सहिदका बाँकी सपना पुरा नभएसम्म लड़ाइँ जारी छ : प्रचण्ड - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, सप्तरी   |   भदौ २८, २०७४

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा सहिदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नका लागि पनि परिवर्तनकारी पार्टीका पक्षमा मतदान गर्न आग्रह गरेका छन् । उनले सप्तरीको शम्भूनाथ नगरपालिकास्थित खोकसर परवाहामा निर्माण गरिएको सहीद गोविन्द चौधरी (दीपु) को शालिक अनावरण गरेपछिको सभामा उक्त तर्क गरेका हुन् । प्रचण्डले सहिद गोविन्द चौधरीको २०६४ साल असार ९ गते मधेश आन्दोलनका क्रममा मृत्यु भएको थियो ।

प्रचण्ड र सहिद गोविन्दको आमाबीच भेट

अध्यक्ष प्रचण्डले माओवादी जनयुद्ध, मधेसी, मुस्लिम, आदिवासी/जनजाति लगायतका आन्दोलनकै बलमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण जानकारी दिए । ‘हजारौँको वलिदान पश्चात् नेपालमा संघीयता, गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता जस्ता महत्वपूर्ण उपलब्धी भएको छ । स्थानीय जनताले आफ्नो सरकार आफैँ चुन्न सक्ने अवस्थाको सुनिश्चितता भएको छ ।’ प्रचण्डले भने, ‘तर परिवर्तनका उपलब्धिहरू संस्थागत अझै बाँकी र उत्तिकै चुनौती छ ।’

अध्यक्ष प्रचण्डले सहिदको बलिदान खेर जान नदिने बरु सहीदका सपना पूरा नभएसम्म आफू अन्तिमसम्म लडाइ प्रतिवद्धता जाहेर गरेका छन् । उनले भने,‘सहीदका सपनाहरू खोस्न प्रतिगामी र जनबिरोधीहरू सक्रिय भएर लागेका छन् । आसन्न निर्वाचनमा परिवर्तनकारी पार्टीलाई विजयी गराउन सके सहिदको सपना र नेपाली जनतामा उत्साहको राहत हुनेछ ।’

कार्यक्रममा प्रचण्डले जातीय वा क्षेत्रीय पार्टीबाट मधेश र मधेशका उत्पीडित जनताको मुक्ति र समृद्धि सम्भव नरहेको जिकिर गरे । मधेस, पहाड र हिमालका जनताको भावना मिलाएर राष्ट्रिय एकता कायम गर्ने, अन्तराष्ट्रिय सम्वन्ध सुधार गर्ने र अँध्यारो नेपाललाई उज्यालो बनाउने काम माओवादी मात्रै गरेको प्रचण्डको दाबी छ । उनले भने,‘अरुले नेपाली-नेपालीबीच फाटो ल्याएर लड़ाउन खोजे, देशै टुक्र्याउनसम्म खोजे । मैले सरकारको नेतृत्व गरेपछि देशमा रहेका ति अतिवादी प्रवृतिको अन्त्य भयो र सबै निर्वाचनमा आएका छन् ।’