सेरामिक्सले कुमाल समुदायकाे पेशामा आधुनिकता थपियाे   - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

टोपलाल अर्याल , गुल्मी, २३ भदौ   |   भदौ २८, २०७४

 

उमेरले ५९ वर्ष पुगेका गुल्मी, इस्मा गाउँपालिका–६ अम्मपुरका शेरबहादुर कुमालले बुढेसकालमा सेरामिक्सको तालिम लिए । तालिमपछि पुख्यार्ली पेशामा आधाुनिकता मिसाएपछि उनी दंग परेका छन् ।   

‘हामीले बाउ–बाजेकै अनुसार, भाँडा बनाउँदै आएका थियौँ,’ उनी भन्छन ‘बुढेसकालमा सीप सिक्न पाउँदा निकै आनन्द लागेको छ ।’ उनका अनुसार, अम्मरपुरमा रहेका झण्डै दुई सय कुमाल घरधुरीको परम्परगत पेशा माटोकै भाँडा बनाउने हो ।

अम्मरपुरकै बसन्ती कुमाल पनि पहिलो पटक सेरामिक्स तालिम पाउँदा निकै खुशी छन् । घरमा बाबु आमाले माटाका भाँडा बनाउने भएपनि बसन्तीलाई कुनै वास्ता थिएन । तर, अहिले बिस्तारै माटोका भाँडा बनाउन सिक्ने भएकी छन् ।

सेरामिक्सले गर्दा परम्परागत रुपमा माटोका भाँडा बनाउँदै आएका अम्मरपुरका कुमाल समुदाय अहिले आधुनिकता तर्फ उन्मुख भएका छन् । न्यून आर्थिक अवस्था भएका कुमाल समुदायले सेरामिक्सले उद्यमी गर्न सिकाएको छ । जसका लागि तत्कालिन घरेलु तथा साना उद्योग विकास समितिले सेरामिक्सको प्रवद्र्धन गर्न बस्तु विकास केन्द्र स्थापना गरेर पाँच वर्षदेखि अम्मरपुरका कुमाल समुदायलाई तालिम दिदै आएको छ ।

सेरामिक्स विकास केन्द्र देशकै पहिलो विकास केन्द्र

यो सेरामिक्स विकास केन्द्र देशकै पहिलो विकास केन्द्र हो । उद्योग मन्त्रालयले गुल्मीको अम्मरपुरलाई माटोको अध्ययन केन्द्र बनाउने उदेश्यले सेरामीक्स विकास केन्द्र स्थापना गरेको हो ।

उद्योग पवबद्र्धन, विकास र विस्तारका लागि यस्तो कामको सुरुवात गरेको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख कृष्ण पोखरेलले जानकारी दिए । कूल ३८ लाख ५० हजारको बजेटमा उक्त कार्यक्रम संचालन भएको हो ।  देशभरकै धेरै जनाले सिक्न सक्ने गरि वस्तु विकास केन्द्र निर्माण भएको पोख्रलले जानकारी दिए ।

 सेरामिक्स तालिममा अहिले अम्मरपुरका लगभग सबै घरधुरीका महिला तथा पुरुषले शिप सिकिरहेका छन् । विभिन्न समयमा समूह बनाएर परम्परागत माटोका भाडा बनाउने तालिम आधुनिक प्रविधिमार्फत सिक्ने गरेको सिता सेरामिक्स संचालन गरेकी उजेली कुमालले बताइन् । उनले अहिले सेरामिक्स तालिम लिइसकेपछि सेरामिक्स उद्योग नै संचालन गरेकि छन् । ‘बाउ बाजे भाँडा बोकेर गाउँ डुल्थे, मैले घरबाटै धेरै बिक्री गर्छु,’ उनले भनिन, ‘पाँच जनाको परिवार मज्जाले चलेको छ ।’

प्लाष्टिकका भाँडाले पेशा संकटमा

अहिले पनि अम्मपुरका कुमाल समुदायको प्रत्येक घरमा कुनै न कुनै माटोका भाँडाहरु बन्छन् । तर, राम्रो बजारको अभावमा युवा पुस्ताहरुको आकर्षण कम छ । साथै बजार प्रवेश गरिरहेका लबर, सिल्टी र स्टेलका भाँडाकुँडा प्रयोग हुन थालेपछि यो पेशा संकटमा परेको कुमालेहरु बताउँछन् ।

अम्मरपुर वुल्ममा आधुनिक मेसिनबाट बनाई बिक्रिका लागि राखिएका माटाका भाडाहरु

गाउँमा घैँटाको पानी मिठो र स्वस्थ्यकर हुने बुढापाकाहरुको अनुभव छ । ‘परम्परागत तरिकाले बनाएका माटाका भाडाहरु बिक्रि घट्दै गएको छ’ उनले भने ‘अहिले आधुनिक र कलात्मक ढगंले बनाउन थालेको छु ।’ उनका अनुसार बजार घट्नुका साथै बनाउन पनि झन्झटिलो हुने भएकाले आधुनिक शिप र मेसिनबाट भाडाहरु बनाउन लागेको बताए ।

पछिल्लो समयमा बढ्दो प्लाष्टिकको प्रयोगले आफ्नो पूर्खौली पेशा सकंटमा पर्न थालेको कुमालले बताए । अझैपनि गाउँमा घैँटो, हाँडी लगायतका सामग्रीहरु प्रयोग गर्नेहरु धेरै छन् । पहिले कुमालेहरुले डोको बोकेर गाउँ गाउँमा यी भाँडाकुँडाहरु निर्यात गर्ने गरेका थिए । धेरै सस्तोमा बेच्नुपर्ने र राम्रो बजार नभएका कारण कुमाले समुदायहरुलाई यो पेशा थाम्न हम्मे हम्मे परेको छ ।

जिल्लाका अरु केही स्यानमा पनि कुमाल समदायको बसोबास रहेपनि अम्मरपुरका कुमाल समुदायले मात्र माटाका भाँडा बनाउँदै आएका छन् । 

जिल्लामा रहेको सरकारी कार्यालय देखि बिभिन्न सघं सस्थाहरुले उनीहरुको पेसालाई सरक्षण गर्न लागेकाले पनि उनीहरु त्यो समुदाय उत्साहित भएका छन् । अहिले उनीहरुले आधुनिक रुपमा उत्पादन गरेका माटाका बिभिन्न सामाग्रीहरुलाई कोशेली घर गुल्मीले बिक्रि बितरण गदै आएको छ । यसले गर्दा उत्पादित सामाग्रीहरुले राम्रो बजार भाउ समेत पाएका छन् ।

उनीहरुले पानी राख्ने घैटो, कलश, फुलदानी, गिलास, चिया खाने कप, हाँडी, कलश, मदिरा बनाउन प्रयोग हुने पैनी, बत्ती वाल्ने दियो, फुल रोप्ने गमला लगायत बिभिन्न सोदार माटाका सामाग्रीहरु बनाउदै आएका छन । उनीहरुले उत्पादन गरेका सामाग्रीहरु अहिले जिल्लामा बाहिरवाट आउने पाहुनाहरुलाई उपहार स्वरुप दिने चलन पनि बढ्दै गएको छ । उनीहरुले उत्पादन गरेका सामाग्रीको मुल्य न्युनतम २५ रुपैयादेखि १ हजारसम्म रहेको जिल्ला कोशेली घर गुल्मीका सचिव हरि प्रसाद पोख्रेलले बताए ।