वको समूह र तेह्रौ महाधिवेशनबाट निर्वाचित पार्टी सभापति अंगत कुमार बुढा नेतृत्वको समूहबीच अन्तरिक छलफलपछि सहमति भएको छ ।

जिल्लाका नेता, कार्यकर्तासँगको छलफलपछि पूर्वपार्टी सभापति  उपाध्यायको योगदानको उच्च कदर गर्दै उनलाई  जिल्लाको वरिष्ठ नेताको रुपमा राख्ने सहमति भएको सभापति अंगत बुढाले जानकारी दिए ।

त्रिपुरा सुन्दरी नगरपालिकाको केन्द्र बगर बजारमा बसेको जिल्ला कार्य समिति, भातृ संगठन तथा सुभचिन्तकहरुबीचको आन्तरिक छलफलबाट हिजोका असन्तुष्टीलाई हटाएर अबका दिनमा सबै एक ढिक्का भएर अगाडि बढ्ने सहमति भएको सभापति बुढाले बताए ।

उनका अनुसार, पार्टीलाई असहयोग गर्ने जुनसुकै नेता कार्यकर्तालाई कारवाही गर्ने छौ,बरु पार्टी भित्र कर्तव्यनिष्ट भएर लाग्ने एक दुई जना किन नरहुन ।’