स्याङ्जाका उपप्रमुख पुरीले अवैध काम गर्न निर्देशन दिएको खुलासा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

रोशन लामिछाने, स्याङ्जा, २८ भदौ   |   भदौ २८, २०७४

पुतलीबजार नगरपालिकाका उपप्रमुख महेश पुरीले नै अवैध काम गर्न निर्देशन दिएको खुलासा भएको छ । उपप्रमुख पुरीले आँधीखोलामा डोजर प्रयोग गरि गिटिबालुवा निकालेर सिद्धार्थ राजमार्गको बाडखोलाबाट ट्राफिक चोक सम्मको सडकमा रहेका खाल्टाखुल्टी पुर्न एक निमार्ण कम्पनीलाई निर्देशन दिएका हुन् । नेपालका कुनै पनि नदीनालाहरुमा असार, साउन र भदौ गरि ३ महिनामा डोजर प्रयोग गरेर ट्याक्टर मार्फत गिटि, बालुवा र ढुंगा निकाल्न पाइँदैन । तर, उपप्रमुख पुरीले प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक र स्थानीय विकास अधिकारीलाई आफुले भन्ने भन्दै अवैध तरिकाले निर्माण सामाग्री निकाल्न लगाएका हुन् ।

 

‘उपप्रमुख पुरीले भनेर आँधीखोलामा आफुले डोजर हालेको हुँ नाम उल्लेख नगर्ने शर्तमा एक निमार्ण व्यवसायीले भने, सिद्धार्थ राजमार्गका खाल्टाखुल्टी पुरेको पैसा मैले पुतलीबजार नगरपालिकाबाट लिदिनँ ।’ उपप्रमुखले सहयोग गर्न भनेर सहयोग गरेको उनले बताए ।जिल्लाको एक निमार्ण कम्पनीलाई सिद्धार्थ राजमार्गमा रहेका खाल्टाखुल्टी पुर्न जिम्मा दिएपनि खाल्टाखुल्टीमा राखेको गिटि र बालुवा सवै हराइसकेको छ । खाल्टाखुल्टीका कारण सडक दुर्घटना पनि बढिरहेको स्थानीबासीहरुले बताएका छन् ।

‘मैले खोलाबाट निमार्ण सामाग्री निकालेर घरमा लगेर प्रयोग गरेको छैन’ पुतलीबजार नगरपालिकाका उपप्रमुख पुरीले भने, ‘जनतालाई दुःख भएर खोलाबाट निमार्ण सामाग्री निकालेर सिद्धार्थ राजमार्गका खाल्टाखुल्टी पुर्न अनुरोध गरेको हु । बाटोको छेउछाउमा राखेका गिटिबालुवा किन्दा धेरै महँगो पर्न जाने र खोलाबाट निकाल्दा सजीलो हुने पुरीले बताए ।उपप्रमुख पुरीको निर्देशन पछि र उपप्रमुखको सिको गर्दै रातीराती लुकेर खोलामा ट्याक्टर हाल्नेको संख्या धेरै नै छ । प्रशासन र सरोकारवाला निकाय मौन बसेको छन् । सरकारलाई आउने राजश्वमा समेत कमी भएको छ । राजश्व बढी भन्दा बढी संकलन गर्न आँधिखोलामा हुने अवैध क्रियाकलापमा निगरानी बढाउन सम्बन्धीत निकायले समयमै सोच्नुपर्ने छ ।