आरोहणको जेठो हिमाल अन्नपूर्ण सेन्चुरीको पर्यटन महोत्सवको तयारी तिव्र - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

विष्णु प्रसाद गौतम, पोखरा, २८ भदौ   |   भदौ २८, २०७४

आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमालका रुपमा ख्याती कमाएको अन्नपूर्ण हिमाल अन्र्तगत अन्नपुर्ण प्रथमको आधार शिविरमा गर्न लागिएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ ।अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ अन्नपूर्ण गाँउपालिका कास्कीको विशेष सक्रियतामा समुद्री सतहबाट चार हजार १३० मिटर उचाईको आधार शिविरमा महोत्सव गर्न लागिएको हो । अन्नपूर्ण गाँउपालिकाका अध्यक्ष युवराज कुवँरका अनुसार महोत्सवसँगै अन्नपुर्ण आधार शिविरको पदयात्रा मार्गलाई व्यवस्थित गरी यहाँको आरोहणलाई थप व्यवस्थित बनाउने लक्ष्य राखिएको छ ।


‘अन्नपूर्ण हिमाल प्रदेश नं ४ को मात्र नभएर समग्र नेपालकै गौरवपूर्ण स्थलहो,’ उनले भने, ‘यहाँको आवश्यक पूर्वाधार विकास गर्दै अधिक संख्यामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने हाम्रो सोच हो । ’अन्नपुर्ण सेन्चुरी पर्यटन महोत्सव मुल समारोह समितिको आयोजना, अन्नपुर्ण गाउँपालिका कास्की एवं पर्यटन उप–समिति छोम्रोङको व्यवस्थापन साथै विभिन्न सरकारी, गैरसरकारी संघसंस्थाको सहयोगमा २०७४ असोज २५ गतेदेखि २०७५ जेठ २० गते सम्म विभिन्न तीन चरणमा कार्यक्रमको आयोजना गरिएको महोत्सव मूल समारोह समितिका संयोजक ललित गुरुङले जानकारी दिए । उनका अनुसार पहिलो चरणको कार्यक्रमको उद्घाटन ११ अक्टुवर (असोज २५) गते बुधवार अन्नपुर्ण आधार शिविरमा हुनेछ भने समापन जुन ३ (जेठ २०) अन्नपुर्ण आरोहण दिवसको अवसर पारीे घान्द्रुकमा गरिने छ ।


पहिलो चरणको मुख्य कार्यक्रम अन्र्तगत विश्वकै जेठो हिमालका रुपमा चर्चित अन्नपुर्ण प्रथम हिमालका प्रथम आरोही मौरिस हर्जोगको अर्धकदको सालिक शिलान्यास गरिने छ । उक्त अवसरमा मोरिस हर्जोग, कर्णेल घनबिक्रम राणा र सरदार आङ थार्के शेर्पाको परिवारका सदस्यलाई सम्मान, परम्परागत होटल व्यवसायको इतिहास झल्कने फोटो प्रर्दशनी, हिमाली तथा लेकाली वन्यजन्तुको अवलोकन, हिमश्रृङ्खलाको दृश्यावलोकन लगायतका कार्यक्रम गरिने प्रचारप्रसार उपसमिति संयोजक टंकराज अधिकारीले जानकारी दिए ।


अधिकारीका अनुसार महोत्सव सम्पन्न गर्न ललित गुरुङको संयोजकत्वमा ३५ सदस्यीय मूल व्यवस्थापन समिति, १६ विभिन्न उपसमिति, ७२ सदस्यीय सल्लाहाकार समिति निमार्ण गरिएको छ । महोत्सव सम्पन्न गर्न करिब एक करोड पाँच लाख खर्च लाग्ने अनुमान गरिएको छ । महोत्सवको लागि अन्नपुर्ण गाउँपालिकाको विनियोजित बजेट १० लाख, पर्यटन उपसमिति छोम्रोङबाट प्रारम्भिक चरणको खर्च रु १० लाख (पछि आश्यकताअनुसार थप्दै जान) त्यस क्षेत्रमा रहेका करिब ८० वटा स्थानीय होटल व्यवसायीबाट प्रतिहोटल रु २५ हजारका दरले रकम संकलन हुने र विभिन्न सरकारी गैरसरकारी संघ संस्थाको सहयोग प्राप्त हुने विश्वास लिइएको संयोजक गुरुङको भनाइ छ । पद यात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्य अन्नपूर्ण आधार शिविरको पहिलो पदयात्री एरिक सिप्टन हुन् । उनले सन् १९६६ मा अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेका थिए ।