जसले आफ्नै सन्तान कुरियर गरिन्... - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

एजेन्सी, काठमाडौं, २८ भदौ   |   भदौ २८, २०७४

चीनमा एक आमाले केही दिनअघि जन्मिएकी छोरीमाथि यस्तो व्यवहार गरेकी छिन्, सायद जोकोहीलाई पनि विश्वास गर्न गाह्रै हुन्छ ।

चीनको सिचुआन प्रान्तमा एक महिलाले आफ्नी नवजात शिशुलाई प्लास्टिक ब्यागमा प्याक गरेर अनाथालयमा कुरियर गरिदिएकी छिन् । उनले प्लास्टिकको झोलामा पठाउने व्यक्तिको फर्जी नाम लेखेर प्याक गरेकी थिइन् ।

कुरियर ब्वाइका अनुसार ती महिलाको सामान लिनुपूर्व उनले एकपटक त्यसको परीक्षण गर्न चाहेका थिए । तर, महिलाले परीक्षण गर्न नपर्ने भन्दै हतारमा उम्कने प्रयास गरेकी थिइन् । महिलाले परीक्षण गर्न नमानेपछि ती व्यक्ति प्याकेज बोकेर अनाथालय हिँडेका थिए ।

बीचबाटोमा पुग्दा कुरियरका लागि ब्यागभित्रको सामान चलमलाउन थालेपछि उनलाई थप कौतुहल लाग्यो र तत्काल प्रहरीलाई खबर गरे । उनले बच्चा रोएको आवाज पनि सुने । प्याकेज खोलेर हेर्दा उनले त्यसमा नवजात बालिका भेटे ।

पेइचिङ न्युजका अनुसार, कुरियरबारे उनले तत्काल प्रहरीलाई सूचना दिए । पुलिसले महिलालाई तत्काल नियन्त्रणमा लिएर बालिकालाई उपचारका लागि अस्पताल पु¥याएको थियो । बालिका निदाएको समयमा उनले प्याकेटमा राखेर कुरियर गरेकी थिइन् ।