दशैपछि उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षका लागि निर्वाचन - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

गणेश लम्साल , विराटनगर, २८ भदौ   |   भदौ २८, २०७४

नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डिराज ढकालले दशैपछि जिल्ला नगर केन्द्रिय उपाध्यक्ष पदका लागि निर्वाचन हुने बताएका छन् । उद्योग संगठन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको एक औपचारिक कार्यक्रमा बोल्दै संघका पुर्व अध्यक्ष चण्डिराज ढकालले दशै लगत्तै जिल्ला नगरतर्फको केन्द्रिय उपाध्यक्षका लागि निर्वाचन हुने निश्चित बताएका हुन् ।

संघकी वर्तमान अध्यक्ष भवानी राणा प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा पुर्व अध्यक्ष ढकालले अदालतमा परेको रिटले गर्दा जिल्ला नगर उपाध्यक्षको निर्वाचनमा केही ढिलाई भएपनि दशैपछि हुने निश्चित भएकोले सबैलाई मतदानका लागि तयार रहन पनि आग्रह गरे । ढकालका अनुसार अदालतमा परेको रिटबारे कारण बुझाउने काम भइसकेकोले दशैपछि फैसला आए लगत्तै निर्वाचन हुने छ । कार्यक्रमा भेला भएका पुर्वका सबै जिल्लाका अध्यक्षहरुसँग जिल्ला नगर उपाध्यक्ष पदका लागि किशोर प्रधानलाई मत दिन अनुरोध पनि गरे । ढकालले भने, ‘मोही पनि माग्ने अनि ढुंग्रो पनि लुकाउने काम किन गर्नु तपाइहरुले जाने बुझेको उपाध्यक्ष भनेकै किशोरजी हो सबैले सहयोग गर्नुहोला ।’


एक सय दिनअघि सम्पन्न केन्द्रि निर्वाचनबाट जिल्ला नगर उपाध्यक्षमा निर्वाचित भएका प्रमोद श्रेष्ठ स्थानिय तहको निर्वाचनमा उम्मेदबार बनेका थिए । त्यसपछि उद्योग वाणिज्य महासंघले नैतिकताको कारण देखाउँदै उनलाई हटाउँदै उपाध्यक्ष मनोनय गर्ने निर्णय गरेको थियो । तर, उपाध्यक्ष नियुक्त्त गर्ने निर्णय सर्वसम्मत नभएको भन्दै अदालतमा रिट दर्ता भएको थियो । नेपाल उद्योग बाणिज्य महासंघका देशभर १०८ वटा जिल्ला नगर शाखाहरु रहेका छन् ।केन्द्रिय उपाध्यक्षमा सबै शाखाले केन्द्रिय उपाध्यक्षका लागि मतदान गर्दछन ।

महिला उद्यमीहरुका लागि ९ करोडको प्रोजेक्ट
नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय अध्यक्ष भवानी राणाले महिला उद्यमशिलताका लागि नयाँ कार्यक्रम ल्याउन लागेको जानकारी गराएकी छन् । बुधबार विराटनगरमा नेपाल उद्योग वाणिज्य महासंघले संचालन गरिरहेको सम्वृद्धि आर्थिक आयोजना कार्यान्वयन कार्यक्रममा बोल्दै अध्यक्ष राणाले नेपाल सरकारसँगको साझेदारीमा महिला उद्यमीहरुका लागि ९ करोडको योजना ल्याउन लागेको जानकारी गराएकी हुन् । योजनापत्रमा सम्झौता भइसकेकोले चाँडै कार्यक्रम संचालन हुने उनले जानकारी गराइन् । अध्यक्ष राणाले उद्योग वाणिज्य संघको आफनो नेतृत्व एक दिनको मुल्यांङकनमा सकारात्मक रहेको बताइन् ।