रोहित विष्ट हत्या प्रकरण : हत्यारालाई कारबाहीको माग - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

मोहन विष्ट, कञ्चनपुर, २८ भदाै   |   भदौ २८, २०७४

गतवर्ष पश्चिमी सीमा (नेपाल–भारत)को नाका गड्डाचौकी क्षेत्रमा हत्या गरेर नहरमा मृत फेला परेका रोहित विष्टको हत्या प्रकरण अन्तिम चरणमा पुगेको छ । जिल्ला आदालत कञ्चनपुरले रोहित हत्याको मुद्दा अन्तिम फैसलाको चरणमा पुर्‍याएका बेला पीडित परिवार हत्यारालाई कारबाहीको माग राख्दै अदालत पुगेका छन् । बुधबार जिल्ला अदालत पुगेका विष्ट परिवार र छिमेकीले वास्तविक हत्यारालाई कानुनी कारबाहीको माग गरेका हुन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका २४ वर्षीय रोहित विष्टको गत असार ९ गते हत्या गरेर भुजेला खोलामा मृत अवस्थामा फेला परेका थिए । विष्ट हत्याको आरोपमा पदम धामी, ज्ञानेन्द्र चन्द र शुभाष चन्दलाई आदालतले पुरपक्षका लागि कारागार चलान गरेको थियो ।

मृतक रोहितका आमा लक्ष्मी विष्टले आफ्नो छोराका हत्यारालाई कारबाहीको माग गरिन् । ‘म एउटी नारु हुँ, मैले एक छोरा गुमाएको छु, ‘उनले भनिन्, ‘छोरो गुमाउनुको पीडा मलाई थाहा छ ।’ अदालत परिसरमा भक्कानिदै उनले गरिबले कहाँ गएर न्याय पाउँने भन्दै प्रश्न गरिरहेकी थिईन् । ‘हामी जस्ता विपन्न गरिब, निमुखाले न्याय कहाँ गएर पाउँने, ‘उनले भनिन्, ‘ मेरा छोराका हत्यारालाई कारबाही होस ।’ रोहितका कान्छा बाबु भरत विष्टले घटनामा चलखेल भइरहेको बताउदै दोषिलाई उन्मुक्ति दिने षडयन्त्र भइरहेकाले अदालतमा धर्ना दिएर सम्बन्धीत निकायको ध्यानाकर्षण गराएको बताए । ‘घटनाका सबै दोषिलाई कानुनी कारबाही होस, ‘उनले भने, ‘पीडित परिवारलाई न्याय पाइयोस ।’ पीडित परिवारले अदालतबाट एकपटक बयान लिइसकेपछि पुनः बयान लिएर मुद्दा उल्टाउन लागेको आरोप लगाएका छन् । अभियुक्त पदम धामीले कारागारबाट कम्प्युटर लिखित एक निवेदन अदालतमा पेश गरेका छन् । उक्त निवेदनकै विषयलाई लिएर पीडित परिवार शंसङकित भएका छन् । रोहितका परिवारले आदालत बाट स्वतन्त्र, निष्पक्ष न्यायको अपेक्षा गरेका छन् ।


पीडित परिवार र आफन्तले रोहितको हत्या गर्ने यो वा त्यो व्यक्ति कसैलाई आरोप नलगाउने बताउदै न्यायालयबाटै सत्य असत्य दोषि निर्दोष को हुन र घटनाको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोडदिएका छन् । जिल्ला आदालत कञ्चनपुरका प्रवक्ता अम्बादत्त भट्टले विचाराधिन मुद्दामा अनावश्यक अभिव्यक्ति दिन नपाईने बताउदै आदालतबाट आएको चिठी मुद्दामा समावेस गर्ने नगर्ने भन्ने विषय आदालतको रहेको बताए । अभियुक्तले एक पटक आदालत समक्ष दिएको बयान पुनः कारागारबाट आएको लिखित विषय प्रमाणै बन्न सक्छ भन्ने केही नभएको बताए । जिल्ला सरकारी वकील कार्यालय कञ्चनपुरले कारागारबाट आएको १० पान्ने निवेदन अनुसन्धानको विषय बनेको जनाएको छ ।

सरकारी वकील कार्यालय कञ्चनपुरका जिल्ला न्यायाधिवक्ता खेमराज भट्टले कारागार भित्र कम्प्युटरबाट टाईप गरिएको चिठ्ठी आएको बारे आश्चर्य व्यक्त गर्नुभयो । कारागार भित्र कैदीका लागि कम्युप्टर सुविधा बारे जिल्ला न्यायाधिवक्ता भट्टले आश्चर्य व्यक्त गर्दै उक्त चिठीलाई मुद्दाका लागि ग्रहण गर्छ या गर्दैन् भन्ने विषयमा प्रकृयाबाट आउनुपर्नेमा जोड दिए ।

यसैविच गत जेठ महिनामा कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरकी रामदुलारी हत्याकाण्डको समेत फैसला हुन सकेको छैन् । फैसला सुनुवाई हुन्छ भनेर चम्फापुरबाट आएका रामदुलारीका आफन्त सुनुवाई नभएपछि घर फर्केका छन् । रामदुलारीका हत्यारा कार्बाहीको माग राख्दै उनको परिवार लगायत महिला अधिकारकर्मीले महिनौँ आन्दोलन गरेका थिए ।