प्रचण्डले भने, ‘शत्रु र मित्र को हो चिन्नुस्’ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, राजबिराज, २८ भदौ   |   भदौ २८, २०७४

 

मधेसभित्रै मधेशीबाट उत्पीड़नमा परेको वर्ग र समुदायको अधिकारका लागि पहल गरिदिन मुश्लिम समुदायका अगुवाले माओवादी केन्द्रका अध्क्षय प्रचण्डलाई आग्रह गरेका छन् ।

चुनावी अभियानमा आज बिहान सप्तरीको राजबिराज पुगेका अध्यक्ष प्रचण्डसँग भेट गर्दै उनीहरुले यस्तो आग्रह गरेका हुन् । भेटका क्रममा उनीहरुले सरकारी सुबिधाहरूमा मधेशी समुदायले आरक्षण पाए पनि त्यसको फाइदा मधेशका टाठाबाठाहरूले मात्र उपभोग गरिरहेको गुनासो गरे ।

मस्लिम प्रतिनिधिले भने, ‘मधेश मात्रै भनेर वर्गीकरण गर्दा मेडिकलदेखि निजामतीसम्म मधेशका हुनेखानेहरूले मात्रै फाईदा लिने तर, दलित, मुस्लिम समुदायहरूले त्यसबाट लाभ लीन सकेका छैनन । हामीलार्इ बिशेस अधिकारका लागि पहल गरिदिनु पर्यो ।’

मुस्लिम समुदायलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीले दलित, महिला र मुस्लिम समुदायलाई विषेश अधिकार दिन माओवादी केन्द्रले लामो संघर्ष गरेको बताए । प्रचण्डले भने, ‘हाम्रो संघर्षका कारण अहिलेको संविधानमा कतिपय अधिकार संस्थागत गर्न सफल भएका छौ ।सामाजिक न्यायदेखि मुस्लिम र अन्य अल्पसंख्यक समुदायका अधिकार भएपनि कार्यान्वयन गर्ने चुनौती छ ।’

मुस्लिम समुदायको अधिकारका लागि माओवादीले मात्र संघर्ष गरेको र यसकै कारण देश धर्म निरपेक्ष हुन सकेको अध्यक्ष प्रचण्डको भनाइ थियो । ‘तपाईहरूले त आँखा चिम्लेर माओवादीलाई समर्थन गर्नु पर्छ ।, उनले भने, ‘शत्रु र  मित्र काे हो चिन्नुपर्छ । अरु पार्टीबाट मुस्लिम समुदायको अधिकारको पहल सम्भव छैन ।’

फोटो : सचिवालय