धनगढीको मुख्य बजारभरी छाडा चौपाया, आवागमनमा समस्या - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

तेजराज भट्ट, धनगढी , २८ भदाै   |   भदौ २८, २०७४

सडकभरी हुने छाडा चौपायाका कारण धनगढी, अत्तरियालगायत बजारमा आवागमनको समस्या हुनका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ । दिउँसोको समयमा समेत मुख्य बजार क्षेत्रका सडकमा हुने छाडा चौपायाले आवागमनको समस्या र दुर्घटनाको जोखिमसंगै बजार क्षेत्रसमेत दुर्गन्धित हुन थालेको छ ।


धनगढी बजार क्षेत्रमा दिउँसोको समयमा पनि सडकमा सुतेका र डुल्न लागेका हुलका हुल छाडा चौपाया देखिने गरेका छन् । धनगढी मुख्य बजार क्षेत्रमा करिब दुई सयको संख्यामा छाडा चौपाया रहेका अनुमान धनगढी उपमहानगरपालिकाले गरेको छ । छाडा चौपायाका कारण नगरबासी हैरान भएका छन् । दैनिक सयौं सवारी साधन र मानिसले ओहोर–दोहोर गर्ने धनगढी बजार क्षेत्रमा दिउँसोको समयमा बीच सडकमै छाडा चौपाया बस्ने र हिँड्ने गर्नाले आवागमनमा समस्यासंगै दुर्घटनाको जोखिम बढाएको ट्राफिक प्रहरी निरिक्षक दिपक पातलीले बताए ।

लगाएको खेतबारी समेत चौपायाले खाएर नष्ट गर्ने थालेपछि बजार क्षेत्रसंगै जोडिएका ग्रामीण बस्तीका किसान पनि समस्यामा परेका छन् । चौपायाले बारीमा लगाएको तरकारी लगायत अन्नबाली खाइदिने डरले राति पनि पहरा दिनुपर्ने अवस्था रहेको धनगढी तारानगरका रामचन्द्र जोशीले बताए ।उपमहानगरपालिकाले करिब ४ सय छाडा चौपायालाई धनगढीको फूलबारी र मनेहरामा सामुदायिक वन क्षेत्रभित्र तारवार गरेर राखेको छ । छाडा चौपाया राख्ने ठाउँ नभएकाले बजार क्षेत्रमा करिब दुई सयको संख्यामा रहेका चौपायाको व्यवस्थापन गर्न समस्या भएको धनगढी उपमहानगरपालिकाको सामुदायिक विकास शाखाका प्रमुख टंक बिष्टले बताए ।

प्रदेश नम्बर सातका पहाडी जिल्लाका साथै पूर्वी क्षेत्रबाट दैनिक सयौं सवारी साधन भित्रिने र बाहिरिने गरेका अत्तरिया बजार क्षेत्रमा पनि दर्जनौंको संख्यामा छाडा चौपाया देखिने गरेका छन् । दर्जनौंको संख्यामा आउने छाडा चौपायाको बथानले क्षणभरमै बाली नष्ट गरि दिने गरे पनि चौपाया व्यवस्थापनमा स्थानीय निकायले ध्यान नदिएको अत्तरियाका सुवास ओझाले बताए ।उपयोग विहिन भएपछि पालेको चौपायालाई छाड्ने प्रवृतिले छाडा चौपायाको संख्या बढ्दै गएको देखिन्छ । धनगढी, अत्तरिया, गौरीगंगा, घोडाघोडी, लम्की, टीकापुरलगायत यहाँका नगरहरुमा छाडा चौपाया प्रमुख समस्याका रुपमा देखिएको छ । स्थानीय तहको निर्वाचनमा यी नगरमा सबैजसो उम्मेदवारहरुले छाडा चौपायाको व्यवस्थापनलाई चुनावी एजेण्डाका रुपमा प्रमुखताका साथ उठाएका थिए । चुनाव सकिएसगै छाडा चौपाया व्यवस्थापनको मुद्दा ओझेल परेको गुनासो नागरिकले गरेका छन् ।