गाँजा सहित समातिएका विद्यार्थी दुई सातापछि विद्यालय फर्किए - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

सरोज शर्मा, पाँचथर, २८ भदौ   |   भदौ २८, २०७४

विद्यालय समयमा गाँजा खाएको विषयलाई लिएर बिद्यालयबाट निस्कासनमा परेका एक विद्यार्थी दुई सातापछि पुन ः विद्यालय फर्किएका छन् । विद्यालयले निष्कासन गरेको बताएपछि दुई बालक विद्यालय बाहिर थिए । विद्यालय बाहिर रहेका विद्यार्थीले जसरी पनि पढ्न पाउनुपर्ने दवाव परे पछि विद्यालयले पुन: बोलाएको स्रोतले दाबी गरेको छ ।

 

प्रधानाध्यापक दुर्गा खत्रीले विवादमा परेका विद्यार्थी र तिनका अविभावकलाई विद्यालयमा झिकाएर वातावरण सहज बनाइएको बताए । विषय गम्भिर होइन,उनले भने ‘विद्यालयको आन्तरिक प्रशासनले सामान्य सोधपुछ गरेको हो । विद्यार्थीलाई निस्कासनै गर्ने विद्यालयको कुनै तयारी थिएन ।

 

निस्कासनमा परेका भनिएका विद्यार्थीका आफन्त भने उनको पढाईको विषयलाई लिएर जिल्लाका विभिन्न अड्डामा पुगेका थिए । गाजाँ सहित समातिएको भनिएका दुईमध्ये एकजना अर्कै विद्यालयमा सारिएको स्रोतको दाबी छ । अर्का एकलाई दुईसाता पछि सोही विद्यालयमा अध्ययन गर्ने बातावरण तयार पारीएको जिल्ला शिक्षा स्रोतले बतायो । भदौ १४ गते कक्षा ७ र ८ मा अध्ययनरत २ जना विद्यार्थीहरुलाई विद्यालय हातामै गाँजा र गाँजा खान बनाइएको वाटरगन सहित विद्यालय समयमै भेटेपछि विद्यालयले उनीहरुलाई निस्कासन गरेको बताइएको छ ।

 

विद्यालयमा पुनः फर्किएका विद्यार्थीका अविभावकले यसअघि जिल्ला प्रसासन कार्यालय, जिल्ला शिक्षा कार्यालय, विद्यालय तिनका पदाधिकारी लगायतसंग बच्चाले विद्यालय आउन पाउनुपर्ने भन्दै अनुरोध समेत गरेका थिए । फिदिम माबिमा गएको १५ दिनदेखीको होहल्ला बुधबारबाट शान्त भएको छ ।प्रहरीले पक्राउ गरेका दुई सहित एकै दिन फिदिम माविका ४ जना विद्यार्थी गाजाँ सहित समातिएका थिए । प्रहरीले नियन्त्रणमा लिएकालाई बिद्यालयको जिम्मा लगाएको थियो । एक चोटीलाई भन्दै प्रहरीले बिद्यालयको रोहोबरमा छोडेको स्रोतको दाबी छ ।