टेनिसको फाईनलमा नेपाल र भारतबीच भिडन्त - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

विष्णु गौतम , पोखरा, २८ भदौ   |   भदौ २८, २०७४

 

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा एनआइसी एसिया बैंक नेपाल आइटिएफ सिनियर च्याम्पियनशिप टेनिसको फाईनलमा भाेलि नेपाल र भारत भिड्दै छन् ।
३५ वर्षमाथि नेपालका शिर्ष वरियताका कमलबहादुर भण्डारी र प्रतियोगिता कै आइटिएफ शिर्षस्थानका भारतीय खेलाडी दिलिप महंतिबीच खेल हुँने भएकाे छ । 

भन्डारी ले गोरखाका राजु श्रेष्ठलाई ६–१, ६–२ को सहज सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । यस्तै महंतिले नेपाली खेलाडी मानसिंह थापालाई ६–२, ६–० को सोझो सेटमा पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेका थिए । फाइनलमा भण्डारी र महंतिबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

‘महंतिले सबै प्रकारका सर्ट खेलेका छन् र उनलाई बलिया खेलाडीको हेरिन्छ । नेपालका भण्डारीले भने, ‘तर म उनलाई अवश्यनै आफ्ट्यारोमा पार्ने छु ।’ भारतीय खेलाडी महंतिले नेपालका खेलाडीलाई बलियो प्रतिस्पर्धीको रुपमा हेरेकाम छन् । उनले भने, ‘नेपालकै शिर्षस्थानका खेलाडी भनेपछि पक्कै पनि राम्रो होलान्, खेल बराबरीकै अवस्थामा रहला भन्ने सोंचेको छु ।’

प्रतियोगितामा तेश्रो मुलुकका एकमात्रै खेलाडी फिन्ल्याण्डका पिक्का रन्तला प्रतियोगिताबाट बाहिरिएका छन् । उनी सेमिफाइनलमा भारतका कमलेश शुक्लासँग ६–१, ६–१ को सोझो सेटमा पराजित भइ प्रतियोगिताबाट बाहिरिएका थिए ।

भारतका अर्का खेलाडी स्वर्णदिप सिंह ढोढीले पनि सेमिफाइनलमा स्थान बनाए । ढोढीले पोखराका गोपीबहादुर भट्टराईलाई ६–१, ६–२ को सेटमा पराजित गरी भाइनलका लागि आफ्नो स्थान बनाएका छन् ।

४५ वर्षमाथिको एकलमा भारतकाचन्द्र भुषण, नेपालका प्रताप मोक्तान र नेपालकै विमल गुरुङ्ग सेमिफाइनल पुगेका छन् । चन्द्र भुषणले मनोज बिक्रम शाहलाई ६–१, ६–१ मा, प्रतापले आशिष सिग्देललाई ७–५,३–६ र ६–२ मा र बिमलले राजु श्रेष्ठलाई ६–४, १–६ र ६–२ को सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् । खेलमा अनुज बाँस्तोलाले अमृत कार्कीलाई ६–१, ७–५ को सेटमा पराजित गर्दै क्वाटर फाइलमा प्रवेश गरे ।

५५ वर्षमाथिको एकल खेलमा भारतका प्रदिपकुमार गुप्ता, नेपालका झम्बा ढुण्डुप, मनोज शमशेर राणा र समिर शेरचनले सेमिफाइनलमा स्थान बनाएका छन् । भारतका प्रदिपले भारतकै बिएनएस नेगीलाई ६–०, ६–२ माझ्याम्बाले पदम गुरुङ्गलाई ६–२, ६–४ मा, मनोजले करिमुल्ला मुस्लिमलाई ६–१, ६–२ मातथा समिरले राजेन्द्रसिंह भण्डारीलाई ६–४, ३–६ र ६–१ को प्रतिस्प्रधात्मक सेटमा पराजित गर्दै अन्तिम चारमा आ–आफ्नों नाम लेखाएका हुन् ।

प्रतियोगिताअन्र्तगत डबल्सतर्फको प्रतिस्पर्धा पनि बुधबारबाटै सुरु भएको छ । ३५ वर्ष माथिको डबल्समा गोपी बहादुर भट्टराई र नविन चालिसेको जोडिले राजन बिजुक्छे र सुरेश कुमार श्रेष्ठको जोडीलाई ७–५,७–६ ले पराजित गरेको छ । यस्तै मनोज राणा र स्वर्णदिप सिंहको जोडीले सूर्य भुजेल र लोक गुरुङ्गको जोडीलाई ६–२, ६–१ को सेटमा पराजित गरे । यस्तै महेश श्रेष्ठ र मानसिंह थापाको जोडीले सिमान्तगुरुङ्ग र निमालामा शेर्पाको जोडीलाई ६–३, ६–४ को सेटमा पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका छन् ।